नीलकण्ठ नगरपालिका वडा नम्बर १० र ११ मा दलित सचेतना तथा सशक्तिकरण कार्यक्रम सम्पन्न

धादिङ चैत्र २९
धादिङको नीलकण्ठ नगरपालिका वडा नम्बर १० र ११ मा दलित सचेतना तथा सशक्तीकरण कार्यक्रम सम्पन्न भएको छ ।

शुक्रवार धादिङको जिल्ला न्यायधिस मिन कुमारी विश्वकर्माको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा नीलकण्ठ नगरपालिकाको उप—प्रमुख दिपक विश्वकर्माको विशेष आतिथ्यता रहेको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रमुख अतिथि विश्वकर्माले दलितहरूले आफ्नो हक र अधिकारको बारेमा कानुनी रूपमा नै जानकारी लिनुपर्ने बताउनुभयो । त्यस्तै विशेष अतिथि दिपक विश्वकर्माले दलितले आफ्नो अधिकार र कानुनमा लेखिएको कुराको जानकारी लिनुपर्ने र आफू पनि आर्थिक रूपमा सबल र सक्षम हुनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा नगरपालिकाको वडा नं ११ का वडाध्यक्ष राम बहादुर श्रेष्ठ, वडा नं ९ का वडाध्यक्ष राजन बराइली, कार्यपालिका सदस्य राम्री नेपाली, शाखा अधिकृत लोकनाथ उपाध्याय लगायतको उपस्थिति रहेको थियो ।

Related posts

Leave a Comment