फेरि हार्‍यो हैदरावाद

धादिङ, चैत्र-१७ ईन्डियन प्रिमियर लिग (आईपीएल)मा आफ्नो तेस्रो खेलमा सन राईजर्स हैदरावादले दोस्रो हार बेहोरेको छ ।  भिषाखापटनममा आइतबार सनराइजर्स हैदरावादलाई ७ विकेटले पराजित गर्दै देल्ली ४ अंकमा तालिकाको दोस्रो स्थानमा उक्लिएको हो । आफ्नो पहिलो खेलमा देल्लीले लखनउ सुपर जाइन्ट्लाई एक विकेटले हराएको थियो । रोएल च्यालेन्जर्स बेंगलुरुसँग समान चार अंक भएपनि रनरेटमा पछि पर्दै देल्ली दोस्रो स्थानमा रहेको हो । तीन खेलमा २ अंकमात्र भएको हैदरावाद भने सातौं स्थानमा छ ।   हैदरावादले दिएको १६४ रनको लक्ष्य देल्लीले १६ ओभरमा ३ विकेट गुमाएर पूरा गर्‍यो । उसको जितमा…

एमालेले किन जरिवाना नतिरेको : शाह

बालेन शाहले विष्णु रिमाललाई एमालेले किन जरिवाना नतिरेको भनेर प्रश्न गर्नुभएको छ ।शनिवार काठमाण्डौँ महानगरपालिकाले पुर्वराजा ज्ञानेन्द्र शाहलाई जरिवाना गरिएको भन्दै पत्र पठाएपछि रिमालले पुर्व राजालाई जरिवाना गराउन गणतन्त्रमा मात्र सम्भब हुने भन्दै फेसबुकमा स्टाटस लेख्नु भएको थियो ।महानगरका मेयर शाहले रिमालको पोस्टमा कमेण्ट गर्दै एमालेले किन जरिवाना तिरेन भनेर प्रश्न गर्नुभएको हो । शाहले कमेण्टमा एस्तोे लेख्नुभएको छ, ‘अरू सबै ठीक छ, म चाही सामान्य मान्छे नै हो। मेरो बाउबाजे राजा हो। परिवारको बारेमा बढी नबोल्नु होला, अनि तपाईँहरूले चाही किन नतिरेको पैसा?’

शाहलाई जरिवाना तिराउन पत्र काट्ने काम गणतन्त्रमा मात्र सम्भव रहेको छ : रिमाल

नेकपा (एमाले) का उपमहासचिव विष्णु रिमालले पूर्वराजा ज्ञानेन्द्र शाहलाई जरिवाना तिराउन पत्र काट्ने काम गणतन्त्रमा मात्र सम्भव रहेको बताउनु भएको छ।  शनिबार सामाजिक सञ्जालमा लेख्दै रिमालले काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साहको तारिफ गर्दै यस्तो बताउनु भएको हो। उहाँले पूर्वराजा ज्ञानेन्द्रलाई जरिवानाको पत्र काटेको प्रसंगलाई लिएर यस्तो शक्ति दिन सक्ने व्यवस्थाको नाम गणतन्त्र भएको जिकिर गर्नु भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख राजनीतिक सल्लाहकार समेत रहेका उहाँले लेख्नु भएको छ ‘गणतन्त्रमा मात्र यस्तो सम्भव छ! महोत्तरीको एउटा सामान्य गाउँले परिवारका बालेन्द्र साहले काठमाडौँका सम्भ्रान्त परिवारका सयौं वर्ष अधिनायकी शासन सञ्चालन गर्ने…

धादिङमा पत्रकार रजकको शोक सभा तथा विरोध प्रदर्शन सम्पन्न

चैत्र १६,धादिङ राजावादीको आन्दोलनमा पत्रकार सुरेश रजकको हत्याको विरोधमा धादिङका पत्रकारहरुले विरोध प्रद्धर्शन गरेका छन् । नेपाल पत्रकार महासंघ धादिङ शाखाको आयोजनामा चैत्र १५ गते राजावादीको आन्दोलनका क्रम जिउदै जलाएर हत्या गरिएको पत्रकार रजकको शोक सभा तथा विरोध प्रदर्शन सम्पन्न भएको हो । पत्रकार सुरेश रजकको हत्या तथा संचारमाध्यममा भएको आक्रमण र तोडफोडका विरुद्ध विरोध सभाका आयोजना गरीएको नेपाल पत्रकार महासंघ धादिङ शाखाका अध्यक्ष सीताराम अधिकारीले जानकारी दिनुभयो । नेपाल पत्रकार महासंघ धादिङ शाखाका अध्यक्ष सीताराम अधिकारीले पत्रकार सुरेश रजकको हत्यामा संलग्नलाई कारबाही र सञ्चार माध्यम प्रतिको आक्रमणको निन्दा गर्दै…

राष्ट्रिय क्रिकेट टोलीको प्रमुख प्रशिक्षकमा अष्ट्रेलियान स्टुअर्ट ल

धादिङ, चैत्र-१५ नेपालको राष्ट्रिय क्रिकेट टोलीको प्रमुख प्रशिक्षकमा अष्ट्रेलियाका पूर्व क्रिकेटर स्टुअर्ट ल नियुक्त हुनुभएको छ। नेपाल क्रिकेट संघ (क्यान)ले स्टुअर्टलाई दुई वर्षका लागि प्रमुख प्रशिक्षकमा नियुक्त गरेको हो। क्यानले शुक्रबार विज्ञप्ति जारी गरेर स्टुअर्ट दुई वर्षका लागि प्रमुख प्रशिक्षकमा नियुक्त भएको जानकारी दिएको छ। मोन्टी देसाईको कार्यकाल सकिएपछि क्यानले प्रमुख प्रशिक्षकको लागि आवेदन आह्वान गरेको थियो। जसअनुसार सर्टलिस्ट गरेर क्यानले अन्तर्वार्तासमेत लिएको थियो। यसअघि उहाँले श्रीलंका, बंगलादेश र वेस्ट इन्डिजका लागि प्रशिक्षण दिईसक्नुभएको छ।

१५२ एस.इ.ई विद्यार्थीलाई काठमाडौं महानगरपालिकाले गन्तव्यसम्म पुर्‍यायो

धादिङ,चैत्र-१५ राजधानी काठमाडौंमा प्रदर्शनका कारण शुक्रबार बिहान माध्यमिक शिक्षा परीक्षा (एसइई) केन्द्रबाट फर्कन समस्यामा परेका शिक्षकसहित १५२ विद्यार्थीलाई काठमाडौं महानगरपालिकाले गन्तव्यसम्म पुर्‍याएको छ। परीक्षा दिएर घर फर्कन सवारीसाधन अभाव भएमा खबर गर्न महानगरपालिकाले सार्वजनिक आह्वान गरेको थियो। त्यसअनुसार महानगर प्रहरी बलले चारवटा क्षेत्र (बानेश्वर, रत्नपार्क, नयाँ बसपार्क र टेकु)मार्फत विद्यार्थी तथा शिक्षकलाई सुरक्षित रूपमा गन्तव्यसम्म पुर्‍याएको महानगरले जनाएको छ। काठमाडौंमा गणतन्त्रवादी र राजावादी समूहबिच प्रदर्शनका कारण शुक्रबार बिहानैदेखि सवारी आवागमनमा समस्या देखिएको थियो। त्यही कारण कतिपय विद्यार्थी परीक्षापछि घर फर्कन नसक्ने अवस्थामा पुगेका थिए।

काठमाडौंमा कर्फ्यु आदेश जारी

धादिङ,चैत्र-१५ राजावादीको आन्दोलन हिंस्रक बनेपछि काठमाडौं जिल्ला प्रशासन कार्यालय कर्फ्यु आदेश जारी गरेको छ । अहिले ४ बजेर २५ मिनेटमा जारी भएको कर्फ्यु राति १० बजेसम्म लागू हुनेछ ।  सीडीओ ऋतिराम तिवारीले पुरानो बानेश्वरदेखि नयाँ बानेश्वर, शंखमूल, गौशाला, कोटेश्वर, जडीबुटी चोकसम्मका लागि कर्फ्यु आदेश जारी गरेका हुन् ।

दुर्गा प्रसाईं सम्पर्कविहीन

धादिङ,चैत्र-१५ दुर्गा प्रसाईं सम्पर्कविहीन भएका छन्। उनलाई पक्राउ गर्न भक्तपुरस्थित घरमा खोजी गर्दा प्रहरीले फेला पार्न सकेन। उपत्यका प्रहरी कार्यालय र जिल्ला प्रहरी परिसर काठमाडौंको टोली उनको खोजीमा जुटिरहेको छ। प्रहरी अधिकारीहरूका अनुसार प्रसाईंको खोजी तीव्र बनाइएको छ। उनको नेतृत्वमा प्रदर्शनमा उत्रिएका राजावादी प्रदर्शनकारीहरूले तीनकुनेमा अराजकता मच्चाएका थिए।

तीनकुनेको भवनमा लागेको आगोमा जलेर एभिन्युज टेलिभिजनका पत्रकारको मृत्यु

धादिङ,चैत्र-१५ तीनकुनेको भवनमा लागेको आगोमा जलेर एक जना पत्रकारको मृत्यु भएको छ । उक्तभवनको छतमा चढेर टेलिभिजनका लागि दृष्य खिचिरहनुभएका सुरेश रजकको मृत्यु भएको हो । तीनकुनेमा भएको प्रदर्शनमा प्रहरीसँग झडप भएपछि एक भवनमा आगजनी भएको थियो । सो घटनालगत्तै रजक सम्पर्कविहीन हुनुहुन्थ्यो । एभिन्युज टेलिभिजनका सम्पादक शिव दाहालले भन्नुभयो, ‘रिपोर्टिङमा गएको साथी सम्पर्कविहीन हुनुहुन्छ । अस्पतालतिर पनि भएको जानकारी छैन ।’ एभिन्युज टेलिभिजनका अर्का एक पत्रकारले सो घरभित्र आफ्नो साथी भएको जानकारी प्रहरीलाई दिँदादिँदै पनि उद्धार नभएको बताउनुभयो । अहिले घटनास्थलमा एभिन्युज टेलिभिजनका अध्यक्ष भाष्करराज राजकर्णिकार पुग्नुभएको छ ।

प्रहरीको गोली लागी घाईते भएका एकको मृत्यु

१५ चैत्र, धादिङकाठमांडौको तीनकुनेमा भएको राजावादीको प्रदर्शनका क्रममा प्रहरीको गोली लागी घाईते भएका एकको उपचारको क्रममा मृत्यु भएको छ ।घाईते अवस्थामा त्रिवि शिक्षण अस्पतालमा लगिएका प्रदर्शनकारीको अस्पताल पुर्याउँदा नै मृत्यु भइसकेको अस्पताल निर्देशक प्रा.डा. सुवास आचार्यले बताउनुभयो । प्रहरीको समन्व्यमा मृतकको शव पोस्टमार्टमको लागि फरेन्सिक विभागमा पठाईएको आचार्यले बताउनुभयो । हालसम्म मृतकको विस्तृत परिचय भने खुलिसकेको छैन । आन्दोलनमा प्रहरीले सुरुमा अश्रुग्याँस प्रहार गरेतापनि प्रदर्शनकारीहरुले प्रहरीको बन्दुक नै खोसेको र ढुङ्गामूढा सहित आक्रमण गरेकाले रबरको गोली र हवाई फायर समेत भएको थियो । प्रदर्शनकारीले कोटेश्वरस्थित जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी…