भारतको पूर्वी राज्य बिहारका विभिन्न जिल्लाहरूमा असिना पानीका कारण २५ जनाको मृत्यु भएको छ । भारतीय सञ्चार माध्यमका अनुसार बिहारका मुख्यमन्त्री नितिश कुमारले मृतकको परिवारलाई ४ लाख भारतीय रुपैयाँ आर्थिक राहत दिने घोषणा गर्नु भएको छ । भारतीय मौसम विभागले बिहारका १३ जिल्लामा मौसमसम्बन्धी जोखिमको चेतावनी जारी गर्दै आगामी दुई दिनसम्म सजग रहन स्थानीयहरूलाई निर्देशन जारी गरेको छ । विगत दुई दिनदेखि बिहारमा पानीजन्य प्रकोपका कारण मृतकको सङ्ख्या बढिरहेको समाचारमा उल्लेख छ ।
Year: 2025
नेपालले समूह चरणको अन्तिम खेल हङकङसँग खेल्दै
आज नेपालले चार देशीय टी–२० शृङ्खलाको समूह चरणको अन्तिम खेल हङकङसँग खेल्दै छ । हङकङको मिसन रोड ग्राउन्डमा नेपाली समयअनुसार बिहान सवा ११ बजे खेल सुरु हुनेछ। अपराजित नेपाल फाइनल पुग्ने लक्ष्यमा छ। नेपालले पहिलो खेलमा कतारलाई ८ विकेट र दोस्रो खेलमा कुवेतलाई ६ विकेटले पराजित गरेको थियो। नेपाल चार अङ्कसहित तालिकाको शीर्ष स्थानमा छ। हङकङ र कुवेतको २–२ अङ्क छ, कतार अङ्कविहीन छ। शीर्ष टोली फाइनलमा पुग्नेछ, तेस्रो र चौथो टोलीले तेस्रो स्थानका लागि भोलि खेल्नेछन्।
चितुवाको आक्रमणमा बालिकाको मृत्यु
धादिङ, चैत्र-३० तनहुँको बन्दीपुरमा चितुवाको आक्रमणमा परेर एक बालिकाको मृत्यु भएको छ । बन्दीपुर गाउँपालिका–२ कामी डाँडामा शुक्रवार साँझ चितुवाले आक्रमण गर्दा १० बर्सिया बालिका अनुजा विकको मृत्यु भएको हो ।इसुप र अमृता विकको छोरी अनुजालाई साँझ ६ बजेको आसपासमा चितुवाले आक्रमण गरेको थियो । अनुजाको शव झन्डै एक किलोमिटर पर फेला परेको स्थानीय सुदिन पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार मृत बालिकाको दाहिने खुट्टा खाएको अवस्थामा फेला परेको हो ।
आज पनि देशका केहि भागमा वर्षाः वातावरणमा क्रमिक सुधार
धादिङ चैत्र ३०देशका विभिन्न ठाउँमा अहिले वर्षा भईरहेको छ । दाङ, अछाम, दैलेख, कालीकोटलगायतका ठाउँमा पानी परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र लुम्बिनी प्रदेशलगायत देशको पहाडी भू–भागका थोरै ठाउँहरुमा तथा बाँकी भू–भागका एक–दुई ठाउँमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । देशको उच्च पहाडी तथा हिमाली भूभागका थोरै ठाउँहरुमा हिमपातको समेत सम्भावना रहेको छ । यसबाट देशव्यापी रहीरहेको तुँवालो क्रमिक रुपमा कम हुने महाशाखाले जनाएको छ ।
धादिङ मोबाइल तथा इलेक्ट्रोनिक्स व्यवसायी सङ्घ धादिङले नयाँ वर्ष लक्षित उपहार योजना कार्यक्रम २०८१ गर्दै
धादिङ चैत्र २९ धादिङ मोबाइल तथा इलेक्ट्रोनिक्स व्यवसायी सङ्घ धादिङले दशैँ, तिहार, छठ तथा नयाँ वर्ष लक्षित उपहार योजना कार्यक्रम २०८१ गर्ने भएको छ । शनिवार धादिङबेंशी मा रहेको उद्योग वाणिज्य सङ्घको सभाहलमा बिहान १० बजेदेखि उक्त कार्यक्रम सुरु हुने धादिङ मोबाइल तथा इलेक्ट्रोनिक्स व्यवसायी सङ्घ धादिङका अध्यक्ष प्रकाश भट्टले गणेश न्युजलाई बताउनुभयो ।
नीलकण्ठ नगरपालिका वडा नम्बर १० र ११ मा दलित सचेतना तथा सशक्तिकरण कार्यक्रम सम्पन्न
धादिङ चैत्र २९धादिङको नीलकण्ठ नगरपालिका वडा नम्बर १० र ११ मा दलित सचेतना तथा सशक्तीकरण कार्यक्रम सम्पन्न भएको छ । शुक्रवार धादिङको जिल्ला न्यायधिस मिन कुमारी विश्वकर्माको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा नीलकण्ठ नगरपालिकाको उप—प्रमुख दिपक विश्वकर्माको विशेष आतिथ्यता रहेको थियो । कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रमुख अतिथि विश्वकर्माले दलितहरूले आफ्नो हक र अधिकारको बारेमा कानुनी रूपमा नै जानकारी लिनुपर्ने बताउनुभयो । त्यस्तै विशेष अतिथि दिपक विश्वकर्माले दलितले आफ्नो अधिकार र कानुनमा लेखिएको कुराको जानकारी लिनुपर्ने र आफू पनि आर्थिक रूपमा सबल र सक्षम हुनुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा नगरपालिकाको वडा…
कमाण्डर दुर्गा प्रसाईंलाई जिल्ला सरकारी वकिलको कार्यालय लगियो
धादिङ चैत्र २९ तीनकुने घटनाका मुख्य कमाण्डर दुर्गा प्रसाईंलाई जिल्ला सरकारी वकिलको कार्यालय लगिएको छ । भारतबाट पक्राउ परेका प्रसाईंलाई केहीबेरअघि जिल्ला प्रहरी परिसर काठमाडौं ल्याइएको थियो । त्यहाँ आवश्यक कागजात मिलाएर प्रसाईंलाई अहिले सरकारी वकिलको कार्यालय लगिएको हो । सरकारी वकिलको कार्यालयबाट प्रसाईंलाई केहीबेरमा जिल्ला अदालत काठमाडौं लगिनेछ । उनीविरुद्ध आजै म्याद थप गर्ने तयारी छ ।ज्यान मार्ने उद्योग लगायतका कसुरमा उनीविरुद्ध मुद्दा चलाउने तयारी रहेको प्रहरी स्रोतले बताएको छ । गत चैत १५ गते तीनकुनेमा भएको प्रदर्शनपछि प्रसाईं फरार थिए ।
भारतमा समातिएका कमाण्डर प्रसाईंलाई काठमाण्डौ ल्याईँदै
धादिङ चैत्र २९भारतमा समातिएका दुर्गा प्रसाईंलाई प्रहरीले झापाबाट काठमाण्डौ ल्याउँदैछ । यही चैत १५ गते राजावादीले गरेको हिंसात्मक प्रदर्शनका कमाण्डर प्रसाईं भारतमा समातिएपछि प्रहरीले बिहान काँकडभिट्टा नाकाबाट नेपाल ल्याएको थियो । प्रसाईंलाई काठमाण्डौ ल्याएर सङ्गठित अपराध, राज्यविरुद्धको कसूर, अपराधिक उपद्रव लगायतका अभियोगमा अनुसन्धान गर्ने प्रहरीको तयारी छ । १५ गते काठमाण्डौको तीनकुनेमा भएको राजावादीको हिंसात्मक प्रदर्शनमा प्रसाईंले प्रहरीलाई कुल्चने गरी गाडी कुदाएका थिए भने उनका समर्थकहरूले विभिन्न सार्वजनिक तथा निजी भवन, सञ्चारगृह र व्यापारिक केन्द्र गरी कुल ४० संरचनामा ढुङ्गामुढा, तोडफोड, आगजनी र लुटपाट गरेका थिए । त्यस्तै सार्वजनिक तथा…
कुशल भुर्तेलको सानदार ब्याटिङसँगै नेपाल विजयी
ओपनर कुशल भुर्तेलको सानदार ब्याटिङसँगै नेपालले चार देशीय टी–२० सिरिजमा लगातार दोस्रो जित निकालेको छ। बिहीबार बिहान सम्पन्न खेलमा नेपालले कुवेतलाई ६ विकेटले पराजित गरेको हो। नेपालले पहिलो खेलमा कतारलाई आठ विकेटले पराजित गरेको थियो। योसँगै शीर्ष स्थानमा रहेको नेपालले चार अङ्क पुर्याएको छ। यो जितसँगै नेपालले फाइनलको सम्भावना उच्च बनाएको छ। अब नेपालले लिग चरणको अन्तिम खेल शनिवार घरेलु टोली हङकङसँग खेल्नेछ। कुवेतले प्रस्तुत गरेको १८६ रनको लक्ष्य नेपालले १८.५ ओभरमा चार विकेट गुमाउँदै पूरा गर्यो। कुशलले सर्वाधिक ८१ रन बनाए। ५० बल खेलेका उनले समान ६ चौका र छक्का…
नीलकण्ठ नगरपालिका वडा नम्बर ८ र ९ मा दलित सचेतना तथा सशक्तिकरण कार्यक्रम सम्पन्न
धादिङ चैत्र-२८ नीलकण्ठ नगरपालिका वडा नम्बर ८ र ९ मा दलित सचेतना तथा सशक्तिकरण कार्यक्रम सम्पन्न भएको छ । बिहिबार नीलकण्ठ नगरपालिकाको उप प्रमुख दिपक विश्वकर्माको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा वडा नम्बर ८ का वडा कार्अयवाहक अध्यक्ष छबी प्रसाद काप्री , वडा नम्बर ९ को वडा अध्यक्ष राजन बराईली र सामाजिक बिकास समिती संयोजक एवम् वडा नम्बर ६ को महिला वडा सदस्य मञ्जु मगर लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा बोल्नुहुँदै प्रमुख अतिथि विश्वकर्माले दलितले आफ्नो अधिकार र कानुनमा लेखिएको कुराको जानकारी लिनुपर्ने र आफू पनि आर्थिक रुपमा सबल…
