धादिङ, ३-भदौ,
धादिङ निलकण्ठ नगरपालिका–१० ढोडेनी ज्यामरुङमा दलित समुदायका युवक माथि जातीय भेदभाव र कुटपिट गरिएको घटना सार्वजनिक भएको छ।
निलकण्ठ–१० ढोडेनि ज्यामरुङका २६ वर्षीय रामबहादुर विसुन्केले जिल्ला प्रहरी कार्यालय धादिङमा जातीय छुवाछूत तथा कुटपिट गरेको उल्लेख गरि प्रहरीमा जाहेरि दिएका छन र हामी सङ्ग कुरा गर्दा आफैंले भोट हालेर निर्वाचित जनप्रतिनिधि भएर संरक्षक हुनु पर्नेमा उल्टै जातीय भेदभावका हिंसा गरिनु , शान्ति शुरक्षा एवं न्यायका लागि प्रहरी संरक्षणमा आउनु परेको पिडित राम बहादुर बताउँछन् ।
विसुन्केले दिएको जाहेरी अनुसार २०८२ साल साउन १९ गते दिउँसो करिब १२:३० बजे खेतमा रोपाइँ गर्दै गर्दा पानी प्रयोग गर्ने विषयमा विवाद भएको थियो। सोही क्रममा पाठकले ‘ओइ सार्की, चमारे’सिनो खाने जात काले साला खाते भन्दै जातीय अपशब्द प्रयोग गरी पाइप खोसेर फ्याँक्नुका साथै उनलाई लछारपछार गरी प्राणघातक धम्की दिएको र रिसले चुर भैइ पाठक घरमा गैइ धारिलो हतियार खुडा बोकेर आइ मार्छु आज भनी झम्टिदै आउदा पाठकका जीवन सङिनिले हतियार खोसेको र उनले खुडा हुर्याएको पाठकको श्रीमतिले खुडा लुकाउदै घरलगेको भिडियो समेत प्रहरी कार्यालयलाइ पिडितले बुझाएका छन।
घटनापछि विसुन्के भागेर जिल्ला प्रहरी कार्यालय धादिङ आइ ठाडो निवेदन दर्ता गराएको र प्रहरिले पाठकलाई फोन गरि बोलाउदा मेरो केही काम छैनर त्याहा आउनलाइ भनेर जबाफ दिए पछि पिडितले जाहेरी लेख्न पुगेका थिए। उनले जाहेरीमार्फत “जातीय भेदभाव तथा छुवाछुत (कसुर र सजाय) ऐन २०६८” विपरीत कार्य भएको भन्दै कानुनबमोजिम कारबाही गर्न माग गरेका छन्।
आरोपित हिमप्रसाद पाठक निलकण्ठ–१० ढोडिनी निवासी र वडा सदस्य समेत रहेका जनप्रतिनिधि भएको जाहेरीमा उल्लेख छ। प्रहरीले उक्त जाहेरी बुझी सत्यतथ्य छानबिन गर्ने र सत्यको जित सुनिश्चित गर्ने न्यायको रक्षा गर्दै महिला ,दलित,बालबालिकाको केसमा प्रहरी र कानुन निर्मम रहने भन्दै दोसि देखिएमा पद पावर र अनुहार नहेर्ने प्रतिबद्धता व्यक्त गर्दै आवश्यक अनुसन्धान थालिएको जनाएको छ।
