रोमाञ्चक फाइनलमा काठमान्डुलाई हराउँदै उपाधि जनकपुरलाई

काठमाडौं । जनकपुर नाइट्सले पहिलो संस्करणको नेपाल कबड्डी लिग (एनकेएल) को उपाधि जितेको छ । शुक्रबार भएको रोमाञ्चक फाइनलमा काठमान्डु माभरिक्सलाई हराउँदै जनकपुरले उपाधि जितेको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको कभर्डहलमा शुक्रबार भएको निकै प्रतिस्पर्धात्मक र रोमाञ्चक फाइनलमा काठमान्डुलाई ४५—४१ ले हराएर जनकपुर च्याम्पियन बनेको हो । अपराजित रहँदै च्याम्पियन बन्ने क्रममा जनकपुरले अन्तिम मिनेटमा शानदार पुनरागन गरेको थियो । पहिलो हाफमा २५—१९ ले पछि परेको काठमान्डुले दोस्रो हाफमा पुनरागमन गर्दै २२—२० को अग्रता बनाएपनि जितसम्म पुग्न सकेन । एक समय काठमान्डुले पुनरागमन गर्दै ३४—३४ को बराबरी गरेको थियो ।…

किक बक्सिङ टोली भारत प्रस्थान

चौथो वाको इन्डियन ओपन किक बक्सिङ प्रतियोगितामा सहभागी हुन चार पुरुष खेलाडीसहित पाँच सदस्यीय नेपाली टोली भारतको नयाँ दिल्ली प्रस्थान गरेको छ । शनिबारदेखि फेब्रुअरी ५ तारिखसम्म सञ्चालन हुने उक्त प्रतियोगिताको ६७ किलो सुनिम श्रेष्ठ, ५४ किलोमुनि आशिक कोली र ५१ किलोमुनि चिरन राई तथा भक्तराज जोशीले नेपालको तर्फबाट चुनौती प्रस्तुत गर्नेछन् । प्रशिक्षकमा दिवान्स श्रेष्ठ रहेका छन् । टोलीलाई सफलताको शुभकामना दिँदै राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टङ्कलाल घिसिङले एक कार्यक्रमका बीचमा खेलाडीलाई बिदाइ गरे ।

वाशिङ्टन डीसीमा भएको हवाई दुर्घटनामा ६७ जनाकै ज्यान गएको पुष्टि

काठमाण्डौ – अमेरिकामा भएको व्यावसायिक विमान र सैन्य हेलिकप्टर दुर्घटनामा ६७ जनाकै ज्यान गएको छ । हिजो वाशिङ्टन डीसीको विमानस्थलमा अवतरण गर्न लागेको यात्रुवाहक विमान सेनाको ‘ब्ल्याक हक’ हेलिकप्टरसँग ठोकिएर पोटोम्याक नदीमा खसेको थियो । दुर्घटनामा विमानमा रहेका ६४ जना र हेलिकोप्टरमा रहेका तीन जना सबैको ज्यान गएको अमेरिकी अधिकारीहरुले पुष्टि गरेका समाचार संस्था एपीले जनाएको छ । अमेरिकामा सन् २००१ पछिकै भएको यो सबैभन्दा घातक हवाई दुर्घटना हो । सन् २००१ नोभेम्बर २१ मा अमेरिकी एअरलाइन्सको विमान न्यूयोर्कको बेले हार्बरमा आवासीय क्षेत्रमा खस्दा दुई सय ६० जनाको ज्यान गएको…

नेपाल कबड्डी लिगको उपाधिका लागि आज साँझ जनकपुर र काठमाण्डौ खेल्दै

काठमाण्डौ – नेपाल कबड्डी लिग (एनकेएल) को उपाधिका लागि आज जनकपुर नाइट्स र काठमाण्डौ माभरिक्स खेल्दै छन् । त्रिपुरेश्वरमा रहेको दशरथ रङ्गशालाको कभर्डहलमा फाइनल खेल बेलुका साढे ६ बजे शुरू हुनेछ । जनकपुर लिग चरणमा चार जीत र एक बराबरीका साथ शीर्षस्थान रहेको थियो । उसले क्वालिफायरमा विराटनगर ब्यान्डिट्सलाई पराजित गर्दै फाइनलमा पुगेको थियो । त्यस्तै लिग चरणमा काठमाण्डौ तीन जीत, एक बराबरी र एक हारसँगै तेस्रो भएको थियो । त्यसपछि काठमाण्डौले इलिमिनेटरमा धनगढी वाइल्डक्याट्स र क्वालिफाइरमा विराटनगरलाई हराउँदै उपाधि नजिकै पुगेको हो । नेपालमा पहिलो पटक भएको फ्रेन्चाइज कबड्डीको…

बेनीघाट रोराङ गाउँपालिका मा श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ सुरु

धादिङको बेनीघाट रोराङ गाउँपालिकाको आयोजनामा “शिक्षाको लागि भिक्षा अभियान” अन्तर्गत श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञसुरु भएको छ । बिहीबार एक कार्यक्रमको आयोजना गरी उक्त सप्ताहको उद्घाटन गरिएको हो । संविधानसभा अध्यक्ष नारायणप्रसाद दाहालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा बागमती प्रदेशका निवर्तमान मुख्यमन्त्री शालिकराम जमकट्टेलको विशेष आतिथ्यता रहेको थियो । त्यस्तै नेकपा माओवादी केन्द्र धादिङका ईन्चार्ज एवंम संविधानसभा सदस्य पुष्पविक्रम मल्ल, बागमती प्रदेशका प्रदेश सांसद गोविन्द लम्साल, नेकपा माओवादी केन्द्र बागमती प्रदेश कमिटीको सहसचिव दल बहादुर बुर्लाकोटी, नीलकण्ठ नगरपालिकाका उपप्रमुख दिपक विश्वकर्मा, प्रमुख जिल्ला अधिकारी सुमन घिमिरे,नीलकण्ठ नगरकार्यपालिका सदस्य लक्ष्मण रम्तेल, गाउँपालिकाका…

विदेशमा बच्चा जन्माएका महिलाका सन्तानलाई अंगीकृत नागरिकता

सरकारले विदेशमा बच्चा जन्माएका महिलाका सन्तानलाई अंगीकृत नागरिकता दिने गरी विधेयक ल्याएको छ। प्रतिनिधिसभामा आएको नेपाल नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयकमा सो व्यवस्था गरिएको छ। विदेशमा बच्चा जन्मिएका र बाबुको पहिचान नभएका बच्चाको संख्या बढ्दै गएपछि उनीहरूको अनागरिक हुने अवस्थालाई ध्यानमा राखी सरकारले विधेयकमा यस्तो व्यवस्था गरेको हो। बाबुको पहिचानबिना जन्मेका बच्चासहित नेपाल फर्केका महिलालाई समाजले हेर्ने नकारात्मक दृष्टिकोण, पारिवारिक विग्रह र त्यसबाट आमा र बच्चामा पर्न सक्ने गम्भीर समस्यालाई समाधान गर्न सरकारले नागरिकता विधेयकमा यस्तो प्रावधान राखेको छ। वैदेशिक रोजगारीमा गएका नेपाली महिलाबाट विदेशमा जन्मिएका तर…

तामाङ समुदायले आज विविध कार्यक्रम आयोजना गरी सोनाम ल्होसार मनाउँदै

तामाङ समुदायले विविध कार्यक्रम आयोजना गरी हर्षोल्लासपूर्वक सोनाम ल्होसार मनाउँदै छन् । प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका दिन विभिन्न कार्यक्रम गरी सोनाम ल्होसार मनाइन्छ । मुसा, गाई, बाघ, खरायो, ड्रागन , सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होसारलाई विभाजन गरिएको छ । ल्होसारमा १२ वटा जीवजन्तुका नामबाट ल्हो खोर्लो अर्थात् वर्ष चक्रका आधारमा हरेक वर्ष पुरानो वर्षलाई बिदाइ र नयाँ वर्षलाई स्वागत गरी धार्मिक र सांस्कृतिक विधिअनुसार यो पर्व मनाउने गरिन्छ । भूमिपूजा, कूलपूजा एवं दानदक्षिणा, ढोगभेट, नाचगान, मिठो परिकार बनाएर खाने र शुभकामना…

किबो बोर्डिङ स्कुलमा खेलकुद सप्ताह सम्पन्न

धादिङको नीलकण्ठ नगरपालिका वडा नम्बर ३ मा रहेको किबो बोर्डिङ स्कुलमा खेलकुद सप्ताह सम्पन्न भएको छ । विद्यालयको प्रधानाध्यापक प्रयास रेग्मीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा जिल्ला खेलकुद विकास समिति धादिङको अध्यक्ष प्रताप सिंह तामाङको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रमका प्रमुख अतिथि तामाङले किबो बोर्डिङ स्कुलले विद्यार्थीहरुको शारिरीक तथा मानसिक विकास गराउनका लागि विभिन्न अतिरिक्त क्रियाकलापहरु गरेको प्रति धन्यवाद व्यक्त गर्दै स्कुललाई खेलकुद सामग्री प्रदान गर्ने बताउनुभएको छ । साथै यस्तै विद्यालय स्तरिय खेलकुद कार्यक्रमहरुले नै राष्ट्रिय स्तरको खेलाडी उत्पादन गर्न सहयोग पुग्ने बताउनुभयो । उक्त प्रतियोगिताबाट यो साल सिनियर…

पाथीभरा केबलकार विवाद: तीन मन्त्रालयको प्रतिनिधिसहित वार्ता समिति बनाइने

गृहमन्त्री रमेश लेखकले वार्तामार्फत पाथीभरा केबलकारको समस्या समाधान गर्ने बताउनुभएको छ। मङ्गलबार (आज) साँझ ताप्लेजुङ, सङ्खुवासभा, इलाम, धनकुटा र पाँचथरका सांसदहरूसँग छलफल गरेर लेखकले यस्तो बताउनु भएको हो । छलफलमा सहभागी ताप्लेजुङकी सांसद उर्मिला थेबेले गृहमन्त्री लेखकलाई उद्धृत गर्दै भन्नु भयो , वार्ता समिति बनाउनुपर्छ र संवादकै माध्यमबाट समस्या समाधान गर्नुपर्छ। सांसद थेबेका अनुसार चाँडै वार्ता समिति बनाउने सहमति भएको छ। समितिमा गृह, पर्यटन र भौतिक पूर्वाधार मन्त्रालयका प्रतिनिधिसमेत समाहित गरिने उहाँले बताउनु भयो । सांसद थेबेले सबै सांसदहरू केबलकार बनाउनैपर्नेमा देखिएको दाबीसमेत गर्दै योगेश, सुहाङलगायत सबै सबै माननीयहरूले केबलकार…

सिद्धालेक गाउँपालिकामा एच.पि.भि खोप अभियानको पूर्व तयारीको गोष्ठी सम्पन्न

सिद्धालेक गाउँपालिकामा पाठेघर क्यान्सर विरुद्धको एच.पि.भि (ह्युमन पापिलोमा भाइरस)  खोप सम्बन्धी अन्तरक्रिया तथा खोप अभियानको पूर्व तयारीको लागि गोष्ठी सम्पन्न भएको छ । मंगलबार सिद्धलेक गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा “एचपिभि खोप अभियान २०८१” अन्तर्गत पालिका स्तरीय खोप समन्वय समिति र अन्य सरोकारवालाहरूका लागि अभिमुखीकरण गोष्ठी सम्पन्न भएको हो । बैठकले माघ २२ देखि २६ गतेसम्म कक्षा ६ देखि १० सम्म अध्ययनरत छात्रा तथा विद्यालय बाहिर रहेका १० देखि १४ वर्ष उमेर समूहका बालिका र किशोरीलाई एच.पि.भि खोप लगाईने निर्णय गरिएको छ । उक्त खोप अभियानलाई सम्पूर्ण तहबाट साथ र सहयोगको…