आज हल्कादेखि भारी वर्षाको सम्भावना, मनसुनको प्रभाव घट्दो

देशका केही स्थानमा आज हल्कादेखि भारी वर्षाको सम्भावना रहेको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कोसी, वाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणतया बदली रहनेछ । बाँकी प्रदेशमा आंशिक बदली रहनेछ ।

कोसी, वाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका केही स्थानहरूमा तथा देशका बाँकी भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

विभागले राति कोसी, मधेस र वाग्मती प्रदेशलगायत देशका पहाडी भूभागमा साधारणतया बदली रहने बताएको छ । बाँकी भूभागमा आंशिक बदली रहनेछ ।

कोसी, मधेस र वाग्मती प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

कोसी प्रदेशका पहाड र तराई साथै मधेस प्रदेशका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ । हाल देशभर मनसुनी वायुको प्रभाव कमजोर रहेको छ, जसका कारण धेरै स्थानमा वर्षा हुन सकेको छैन । तराईका कतिपय स्थान अझै पनि खडेरीमा छन् ।

मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको दक्षिणतर्फ अवस्थित रहेको विभागले जनाएको छ ।

Related posts

Leave a Comment