धादिङ, २४–असार अखिल (क्रान्तिकारी) गजुरी गाउँपालिकाको आयोजनामा २०८१ सालको कक्षा १० को एसईई परीक्षामा सहभागी भई ४.० जिपिए ल्याउने गजुरी पीडा माध्यमिक विद्यालयका विद्यार्थी ईश्वर भण्डारीलाई सम्मान गरिएको छ। गजुरी गाउँपालिका भित्रकै उत्कृष्ट नतिजा ल्याउन सफल भण्डारीलाई यङ कम्युनिष्ट लिग (वाइसिएल) नेपालका केन्द्रिय सदस्य सन्तोष अधिकारी र वाइसिएल गजुरी गाउँपालिकाका अध्यक्ष दिवाकर श्रेष्ठले नगद पाँच हजार पाँच सय रुपैयाँसहित सम्मान गरेका हुन्। सम्मान कार्यक्रममा वाइसियल नेपालका केन्द्रिय सदस्य अधिकारिले एस्ता सम्मनहरुले हौसला मिल्ने र अझ आफुलाई निखारेर लैजान मद्दत गर्ने बताए । कार्यक्रममा बोल्दै वाइसियल गजुरि गाउँपालिका अध्यक्ष श्रेष्ठले भण्डारीको…
Author: गणेश संवाददाता
नेपाल सुनचाँदी कला व्यवसायी सङ्घ, जिल्ला शाखा धादिङ धर्नामा
धादिङ, २२–असार, नेपाल सुनचाँदी कला व्यवसायी सङ्घ, जिल्ला शाखा धादिङको आयोजनामा आज जिल्ला प्रशासन कार्यालय, धादिङ अगाडि विरोध प्रदर्शन तथा धर्ना कार्यक्रम सम्पन्न गरिएको छ । सरकारद्वारा आर्थिक वर्ष २०८२ ÷ ८३ को नीति तथा कार्यक्रम बजेटमा सुनचाँदी व्यवसायमा २% बिलासी कर र मूल्य अभिवृद्धि कर (भ्याट) १३% लगाइएको विरोधमा व्यवसायीहरूले प्लेकार्डसहित प्रदर्शन र जिल्ला प्रशासन कार्यालय अगाडि धर्ना गरेका हुन् । उनीहरूले “हाम्रो धर्ना जारी छ”, “हाम्रो माग पुरा गर”, “सुनमा बिलासी कर हटाऊ” “सुनमा भन्सार कर ६ प्रतिशत कायम गर”, जस्ता नारा लगाएका थिए । नेपाल सुनचाँदी कला व्यवसायी…
वाईसिएल नेपाल गजुरीको आयोजनामा गजुरी–७ शहीद शान्ति पार्कमा वृक्षरोपण कार्यक्रम सम्पन्न
धादिङ, २१–असार वाईसिएल नेपाल गजुरीको आयोजनामा गजुरी गाउँपालिका वडा नं ७ स्थित शहीद शान्ति पार्कमा वृक्षरोपण कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा गजुरी गाउँपालिका अध्यक्ष गणेशलाल श्रेष्ठ, वडा नं ६ का वडा अध्यक्ष भक्त बहादुर तामाङ, वाईसिएल नेपाल धादिङका अध्यक्ष राजन लम्साल ज्वाला, वाइसियल नेपाल धादिङका सचिव सन्तोष रेग्मी, वाईसियल नेपालका सदस्य सन्तोष अधिकारि, वाईसियल नेपाल गजुरि गाउँपालिका अध्यक्ष दिवाकर श्रेष्ठ लगायतका नेता कार्यकर्ता युवा स्वयंसेवक, सामाजिक अभियन्ता र स्थानीय बासिन्दाहरूको सहभागिता रहेको थियो। वृक्षरोपणका क्रममा बिभिन्न प्रजातिका फुल तथा फलफुलका बिरुवा रोपिएको आयोजकले जानकारी दिएको छ। वाईसिएल नेपालका प्रतिनिधिहरूले देशभर…
एसईई परिक्षा पछि अबको बाटो कता ?
नेपालमा माध्यमिक शिक्षा (एसइई) परीक्षा एउटा अत्यन्तै महत्त्वपूर्ण मोड हो। यो परीक्षा केवल कक्षा १० को अन्त्य मात्र होइन, भविष्यको शैक्षिक यात्रा सुरु गर्ने प्रवेशद्वार हो। परीक्षा सकेर नतिजा हात परेपछि धेरै विद्यार्थी र अभिभावकको मनमा एउटै प्रश्न उठ्छ – अब के गर्ने एसइईपछि विद्यार्थीले रोज्न सक्ने मुख्य बाटाहरू र सही निर्णय कसरी गर्ने छलफल गरौँ । सामान्य माध्यमिक शिक्षा को विकल्पएसइईपछि अधिकांश विद्यार्थीले प्लस टु मा अध्ययन अगाडि बढाउने गर्छन्। यस अन्तर्गत विभिन्न बाटाहरू छन् । विज्ञानडाक्टर, इन्जिनियर, फार्मासिस्ट, वैज्ञानिक बन्न चाहने बिद्यार्थिहरुले विज्ञान विषय रोज्न सक्दछन् । मुख्य…
नीलकण्ठ–९ का दलित युवाहरूलाई पञ्चेबाजा वितरण
धादिङ, ११–असार दलित समुदायको सीप प्रवर्द्धन र आत्मनिर्भरता अभिवृद्धि गर्ने उद्देश्यले नीलकण्ठ नगरपालिकाले वडा नं–९ का दलित युवाहरूलाई पञ्चेबाजा वितरण गरिएको छ। नीलकण्ठ नगरपालिकाको विपन्न दलित सशक्तीकरण कार्यक्रम अन्तर्गत ज्येष्ठ २८ गते देखि असार ११ गते सम्म सञ्चालन भएको १५ दिने पञ्चेबाजा बजाउने तालिममा सहभागिता युवाहरूलाई तालिम पश्चात् बाजा वितरण गरिएको हो। कार्यक्रमको प्रमुख अतिथि तथा नगर प्रमुख भीम प्रसाद ढुङ्गानाले पञ्चेबाजा हस्तान्तरण गर्दै दलित युवाहरूको सीप र संस्कृति संरक्षणमा सहयोग पुर्याउने खालका कार्यक्रमहरूमा नगरपालिका सदैव अग्रसर रहने प्रतिबद्धता व्यक्त गरे। सिप सिके पछि आत्मनिर्भर बन्ने तथा आफ्नो ठाउँको विकासमा…
नीलकण्ठ नगरपालिकाले सञ्चालन गरेको विभिन्न व्यावसायिक सीपमूलक तालिमहरूको समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न
धादिङ, १५–असारनीलकण्ठ नगरपालिकाले सञ्चालन गरेको विभिन्न व्यावसायिक सीपमूलक तालिमहरूको समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न भएको छ। उपमेयर दिपक बिश्वकर्माको अध्यक्षता र मेयर भीम प्रसाद ढुंगानाको प्रमुख आतिथ्यतामा कार्यक्रम आयोजना गरिएको हो। कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम सुवेदी, वडा नं–८ का अध्यक्ष एवं नगर प्रवक्ता प्रकाश कुमार श्रेष्ठ, सामाजिक विकास संयोजक मञ्जु थापा मगर लगायतको उपस्थिति रहेको थियो। समारोहलाई सम्बोधन गर्दै मेयर ढुंगानाले सीप सिकेर स्वदेशमै रोजगार सिर्जना गर्न सकिने उल्लेख गरे । विदेशिने प्रवृत्तिमा कमी ल्याउँदै बेरोजगारी न्यूनीकरणमा यस्ता तालिम प्रभावकारी हुने उनको भनाई थियो। उप–प्रमुख बिश्वकर्माले श्रम बजारमा…
असार १५ तथा राष्ट्रिय धान दिवस वाइसियल धादिङ र अखिल नेपाल किसान महासङ्घ (क्रान्तिकारी) द्वारा विसालटारमा भव्य रूपमा सम्पन्न
धादिङ, १५ – असार वाइसियल धादिङ, अखिल नेपाल किसान महासङ्घ (क्रान्तिकारी) धादिङ र बेनिघाट रोराङ गाउँ समितिको संयुक्त आयोजनामा धादिङको बेनिघाट रोराङ गाउँपालिका–५ स्थित विसालटारमा असार १५ तथा राष्ट्रिय धान दिवस भव्य रूपमा मनाइएको छ। कार्यक्रममा नेकपा ९माओवादी केन्द्र०केन्द्रीय सदस्य तथा धादिङ इन्चार्ज एवम् संविधान सभा सदस्य पुष्प विक्रम मल्ल, माओवादी केन्द्रीय सदस्य रामबहादुर भण्डारी, माओवादी केन्द्र जिल्ला समन्वय समिति अध्यक्ष मनराज भण्डारी (सैलेस), नेकपा ( माओवादी केन्द्र) बागमती प्रदेस सदस्य चन्द्र बहादुर सिलवाल (मिलन)बेनिघाट गाउँपालिका अध्यक्ष कृष्ण बहादुर थपलिया (बिबेक), वाइसियल केन्द्रिय कार्यलय सदस्य नवराज मजकोटि, वाइसियल केन्द्रीय सदस्य…
एसईईको नतिजा सार्वजनिक
धादिङ,१३–असार राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय–कक्षा १० ले एसईईको नतिजा सार्वजनिक गरेको छ । शुक्रबार राष्ट्रिय परीक्षा बोर्डको बैठक बसेपछि परीक्षा नियन्त्रण कार्यालयले नतिजा सार्वजनिक गरेको हो । वेबसाइटमा पूरै नतिजा प्रकासित हुन भने केहीबेर लाग्ने बोर्डले जनाएको छ । गत २०८१ को चैत ७ देखि चैत १९ गतेसम्म सञ्चालन भएको एसईई परीक्षामा करिब पाँच लाख १० हजार विद्यार्थी सहभागी भएका थिए ।
दिपेन्द्र सिंह ऐरीले प्रहरीको सहायक हवल्दार पदबाट राजीनामा दिए
धादिङ, ११–असार नेपाली राष्ट्रिय क्रिकेट टोलीका चर्चित खेलाडी दिपेन्द्र सिंह ऐरीले नेपाल प्रहरीको सहायक हवल्दार पदबाट राजीनामा दिएका छन्। प्रहरी संगठनबाट राजीनामा दिएपछि उनी अब पूर्णरूपमा क्रिकेटमै केन्द्रित हुने बताएका छन्। नेपाल प्रहरीमा लामो समयदेखि कार्यरत ऐरीलाई सन् २०२३ मा क्रिकेटमा देखाएको उत्कृष्ट प्रदर्शनका आधारमा सहायक हवल्दारमा पदोन्नति दिइएको थियो। तर, पछिल्ला दिनमा अन्तर्राष्ट्रिय क्रिकेटमा व्यस्तता बढेसँगै प्रहरी सेवामा समय दिन नसक्ने भएकाले उनले राजीनामा दिने निर्णय गरेका हुन्। राजीनामा पत्रमा उनले लेखेका छन्, ूदेशको सुरक्षामा योगदान दिन पाएकोमा म गौरवान्वित छु। तर अब समयले मलाई पूर्णरूपमा क्रिकेटमा केन्द्रित हुन…
देशभर मनसुन सक्रिय, भारी वर्षाको सम्भावना
धादिङ, ९–असार देशभर मनसुन प्रणाली सक्रिय रहेकाले अधिकांश स्थानहरूमा वर्षा भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आगामी केही दिनसम्म देशका विभिन्न भागहरूमा हल्कादेखि मध्यम तथा केही स्थानहरूमा भारी वर्षा हुने सम्भावना छ। विशेषगरी बागमती, गण्डकी, लुम्बिनी, कोशी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई क्षेत्रमा मेघगर्जनसहित वर्षा हुने अनुमान गरिएको छ। साथै केही स्थानहरूमा चट्याङ, हावाहुरीसहितको वर्षा हुन सक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरिएको छ। धादिङबेशिमा हाल बर्षा भइरहेको छ । अधिकतम तापक्रम २८ डिग्री सेल्सियससम्म पुग्ने अनुमान छ भने न्यूनतम तापक्रम २० डिग्रीको आसपास रहनेछ। मौसम विभागले दिएको बाढी, पहिरो…
