आज नेपालले चार देशीय टी–२० शृङ्खलाको समूह चरणको अन्तिम खेल हङकङसँग खेल्दै छ । हङकङको मिसन रोड ग्राउन्डमा नेपाली समयअनुसार बिहान सवा ११ बजे खेल सुरु हुनेछ।
अपराजित नेपाल फाइनल पुग्ने लक्ष्यमा छ। नेपालले पहिलो खेलमा कतारलाई ८ विकेट र दोस्रो खेलमा कुवेतलाई ६ विकेटले पराजित गरेको थियो।
नेपाल चार अङ्कसहित तालिकाको शीर्ष स्थानमा छ। हङकङ र कुवेतको २–२ अङ्क छ, कतार अङ्कविहीन छ। शीर्ष टोली फाइनलमा पुग्नेछ, तेस्रो र चौथो टोलीले तेस्रो स्थानका लागि भोलि खेल्नेछन्।
