विद्युतीय धरापमा परेर एक महिलाको मृत्यु

धादिङ, चैत्र १३


गुल्मीको पल्लाटारमा बाँदर धपाउन राखेको विद्युतीय धरापमा परेर एक महिलाको मृत्यु भएको छ।

मुसिकोट नगरपालिका–७, पल्लाटार निवासी ६० वर्षीया चन्द्रकला कुमालको विद्युतीय पासोमा करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ।

जंगली जनावरबाट अन्नबाली जोगाउन आफ्नै बारीमा थापेको विद्युतको तारबाट करेन्ट लागेर कुमाल गम्भीर घाइते भएकी थिइन्।

उनको उपचारको क्रममा अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ। घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

Related posts

Leave a Comment