The Rise of Balen and the New Rule of Politics

Dhading, 30 Bhadau When Balendra Shah, popularly known as Balen, became the Mayor of Kathmandu Metropolitan City, many saw it as the rise of a new political force in Nepal. A rapper-turned-structural engineer-turned-mayor, his journey itself was unusual and refreshing for a nation exhausted by traditional politics. His tenure has sparked both admiration and criticism, shaping what people now call “Balen: The Rule.” Balen’s rise was historic because he was an independent candidate, untied to the messy alliances of mainstream parties. His victory showed the frustration of urban youth and…

फ्रान्समा “ब्लक एभ्रिथिङ” आन्दोलन तीव्र : सडकदेखि रेल सेवासम्म प्रभावित

धादिङ २९-भदौ, फ्रान्स सरकारले ल्याएको कठोर बजेट र सार्वजनिक खर्च कटौतीविरुद्ध सुरु भएको “ब्लक एभ्रिथिङ” (Bloquons tout) आन्दोलन तीव्र बनेको छ। आन्दोलनका कारण राजधानी पेरिससहित प्रमुख सहरहरूमा दैनिक जीवन प्रभावित भएको छ। सरकारले प्रस्तुत गरेको नयाँ बजेटमा स्वास्थ्य, सामाजिक सुरक्षा र सार्वजनिक सेवामा खर्च कटौती गर्ने योजना, साथै दुई राष्ट्रिय बिदा खारेज गर्ने प्रस्ताव समावेश छ। यी नीतिहरूविरुद्ध श्रमिक संगठन, ट्रेड युनियन र सर्वसाधारण सडकमा उत्रिएका छन्। पेरिसमा प्रदर्शनकारीहरूले सडक अवरुद्ध गर्दै टायर बाल्ने गरेका छन्। रेल र सार्वजनिक यातायात सेवा ठप्प हुँदा यात्रुहरूलाई कठिनाइ भएको छ। एयरपोर्टहरूमा पनि सेवामा…

महानबलिदानीको उच्च सम्मान आत्मआलोचना रुपान्तरण इमान्दारीता साथ नयाँ यात्राको संकल्प गरौं

महान जनयुद्धका जनप्रीय नेता मुकुन्द सेन राजभण्डारी क.सन्देशको स्मृति दिवस२०५९ भाद्र २९ गते आज कै दिन जनयुद्धका संकटकालिन भिषण निरंकुशता र दमनका बिरुद्ध युद्ध मैदान लड्दै गर्दा पार्टीको बैठकमा जाने क्रममा तत्कालीन साहि सेनाले घेरा हाली समातेर तपाईंको हत्या भएको दिन , एक जना जनताको रक्षक सेवक गुमेको दिन । साबीक सुनौलाबजार, खाल्टे, कल्लेरी, कुम्पुर लगायत धादिङवासी जनताको सेवक भइ नेतृत्व गर्दै जनयुद्धमा लाग्नु भएका एउटा विद्रोही नेता गुमाएको दिन हो । तपाईं प्रति उच्च सम्मान सहित भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दछु । देशको यस विषम परिस्थितिमा आज तपाईँहरु जस्तै हजारौं…

ज्वालामुखि गाउँपालिकाका अध्यक्ष दनै चढ्ने गाडीमा आगजनी

ज्वालामुखि गाउँपालिकाका अध्यक्ष यमनाथ दनै चढ्ने रातो प्राडो गाडीमा आगजनी भएको छ । ज्वालामुखि गाउँपालिका कार्यालय भन्दा करिव १ किलो मिटर टाढा लगी गाडीमा आगो लगाइएको प्रहरीले जनाएको छ ।आगो कसले र किन लगायो भन्नेबारे स्पष्ट खुल्न बाँकी रहेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता शुभाष हमालले जानकारी दिए । घटनास्थलमा प्रहरी टोली खटिएको छ भने आगलागीबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।

नरसंहार पछि लेखकको राजीनामा 

धादिङ, २३–भदौ गृहमन्त्री रमेश लेखकले राजीनामा दिएका छन्। बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर गृहमन्त्री लेखकले राजीनामा बुझाएका हुन्। मन्त्रिपरिषद् बैठक बसिरहेका बेला गृहमन्त्री लेखकले राजीनामा बुझाएको उनको सचिवालयले पुष्टि गरेको छ। यसअघि गृहमन्त्री लेखकले नैतिकताका आधारमा आफूले राजीनामा दिने बताएका थिए। यत्रो मानवीय नरसंहार भएपछि मैले नैतिकताका आधारमा पनि राजीनामा दिनुपर्छ। कांग्रेस बैठकमा पनि मैले राजीनामा दिन्छु भनेको छु लेखकले बताए ।कांग्रेस पदाधिकारी बैठकमा सभापति शेरबहादुर देउवाले राजीनामा दिएर मार्ग प्रशस्त गर्न निर्देशन दिएका थिए। त्यसपछि राजीनामा दिन्छु भन्दै गृहमन्त्री लेखक बालुवाटार हिंडेका थिए।

सरकार कुन नैतिकताले अझै कुर्सिमा ?

धादिङ,२३–भदौ देशभरको राजनीतिक र सामाजिक अवस्था हेर्दा यो प्रश्न स्वाभाविक रूपमा उठ्छ—सरकार कुन नैतिकताले अझै पनि सत्तामा बसिरहेको छ ? जनताको जीवन सहज बनाउनुपर्ने, स्थिरता र सुरक्षाको ग्यारेन्टी दिनुपर्ने जिम्मेवारी बोकेको सरकारले उल्टै जनताकै जीवन संकटमा पार्ने अवस्था सिर्जना गरेको छ। आज देशभर जेन जी आन्दोलनको आगो भडकिरहेको छ। आन्दोलन शान्तिपूर्ण हुनुपर्ने हो तर असन्तुष्ट जनताले सडक तताउँदा सरकारले अपनाएको कठोर कदम र बल प्रयोगका कारण २० जनाले ज्यान गुमाइसकेका छन्। यस्तो बेला जनताको पीडा बुझ्ने, वार्ता र संवादमार्फत समस्या समाधान गर्नुको सट्टा सत्ता टिकाइराख्ने खेल चलिरहेको देखिन्छ। नैतिकताको कुरा…

जेन जीको आन्दोलनका क्रममा ज्यान गुमाउनेको संख्या २०पुग्यो

धादिङ,२३–भदौ देशभरको जेन जीको आन्दोलनका क्रममा ज्यान गुमाउनेको संख्या २० पुगेको छ ।   काठमाडौंमा १८ जना तथा इटहरीमा दुईसहित २० जनाको ज्यान गएको हो । दुई सय ५६ जना घाइते भएका छन् । घाइतेमध्ये २२ जनाको अवस्था गम्भीर छ ।   जेन जीको प्रदर्शनका क्रममा प्रहरीको गोली लागि ज्यान गुमाएकामध्ये तीन जनाको परिचय खुलेको छ ।   जसमा ग्लोबल कलेजमा अध्ययनरत १९ वर्षका श्रीथाम चौलागाइ, बाँकेका २१ वर्षीय सुलभराज श्रेष्ठ तथा कीर्तिपुर निवासी ४२ वर्षका बुद्धि तामाङ रहेको प्रहरीले जनाएको छ ।   जेनजी प्रदर्शनका काठमाडौंका विभिन्न अस्पतालमा उपचाररतमध्ये…

वाइसियल नेपाल बेनिघाट रोराङ गाउँपालिकाद्वारा बृक्षरोपण कार्यक्रम सम्पन्न

धादिङ, ८ –भदौ, योङ्ग कम्युनिस्ट लिग (वाइसियल) नेपाल बेनिघाट रोराङ गाउँपालिकाको आयोजनामा बृक्षरोपण कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम गाउँपालिकाको वडा नम्बर ३ मलेखु ताल्ति सडक खण्डमा सयौँ बिरुवा रोपिएको वाइसियल बेनिघाटले जनाएको छ। कार्यक्रमको उद्देश्य वातावरण संरक्षण, हरित क्षेत्र विस्तार र जलवायु परिवर्तनको असर न्यूनिकरण गर्ने रहेको वाइसियल बेनिघाट रोराङ गाउँपालिकाका अध्यक्ष राम सरण बरामले बताए। उनले यस्तो अभियानले गाउँपालिकालाई हराभरा बनाउन ठूलो योगदान पुर्याउने विश्वास व्यक्त गरे। साथै वाइसियल नेपालका जिल्ला इन्चार्ज सन्तोष अधिकारिले वाइसियल नेपाल जनताको भएको र जनताको हितको लागि सदैव लागि पर्ने समेत बताए । बेनिघाट…

धादिङमा दलित माथि जातीय विभेद, उजुरी प्रहरीमा

धादिङ, ३-भदौ, धादिङ निलकण्ठ नगरपालिका–१० ढोडेनी ज्यामरुङमा दलित समुदायका युवक माथि जातीय भेदभाव र कुटपिट गरिएको घटना सार्वजनिक भएको छ। निलकण्ठ–१० ढोडेनि ज्यामरुङका २६ वर्षीय रामबहादुर विसुन्केले जिल्ला प्रहरी कार्यालय धादिङमा जातीय छुवाछूत तथा कुटपिट गरेको उल्लेख गरि प्रहरीमा जाहेरि दिएका छन र हामी सङ्ग कुरा गर्दा आफैंले भोट हालेर निर्वाचित जनप्रतिनिधि भएर संरक्षक हुनु पर्नेमा उल्टै जातीय भेदभावका हिंसा गरिनु , शान्ति शुरक्षा एवं न्यायका लागि प्रहरी संरक्षणमा आउनु परेको पिडित राम बहादुर बताउँछन् । विसुन्केले दिएको जाहेरी अनुसार २०८२ साल साउन १९ गते दिउँसो करिब १२:३० बजे खेतमा…

श्रीकृष्ण जन्माष्टमी पर्व श्रद्धा र भक्तिपूर्वक मनाइँदै

धादिङ, ३१–साउन, आज देशभर श्रीकृष्ण जन्माष्टमी पर्व श्रद्धा, विश्वास र भक्तिपूर्वक मनाइँदै छ । प्रत्येक वर्ष भाद्र कृष्ण अष्टमीका दिन भगवान् विष्णुको आठौँ अवतार श्रीकृष्णको जन्मोत्सवका रूपमा यो पर्व मनाइने परम्परा छ । भक्तजनहरूले उपवास बस्ने, मध्यरातमा पूजा–आराधना गर्ने, श्रीकृष्णको लीला सम्झेर भजन–कीर्तन गर्ने परम्परा रहेको छ । विशेष गरी मन्दिरहरूमा झाँकी, नाटक र धार्मिक कार्यक्रमहरू आयोजना भइरहेका छन् । पुराणका अनुसार द्वापर युगमा भगवान् विष्णु दुष्ट शक्ति कंसको अत्याचार अन्त्य गर्न श्रीकृष्णका रूपमा अवतरित भएका थिए । महाभारतकलामा अर्जुनलाई सुनाइएको भगवद्गीतामा श्रीकृष्णले “कर्म नै धर्म हो” भन्ने सन्देश दिएका…