आजदेखि काठमाडौंको प्रदूषित हावामा सुधार

धादिङ, चैत्र २१

केही दिनदेखि अत्यधिक बढेको काठमाडौंको प्रदूषित हावा आजदेखि केही मात्रामा सुधार हुने अनुमान गरिएको छ ।

पछिल्ला केही दिन काठमाडौं लगातार संसारकै प्रदूषित सहर बनेको छ । बुधबार यहाँको प्रदूषित हावाले खतरनाकको तहनै पार गरेको थियो ।

आज बिहान पनि खतरनाकको तहभन्दा माथि नै छ । आईक्यूएयरको तथ्यांक अनुसार आज बिहान काठमाडौंको औसत एयर क्वालिटी इन्डेक्स रौंभन्दा तीन गुणा मसिना धुलो धुवाँका कण प्रतिघण्टा ३७० माइक्रोग्राम प्रतिघनमिटर मापन गरिएको छ ।

१५१ देखि २०० सम्मलाई अस्वस्थ, २०१ देखि ३०० सम्मलाई निकै अस्वस्थ र ३०१ भन्दा माथि मापन भए खतरनाक तह पुगेको मानिन्छ ।

Related posts

Leave a Comment