पाथीभरा केबलकार विवाद: तीन मन्त्रालयको प्रतिनिधिसहित वार्ता समिति बनाइने

गृहमन्त्री रमेश लेखकले वार्तामार्फत पाथीभरा केबलकारको समस्या समाधान गर्ने बताउनुभएको छ। मङ्गलबार (आज) साँझ ताप्लेजुङ, सङ्खुवासभा, इलाम, धनकुटा र पाँचथरका सांसदहरूसँग छलफल गरेर लेखकले यस्तो बताउनु भएको हो । छलफलमा सहभागी ताप्लेजुङकी सांसद उर्मिला थेबेले गृहमन्त्री लेखकलाई उद्धृत गर्दै भन्नु भयो , वार्ता समिति बनाउनुपर्छ र संवादकै माध्यमबाट समस्या समाधान गर्नुपर्छ। सांसद थेबेका अनुसार चाँडै वार्ता समिति बनाउने सहमति भएको छ। समितिमा गृह, पर्यटन र भौतिक पूर्वाधार मन्त्रालयका प्रतिनिधिसमेत समाहित गरिने उहाँले बताउनु भयो । सांसद थेबेले सबै सांसदहरू केबलकार बनाउनैपर्नेमा देखिएको दाबीसमेत गर्दै योगेश, सुहाङलगायत सबै सबै माननीयहरूले केबलकार…

सिद्धालेक गाउँपालिकामा एच.पि.भि खोप अभियानको पूर्व तयारीको गोष्ठी सम्पन्न

सिद्धालेक गाउँपालिकामा पाठेघर क्यान्सर विरुद्धको एच.पि.भि (ह्युमन पापिलोमा भाइरस)  खोप सम्बन्धी अन्तरक्रिया तथा खोप अभियानको पूर्व तयारीको लागि गोष्ठी सम्पन्न भएको छ । मंगलबार सिद्धलेक गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा “एचपिभि खोप अभियान २०८१” अन्तर्गत पालिका स्तरीय खोप समन्वय समिति र अन्य सरोकारवालाहरूका लागि अभिमुखीकरण गोष्ठी सम्पन्न भएको हो । बैठकले माघ २२ देखि २६ गतेसम्म कक्षा ६ देखि १० सम्म अध्ययनरत छात्रा तथा विद्यालय बाहिर रहेका १० देखि १४ वर्ष उमेर समूहका बालिका र किशोरीलाई एच.पि.भि खोप लगाईने निर्णय गरिएको छ । उक्त खोप अभियानलाई सम्पूर्ण तहबाट साथ र सहयोगको…

धादिङ फुटबल क्लबले स्वर्गीय सुमन श्रेष्ठको स्मृतिमा सुमन स्मृति कप फुटबल प्रतियोगिता सञ्चालन गर्ने

धादिङ जिल्लाका युवा खेलाडीहरूलाई आफ्नो प्रतिभा प्रदर्शन गर्ने अवसर प्रदान गर्नु र फुटबल खेलको लोकप्रियता वृद्धि गर्दै स्वस्थ जीवनशैलीको प्रवर्द्धन गर्नु मूल उद्देश्य साथ जिल्लामा फुटबल प्रतियोगिता मार्फत फुटबल खेलको विकास र त्यसप्रति युवाहरूको आकर्षण बढाउनका लागि धादिङ फुटबल क्लबले स्वर्गीय सुमन श्रेष्ठको स्मृतिमा २०८१ फागुन १२ गतेबाट १७ गतेसम्म प्रथम सुमन स्मृति कप फुटबल प्रतियोगिता सञ्चालन गर्ने भएको छ । लामो समयदेखि जिल्ला सदरमुकाममा फुटबल प्रतियोगिता सञ्चालन हुन नसकिरहेको अवस्थामा धादिङ फुटबल क्लबले प्रत्येक वर्ष खुल्ला फुटबल प्रतियोगिता सञ्चालन गर्ने जानकारी पत्रकार सम्मेलन मार्फत जानकारी गराएको छ । यस…

अछाममा किशोरीहरु मृत भेटिएको घटनाः प्रदेशको टोली ले सुरु गरे अनुसन्धान

घटना स्थलको तस्बिर

१५ माघ, धनगढी । अछाममा गोठालो गएका दुई जना किशोरी मृत अवस्थामा भेटिएको घटनाको अनुसन्धानका लागि प्रदेश प्रहरी कार्यालयको टोली खटिएको छ ।प्रदेश प्रहरी कार्यालयले ढकारी गाउँपालिका-१ को छिन्ने जंगलमा ढकारी-८ पल्साताकी १५ वर्षीय सरस्वती खड्का र १४ वर्षीय इशरा खड्का मृत भेटिएको घटनाको अनुसन्धानका लागि टोली खटाएको हो ।सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) गणेश चन्दले जिल्ला प्रहरी कार्यालयले गरिरहेको अनुसन्धानलाई सघाउन प्रदेशबाट छुट्टै टोली परिचालन गरिएको बताउनुभयो।‘जिल्ला प्रहरी कार्यालयले दुई जनालाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान गरिररहेको छ तर अहिलेसम्म धेरै कुरा खुलेको छैन्,’ उहाँले भन्नुभयो,…

च्याट जीपीटी जस्तै चाइनिज डीपसीक, अन्तर्राष्ट्रिय शेयरबजार समेत प्रभावित

१५ माघ, काठमाडौं । च्याट जीपीटीजस्तै चीनले एआई बट डीपसीक लञ्च गरेको छ । यसले अमेरिकी सूचना प्रविधि कम्पनीमा खलबली मचाएको बीबीसीले जनाएको छ । कम लागतमा तयार गरिएको यो एआई बट १० जनवरीमा लञ्च भएपछि अमेरिकी शेयर बजारमा कयौं ठूला कम्पनीको शेयर मूल्य घटेको छ । यसको सबैभन्दा ठूलो झड्का दिग्गज चिप निर्माता कम्पनी एनभिडियालाई लागेको छ । यो कम्पनीको शेयरमा गिरावट आउँदा पाँच सय अर्ब डलरभन्दा बढी घाटा व्यहोर्नु परेको बीबीसीले जनाएको छ ।डीपसीक लञ्चका कारण अमेरिकामा मात्र नभइ, जापान, दक्षिण कोरिया र ताइवानको शेयर बजारमा पनि गिरावट…

काठमाण्डौमा आजदेखि चार दिन दैनिक पाँच घण्टा विद्युत् अवरुद्ध

काठमाण्डौ – काठमाण्डौका केही ठाउँमा आजदेखि चार दिन दैनिक पाँच घण्टा विद्युत् अवरुद्ध हुने भएको छ । नेपाल विद्युत् प्राधिकरणका अनुसार आज मङ्गलवार गोठाटार (जोरपाटी) फिडरअन्तर्गत मानटार चोक क्षेत्रमा बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म विद्युत् अवरुद्ध हुनेछ । भोलि बुधवार मातातीर्थ (कुलेश्वर) फिडर अन्तर्गत मातातीर्थ वरिपरिका क्षेत्र, पर्सि बिहीवार शङ्खमुल फिडर (बानेश्वर) अन्तर्गत दोभान पुल वरिपरिका क्षेत्रमा विद्युत् आपूर्ति बन्द हुनेछ । आउने शुक्रवार केएमसी र पुरानो एयरपोर्ट फिडर (बानेश्वर) अन्तर्गत आलोकनगर वरिपरिका क्षेत्रमा पाँच घण्टा विद्युत् अवरुद्ध हुने प्राधिकरणले बताएको छ । कुलेश्वर, बानेश्वर, जोरपाटी र कीर्तिपुर वितरण…

साउदी छाड्दै नेयमार ?

काठमाडौं । ब्राजिलियन स्टार नेयमारले साउदी प्रो क्लब अल हिलालसँगको सम्झौता रद्ध गरेका छन् । क्लब र खेलाडीबीच सोमबार राति आपसी समझदारीमा सम्झौता रद्ध गरिएको जनाइएको छ । ब्राजिलका सर्वाधिक गोलकर्तासमेत रहेका ३२ वर्षीय नेयमार घुँडाको समस्या कारण अक्टोबर २०२३ देखि लगातार मैदानबाट बाहिर छन् । ‘क्लब र खेलाडीबीचको आपसी समझदारीमा सम्झौता रद्ध गरिएको छ,’ क्लबले जारी गरेको विज्ञप्तीमा भनिएको छ । दुई वर्ष अल हिलाल रहँदा नेयमारले मात्र सात खेले खेलेका छन् । उनी पेरिस सेन्ट जर्मेन (पिएसजी)बाट ९० मिलियन युरोमा साउदी अरेबिया पुगेका थिए । उनले ब्राजिलबाट ७९…