पृथ्वी राजमार्ग अन्तर्गत धादिङको थाक्रे गाउँपालिका– १ खैरघारीमा कार र ट्रक एक आपसमा ठोकिँदा पाँच जना घाइते भएका छन् ।
काठमाडौबाट चितवनतर्फ जाँदै गरेको १३७७ नम्बरको कार र काठमाडौतर्फ जाँदै गरेको गरेको म.प्र.०३–००२ ख १७३३ नम्बरको ट्रक एक आपसमा ठोक्किदा पाँच जना घाइते भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरिक्षक सुवास हमालले जानकारी दिनुभयो।
दुर्घटनामा परि घाइते भएका नवलपरासी देबचुली गाउँपालिका– ३ का ३६ वर्षिय प्रदिप न्यौपाने, १० वर्षिय प्रक्षेप न्यौपाने र पाल्पा गनासकाली गाउँपालिका–२ का २९ वर्षिय रामहरी गैरेलाई काठमाडौं रेफर गरिएको छ ।
काभ्रेपलाञ्चोक पनौति नगरपालिका– ८ का २७ वर्षिय सुवोद बञ्जारा र कञ्चनपुर पुनर्वास नगरपालिका– ८ का ३३ वर्षिय मुनि राज उपाध्यायको सिम्ले स्थित राजु मेडिकलमा उपचार भइरहेको छ ।
ओभार स्पिडका कारण दुर्घटना भएको हुन सक्ने अनुमान गरिएको प्रहरी नायव उपरिक्षक हमालले बताउनु भयो। अनुसन्धानकै क्रममा रहेको छ । दुवै सवारी र चालकहरु प्रहरीको नियन्त्रणमा रहेको उहाँले जानकारी दिनुभयो ।
