तीनकुनेमा राजावादीहरूको प्रदर्शनमा अवस्था तनावग्रस्त

१५ चैत्र, धादिङ

काठमाडौंको तीनकुनेमा जारी राजावादीहरूको प्रदर्शनमा अवस्था तनावग्रस्त बनेको छ ।

राजावादी समर्थकहरू र प्रहरीबीच झडपको अवस्था सिर्जना भएपछि सुरक्षाकर्मीले बल प्रयोग गर्नुपरेको छ।

दुर्गा प्रसाईं समर्थित एक गाडीले प्रहरीको घेरा तोडेर अघि बढ्न खोजेपछि स्थिति तनाबपूर्ण बनेको हो।

प्रहरीले स्थिति नियन्त्रणमा लिन ५ राउण्ड अश्रुग्यास प्रहार गर्नुका साथै लाठीचार्ज गरेको छ।

त्यहाँ समर्थकहरूले तीन व्यक्तिका घर पनि तोडफोड गरेका छन् ।

व्यक्तिका घरबाट प्रहरीले अश्रुग्यास प्रहार गरेको भन्दै उनीहरूले ढुंगा र इँटा हानेका हुन् । पहिलो घेरामा झडप भएपछि अहिले दोस्रो घेरा उच्च सतर्कतासहित कायम गरिएको छ।

Related posts

Leave a Comment