बँदेल मार्न थापेको धरापमा परेर गयो महिलाको ज्यान

धादिङ, चैत्र २२खेतमा आउने जंगली बँदेल मार्न थापेको विद्युतिय धरापमा परेर रौतहटमा एक महिलाको ज्यान गएको छ । रौतहटको वृन्दावन नगरपालिका १ बलेरी खोरमा महिलाको विद्युतिय धरापमा पर्दा ज्यान गएको हो । स्थानिय सुशील विश्वकर्माको मकै खेतमा जंगली बँदेल मार्नका लागी नाँगो तार तानेर करेन्ट प्रवाह गरी छोडेको अवस्थामा सोही खेतको बाटो हुदै आउने क्रममा ४५ वर्षिया फुलमतिया देवीको करेन्ट लागेर मृत्यु भएको थियो । बँदेल मार्न थापेको धरापमा महिला मृत अवश्थामा भेटेपछि सुशिल विश्वकर्मा र जितेन्द्र पटेलले महिलाको शवलाई घटनास्थलबाट ४ किलोमिटर उतर तर्फको रामलाल साझेदारी वनमा खाल्डो खनेर…

प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईं महानगरपालिकामा

धादिङ, चैत्र-२१ काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंलाई बिहीबार महानगर पुग्नुभएको छ । गुरागाईं बिहीबार महानगरपालिकाको कार्यालयमापुग्नुभएको हो । उहाँ काममा फर्कने भएपछि महानगर प्रहरी तैनाथ गरिएको थियो। उहाँलाई नगर प्रहरीले गेटमै रोक्न खोजेको थियो । तर, कर्मचारीहरूले रोक्न नदिइ उहाँलाई कार्यालय प्रवेश गराएका छन् ।

गल्छी गाउँपालिकाको वडा नम्बर १ जिल्लाकै पहिलो बालमैत्री स्थानीय शासनयुक्त वडा

धादिङ, चैत्र २१धादिङ जिल्लाको गल्छी गाउँपालिका वडा नम्बर १ औपचारिक रूपमा पहिलो बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गरिएको छ। बुधबार विशेष समारोहको आयोजना गर्दै वडालाई बालमैत्री घोषणा गरिएको हो। बालमैत्री वडाको उद्घाटन समारोहमा जिल्ला समन्वय समिति प्रमुख नवराज अधिकारीले वडाको उपलब्धिलाई गौरवपूर्ण क्षण भन्दै अन्य वडाहरू र पालिकाहरूका लागि प्रेरणादायी उदाहरण भएको बताउनुभयो। उहाँले बालमैत्री वडा बन्नु समग्र विकासको सूचक भएको उल्लेख गर्नुभएको छ । यस्तै गाउँपालिका अध्यक्ष केदारनाथ खतिवडाले बालबालिकाको उज्ज्वल भविष्यका लागि गाउँपालिकाले दीर्घकालीन रणनीति तयार गरी बालमैत्री वडाहरू निर्माण गर्दै आएको जानकारी दिनुभएको छ। उहाँका अनुसार पालिकाले…

नेपाल रेडक्रस सोसाइटीले गर्यो अध्यक्ष नेपाल सहित अन्य ५ लाई निलम्बन

धादिङ, चैत्र २१ रेडक्रसको अन्तर्राष्ट्रिय संस्था आइएफआरसीले नेपाल रेडक्रस सोसाइटीका अध्यक्ष सुदर्शन प्रसाद नेपालसहित पाँच जनालाई निलम्बन गरेको छ। अध्यक्ष नेपाल र उपाध्यक्ष विशाल भण्डारीलाई पत्र लेखेर आइएफआरसीले निलम्बन गरेको जानकारी गराईएको छ। अध्यक्ष नेपाल सहित विनोद कुमार बस्नेत, मनोजकुमार थापा, भुपतिलाल श्रेष्ठ र नारायण तिमिल्सिनालाई निलम्बन गरेको हो। उहाँहरू माथी सामान्य सिद्धांत हरु परिपालना नगरेको ,संस्थाको आधारभूत मान्यतालाई कुल्चेको, राजनीतिक आडमा आर्थिक लाभ लिएको, प्रशनशनिक अराजकता निम्त्याएको सहित कारण देखाउँदै उहाँहरुलाई निलम्बन गरिएको हो ।

आजदेखि काठमाडौंको प्रदूषित हावामा सुधार

धादिङ, चैत्र २१ केही दिनदेखि अत्यधिक बढेको काठमाडौंको प्रदूषित हावा आजदेखि केही मात्रामा सुधार हुने अनुमान गरिएको छ । पछिल्ला केही दिन काठमाडौं लगातार संसारकै प्रदूषित सहर बनेको छ । बुधबार यहाँको प्रदूषित हावाले खतरनाकको तहनै पार गरेको थियो । आज बिहान पनि खतरनाकको तहभन्दा माथि नै छ । आईक्यूएयरको तथ्यांक अनुसार आज बिहान काठमाडौंको औसत एयर क्वालिटी इन्डेक्स रौंभन्दा तीन गुणा मसिना धुलो धुवाँका कण प्रतिघण्टा ३७० माइक्रोग्राम प्रतिघनमिटर मापन गरिएको छ । १५१ देखि २०० सम्मलाई अस्वस्थ, २०१ देखि ३०० सम्मलाई निकै अस्वस्थ र ३०१ भन्दा माथि मापन…

कार र ट्रक एक आपसमा ठोकिँदा पाँच जना घाइते

 पृथ्वी राजमार्ग अन्तर्गत धादिङको थाक्रे गाउँपालिका– १ खैरघारीमा कार र ट्रक एक आपसमा ठोकिँदा पाँच जना घाइते भएका छन् । काठमाडौबाट चितवनतर्फ जाँदै गरेको १३७७ नम्बरको कार र काठमाडौतर्फ जाँदै गरेको गरेको म.प्र.०३–००२ ख १७३३ नम्बरको ट्रक एक आपसमा ठोक्किदा पाँच जना घाइते भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरिक्षक सुवास हमालले जानकारी दिनुभयो।दुर्घटनामा परि घाइते भएका नवलपरासी देबचुली गाउँपालिका– ३ का ३६ वर्षिय प्रदिप न्यौपाने, १० वर्षिय प्रक्षेप न्यौपाने र पाल्पा गनासकाली गाउँपालिका–२ का २९ वर्षिय रामहरी गैरेलाई काठमाडौं रेफर गरिएको छ । काभ्रेपलाञ्चोक पनौति नगरपालिका– ८ का…

तीनकुने प्रदर्शनमा ज्यान गुमाएकाको परिवारलाई सरकारले १०-१० लाख दिने

धादिङ,चैत्र २०सरकारले गत चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको प्रदर्शनमा ज्यान गुमाएकाको परिवारलाई १०—१० लाख दिने निर्णय गरेको छ । गृहमन्त्रीस्तरीय बैठकले उक्त निर्णय गरेको उनको सचिवालयले जनाएको हो । उक्त दुर्घटनामा परेर कीर्तिपुरका २९ वर्षीय सविन महर्जन र एभिन्यूजका पत्रकार सुरेश रजकको निधन भएको थियो । उहाँहरु दुवैको पोस्टमार्टम भइसकेको छ । पोस्टमार्टम रिपोर्ट अनुसार रजकको शरिरमा कुनै गोली नभेटिएको चिकित्सकले बताएका छन् । महर्जनको भने शरिरमा एउटा गोली लागेको भेटिएको थियो । सविनको मंगलबार नै दाहसंस्कार गरिएको छ । रजकको आज दाहसंस्कार हुने बताइएको छ ।

प्रधानमन्त्री ओली र शिनावात्राबीच भेटवार्ता, राजासँग साँझमा भेट्दै

धादिङ, चैत्र २०प्रधानमन्त्री केपी शर्मा ओली र थाइल्यान्डका प्रधानमन्त्री पे थोङ् थान् शिनावात्राबीच भेटवार्ता भएको छ । थाइल्याण्डको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री ओली र समकक्षी शिनावात्राबीविच भेटवार्ता भएको हो । प्रधानमन्त्री ओलीले केहि दिन अगाडि थाइल्याण्डमा गएको ७.७ म्याग्निच्युडको भूकम्पले भएको क्षतिप्रति दुःख व्यक्त गर्नुभएको छ । भेटवार्तामा प्रधानमन्त्री ओलीसँगै परराष्ट्रमन्त्री डा.आरजु राणा देउवा, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, आर्थिक विकास सल्लाहकार डा.युवराज खतिवडा, मुख्यसचिव एकनारायण अर्याल, परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईलगायत सहभागी छन् । थाइल्यान्डको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले आज साँझ त्यहाँका राजा महा वजिरालोङ्कोर्नसँग पनि…

न्यू किबो बोर्डिङ स्कूलमा दीक्षान्त समारोह तथा एसईई विदाई कार्यक्रम सम्पन्न

धादिङ चैत्र १९ धादिङको नीलकण्ठ नगरपालिका वडा नं ३ मा रहेको न्यू किबो बोर्डिङ स्कूलमा दीक्षान्त समारोह तथा एसईई विदाई कार्यक्रम सम्पन्न भएको छ । मंगलबार विद्यालयले एक कार्यक्रम गर्दै युकेजी मा अध्यनरत ९० जना विद्यार्थीहरुको दीक्षान्त समारोह सम्पन्न गर्नुका साथै शैक्षिक सत्र २०८१ का एसईई दिएका बिद्यार्थीहरुलाई बिदाई गरीएको हो । विद्यालयको प्रधानाध्यापक प्रयास रेग्मीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा नीलकण्ठ नगरपालीकाका नगर प्रवक्ता एवम् वडा नं ८ का वडा अध्यक्ष प्रकाश कुमार श्रेष्ठको प्रमुख आतिथ्यता रहेको थियो । साथै कार्यक्रममा काशीनाथ कोईराला, सिताराम महत, देवी कोईराला, अनुप भट्ट, मिलन…

नेपाल पत्रकार महासंघ धादिङले नेपाल सरकारलाई प्र.जि.अ. मार्फत बुझायो ध्यानाकर्षण पत्र

चैत्र १९, धादिङ नेपाल पत्रकार महासंघ धादिङले पत्रकार हत्या तथा मिडिया आक्रमण विरुद्ध नेपाल सरकारलाई ध्यानाकर्षण पत्र बुझाएको छ । चैत्र १५ गते विभिन्न मिडिया हाउस तोडफोड,आगजनी तथा मिडियाकर्मी कुटपिटको सन्दर्भमा जिल्ला प्रशासन कार्यालय धादिङ मार्फत नेपाल सरकारलाई ध्यानाकर्षण पत्र दिइएको हो । काठमाडौं स्थित तिनकुनेमा एक पत्रकार सहित दुईजनाको ज्यान जाने गरि घटेको घटना तथा सोहि दिन विभिन्न मिडिया हाउस तोडफोड,आगजनी तथा मिडियाकर्मी कुटपिटको सन्दर्भमा जिल्ला प्रशासन कार्यालय धादिङ मार्फत नेपाल सरकारलाई ध्यानाकर्षण पत्र दिइएको हो । नेपाल पत्रकार महासंघ धादिङका अध्यक्ष सिताराम अधिकारीको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय पुगेको…