न्यू किबो बोर्डिङ स्कूलमा दीक्षान्त समारोह तथा एसईई विदाई कार्यक्रम सम्पन्न

धादिङ चैत्र १९

धादिङको नीलकण्ठ नगरपालिका वडा नं ३ मा रहेको न्यू किबो बोर्डिङ स्कूलमा दीक्षान्त समारोह तथा एसईई विदाई कार्यक्रम सम्पन्न भएको छ ।

मंगलबार विद्यालयले एक कार्यक्रम गर्दै युकेजी मा अध्यनरत ९० जना विद्यार्थीहरुको दीक्षान्त समारोह सम्पन्न गर्नुका साथै शैक्षिक सत्र २०८१ का एसईई दिएका बिद्यार्थीहरुलाई बिदाई गरीएको हो ।

तस्बिरः गणेश संवाददाता

विद्यालयको प्रधानाध्यापक प्रयास रेग्मीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा नीलकण्ठ नगरपालीकाका नगर प्रवक्ता एवम् वडा नं ८ का वडा अध्यक्ष प्रकाश कुमार श्रेष्ठको प्रमुख आतिथ्यता रहेको थियो ।

साथै कार्यक्रममा काशीनाथ कोईराला, सिताराम महत, देवी कोईराला, अनुप भट्ट, मिलन गुभाजु, मुक्ती लोहनी लगायत शिक्षक,विद्यार्थी, पत्रकार तथा अभिभावकहरुको आतिथ्यता रहेको थियो ।

कार्यक्रममा एसईई दिएर बसेका विद्यार्थीहरुले आफुभन्दा स साना भाईबहिनी हरुलाई आफ्नो अनुभव सुनाउनुका साथै विद्यालबाट बिदाई हुँदा दुःख व्यक्त गरेका थिए भने कक्षा ९ मा अध्यनरत विद्यार्थीहरुले आफ्नो अग्रजहरुको उज्वल भविष्यको कामना गर्दै शुभकामना व्यक्त गरेका थिए ।

Related posts

Leave a Comment