गृहमन्त्री रमेश लेखकले वार्तामार्फत पाथीभरा केबलकारको समस्या समाधान गर्ने बताउनुभएको छ। मङ्गलबार (आज) साँझ ताप्लेजुङ, सङ्खुवासभा, इलाम, धनकुटा र पाँचथरका सांसदहरूसँग छलफल गरेर लेखकले यस्तो बताउनु भएको हो ।
छलफलमा सहभागी ताप्लेजुङकी सांसद उर्मिला थेबेले गृहमन्त्री लेखकलाई उद्धृत गर्दै भन्नु भयो , वार्ता समिति बनाउनुपर्छ र संवादकै माध्यमबाट समस्या समाधान गर्नुपर्छ।
सांसद थेबेका अनुसार चाँडै वार्ता समिति बनाउने सहमति भएको छ। समितिमा गृह, पर्यटन र भौतिक पूर्वाधार मन्त्रालयका प्रतिनिधिसमेत समाहित गरिने उहाँले बताउनु भयो ।
सांसद थेबेले सबै सांसदहरू केबलकार बनाउनैपर्नेमा देखिएको दाबीसमेत गर्दै योगेश, सुहाङलगायत सबै सबै माननीयहरूले केबलकार बनाउनैपर्ने बताउनुभयो, गृहमन्त्रीले संवाद गर्नुपर्छ भनेर भन्नुभयो,ु उहाँले भन्नु भयो ।
अगाडि उहाँले भन्नुभयो त्यो ठूलो समस्या होइन, संवादमार्फत समस्या समाधान गर्न सकिन्छ। १० वर्षे जनयुद्ध त संवादबाट सफल भयो। यो समस्या पनि समाधान गर्नुपर्छ र केबलकार बनाउनैपर्छ।
