धादिङ, २२– असोज आइसीसी टी–२० विश्वकप एसिया र इस्ट एसिया प्यासिफिक छनोटअन्तर्गत आफ्नो महत्वपूर्ण खेलमा नेपालले कुवेतविरुद्ध टस हारेर पहिले ब्याटिङको निम्तो पाएको छ। ओमानको अल अमेरतस्थित ओमान क्रिकेट एकेडेमीको मैदानमा आज भएको टसमा कुवेतका कप्तानले टस जितेर फिल्डिङ गर्ने निर्णय गरेका हुन्। यो निर्णयसँगै नेपालले अब केही बेरमा ब्याटिङ सुरु गर्नेछ। विश्वकपमा स्थान बनाउने लक्ष्यका साथ छनोट प्रतियोगिता खेलिरहेको नेपालका लागि आजको खेल निकै महत्वपूर्ण मानिएको छ। नेपाली टोली बलियो ब्याटिङ प्रदर्शन गर्दै कुवेतसामु चुनौतीपूर्ण लक्ष्य प्रस्तुत गर्ने दाउमा छ। खेल केही बेरमा सुरु हुँदैछ।
Category: Trends
बालेन शाहः पतन भएको फरिश्ता कि चेतना फैलाउने “प्रकाश”
डा. निकोलस भुसालले काठमाडौँका मेयर बालेन शाहलाई “लुसिफर” भनेपछि सामाजिक सञ्जाल र राजनीतिक वृत्तमा यो प्रश्न अल्झिएको छ । बाइबलको अनुसार लुसिफर पतन भएको फरिश्ता हो, तर लाटिनमा यसको अर्थ फेरि “प्रकाश ल्याउने” पनि हुन्छ । डा। भुसालका अनुसार, बालेन सहर व्यवस्थापनमा कठोर, नियम तोड्ने र परम्परागत राजनीतिक प्रणालीसँग जुध्ने शैलीका पात्र हुन् — उनी “पतन भएको फरिश्ता” जस्तो देखिन्छन् । तर समर्थकहरू भने बालेन भ्रष्ट राजनीतिक अन्धकार तोड्ने, सत्य बोल्ने र जनचेतना फैलाउने “प्रकाश” हुन् भनेर विश्वास गर्छन् । यो टिप्पणी केवल व्यक्तिगत आलोचना मात्र होइनस यो नेपालको नयाँ…
धादिङको त्रिपुरा सुन्दरीमा छोराद्वारा आमाको हत्या
धादिङ, २०– असोजधादिङको त्रिपुरासुन्दरी गाउँपालिका–५, थापाकठेरीमा गएराति एक जनाले आफ्नै आमाको हत्या गरेका छन्। ३० वर्षीय यमबहादुर कँडेलले धारिलो हतियार प्रयोग गरी ६३ वर्षीया आमा राममाया कँडेलको निर्मम हत्या गरेका हुन्। घटनास्थलमै पुगेका प्रहरीका अनुसार यमबहादुरले आमामाथि धारिलो हतियार प्रहार गरी शरीर टुक्रा हुनेगरी हत्या गरेका थिए। हत्या पछि घटनास्थलमै उपस्थित प्रहरी टोलीले उनलाई आत्मसमर्पण गर्न आग्रह गरेको र उनले आफ्नै हातमा रहेको हतियार भुइँमा राखेर आत्मसमर्पण गरेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ। घटनापछि सल्यानकोट प्रहरी चौकीबाट खटिएको टोलीले उनलाई पक्राउ गरी आइतबार राति नै जिल्ला प्रहरी कार्यालय धादिङ…
किन खनिए सन्दीप कान्तिपुर TV HD माथि
काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टिमका स्टार लेग स्पिनर सन्दीप लामिछानेले कान्तिपुर टिभी एचडीमाथि सामाजिक सञ्जालमार्फत आलोचना गरेका छन्। उनका अनुसार, युनिटी कपको पहिलो टी-२० खेलको समाचारमा स्रोत पुष्टि नगरी हावाको भरमा रिपोर्टिङ गरिएको थियो। समाचारमा भनिएको थियो कि सन्दीपले राष्ट्रिय टिमको मुख्य प्रायोजक नासा सेक्युरिटीको जर्सी लगाउन अस्वीकार गरेका हुन्। तर, सन्दीपले यो व्यक्तिगत मामला भएको र अष्ट्रेलियाको सिरिजमा पनि त्यही लोगो भएको जर्सी लगाइसकेको बताएका छन्। सन्दीपले सञ्चारमाध्यमलाई सम्मान गर्ने तर भविष्यमा यस्ता अपुष्ट समाचार नदोहोर्याउन आग्रह गरेका छन्। उक्त विवादका बावजुद नेपालले वेस्ट इन्डिजलाई १९ रनले हराउँदै…
केपी ओली र रमेश लेखक सँगै तत्कालीन गृहसचिव गोकर्णमणि दुवाडी लाई विदेश जान रोक।
धादिङ, १२–असोज निवर्तमान प्रधानमन्त्री केपी ओली तथा निवर्तमान गृहमन्त्री रमेश लेखकसहित पाँचजनालाई जाँचबुझ आयोगले विदेश जान रोक लगाउने निर्णय गरेको छ। २३ र २४ भदौमा भएको घटनाको सम्बन्धमा छानबिन गर्न गठित जाँचबुझ आयोगले यस्तो निर्णय गरेको हो। बयानमा जुनसुकै वेला बोलाउन सक्ने भएकाले पूर्वस्वीकृतीविना उपत्यका छाड्नसमेत नदिने निर्णय भएको आयोगका सदस्य विज्ञानराज शर्माद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। साथै, तत्कालीन गृहसचिव गोकर्णमणि दुवाडी, तत्कालीन गुप्तचर प्रमुख हुतराज थापा, काठमाडौंका तत्कालीन सिडिओ छवि रिजालको हकमा पनि यस्तै निर्णय भएको छ। २३ गतेको दमनमा संलग्नताको आधारमा उनीहरू छानबिनमा तानिएका हुन्।
नेपालद्वारा वेस्ट इन्डिज सामु १४९ रनको लक्ष्य प्रस्तुत
धादिङ,११–असोज नेपालले वेस्ट इन्डिजलाई १४९ रनको लक्ष्य प्रस्तुत गरेको छ। युनिटी कपअन्तर्ग युएईको शारजाह क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १४८ रन बनाएको हो। नेपालका लागि कप्तान कप्तान रोहित पौडेलले सर्वाधिक ३८ रन बनाए। उनले ३५ बलमा ३ चौका र १ छक्का प्रहार गरे। कुशल भुर्तेलले ६ र आसिफ शेखले ३ रन बनाउँदै पेभेलियन फर्किएका हुन्। त्यसअघि नेपालले पावरप्लेमा २ विकेट गुमाउँदै ३४ रन बनाएको थियो। १० ओभर सकिँदा नेपालले २ विकेटको क्षतीमा ६८ रनको स्थितीमा थियो । ओपनरद्वय कुशल भुर्तेल र…
जेन्जीको आन्दोलन र शून्य उपलब्धि
नेपालको राजनीतिक तथा सामाजिक परिदृश्यमा पछिल्लो समय जेन्जी पुस्ताले गरेको आन्दोलन विशेष चासोको विषय बनेको छ। निराशा, असन्तोष र भविष्यप्रतिको आशङ्का बोकेर सडकमा उत्रिएका युवा पुस्ताले आफ्ना मागहरू बलिदानी सहित पेस गरे पनि परिणाम भने खासै प्राप्त भएको देखिँदैन। युवाहरूको आन्दोलनको पृष्ठभूमि हेर्दा, उनीहरूले रोजगारीको कमी, भ्रष्टाचार, शिक्षा तथा स्वास्थ्य सेवामा असमानता, र राज्यप्रतिको सर्वसाधारणको विश्वास सङ्कटलाई मुख्य मुद्दा बनाए। प्रधानमन्त्रीले राजीनामा दिएपछि नयाँ सरकार गठनमा होमिएको जेन्जीको माग थियो प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र संसद् मन्त्री बन्न नपाउने नियमको व्यवस्था । तर यी माग अब सायद पुरा नहुने पक्का भएको…
महावीर पुनले ह्वाट्सएप च्यानल मार्फत सल्लाह लिने
धादिङ,०९–असोज शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले ह्वाट्सएप च्यानल सञ्चालनमा ल्याएका छन् । बिहीबारदेखि सुरु गरिएको यो च्यानलमार्फत मन्त्री पुनले जनताबाट सल्लाह र सुझाव संकलन गर्ने उद्देश्य राखेका छन् । जेनजी आन्दोलनपछि गठन भएको अन्तरिम सरकारमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीको जिम्मेवारी पाएका पुनले निरन्तर नयाँ पहल गर्दै आएका छन् । उनको इच्छाअनुसार केशरमहलस्थित मन्त्रालय परिसरमै बस्ने व्यवस्था समेत मिलाइएको छ ।
यो सरकार निर्वाचनको लागि हो, संविधान संशोधन नयाँ बन्ने सरकारले गर्छ– प्रधानमन्त्री कार्की
धादिङ,०९–असोज प्रधानमन्त्री सुशीला कार्कीले जेन–जी आन्दोलनका क्रममा संविधान संशोधनको माग उठेको कुरातर्फ संकेत गर्दै उक्त एजेन्डा आगामी २१ फागुनमा हुने नयाँ निर्वाचनपछि हुने स्पष्ट पारेकी छन् । राष्ट्रको नाममा बिहीबार पहिलो सम्बोधन गर्दै उनले अहिलेको अन्तरिम सरकारलाई ६ महिनाभित्र निर्वाचन गर्ने म्यान्डेड प्राप्त भएको भन्दै निर्वाचनपछि संविधान संशोधन सोही सरकारले गर्ने दाबी गरिन् । उनले अहिले प्रतिनिधिसभाको निर्वाचन हुने अनि उक्त निर्वाचनपछि बन्ने सरकारले प्रत्यक्ष कार्यकारीको लागि संविधान संशोधन गर्न सक्ने बताएकी हुन् ।
जेन-जी आन्दोलनका क्रममा नेपाल टेलिकमको रिचार्ज कार्डहरू चोरी
नेपाल टेलिकमले जेन-जी आन्दोलनका क्रममा आफ्नो पोखरास्थित कार्यालयमा भएको आगजनी र तोडफोड हुँदा ठूलो संख्यामा रिचार्ज कार्डहरू चोरी भएको जनाएको छ। एक सार्वजनिक सूचना जारी गर्दै टेलिकमले चोरी भएका कार्डहरूको सिरियल नम्बर समेत सार्वजनिक गरेको छ। टेलिकमले ती कार्डहरू कतै भेटिएमा प्रयोग नगर्न तथा खरिद-बिक्रीमा संलग्न नहुन आम सर्वसाधारणलाई सचेत गराएको छ। टेलिकमका अनुसार गत भदौ २४ गते पोखराको महेन्द्रपुलस्थित टेलिकमको प्रादेशिक निर्देशनालयमा भएको आक्रमणमा रु. १०० दरका ६०,००० भन्दा बढी र ५०० दरका २०० थान रिचार्ज कार्डहरू लुटपाट भएको हो। टेलिकमले तोकिएका सिरियल नम्बरका कार्डहरू फेला पार्ने जोहीलाई नजिकको टेलिकम…
