नीलकण्ठ नगरपालिका वडा नम्बर ८ र ९ मा दलित सचेतना तथा सशक्तिकरण कार्यक्रम सम्पन्न

धादिङ चैत्र-२८

नीलकण्ठ नगरपालिका वडा नम्बर ८ र ९ मा दलित सचेतना तथा सशक्तिकरण कार्यक्रम सम्पन्न भएको छ ।

बिहिबार नीलकण्ठ नगरपालिकाको उप प्रमुख दिपक विश्वकर्माको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा वडा नम्बर ८ का वडा कार्अयवाहक अध्यक्ष छबी प्रसाद काप्री , वडा नम्बर ९ को वडा अध्यक्ष राजन बराईली र सामाजिक बिकास समिती संयोजक एवम् वडा नम्बर ६ को महिला वडा सदस्य मञ्जु मगर लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा बोल्नुहुँदै प्रमुख अतिथि विश्वकर्माले दलितले आफ्नो अधिकार र कानुनमा लेखिएको कुराको जानकारी लिनुपर्ने र आफू पनि आर्थिक रुपमा सबल र सक्षम हुनुपर्नेमा जोड दिनुभयो । उहाँले दलितहरुको न्यायका लागि समाजमा हुने विभेदको अन्त्यका लागि सबै जना एकजुट भएर लाग्नुपर्ने बताउनुभयो ।


यो कार्यक्रम यस अघि नीलकण्ठ नगरपालिका वडा नम्बर ६,७,४, मा सम्पन्न भईसकेको छ ।

Related posts

Leave a Comment