नेपाल शिक्षक महासङ्घले चौथो चरणको आन्दोलन घोषणा गरेको छ। यही चैत्र २० गतेदेखि काठमाडौंमा सडक आन्दोनल गरिरहेको महासङ्घले सोमबारदेखि शैक्षिक हडतालको घोषणा गरिएको महासङ्घ अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले जानकारी दिनुभयो। आन्दोलन अवधिभरि उत्तरपुस्तिका परीक्षण, नतिजा प्रकाशन, तालिम गोष्ठी, शैक्षिक भ्रमणजस्ता कुनै पनि कार्यमा सङ्लग्न नहुन उहाँले आग्रह गर्नुभएको छ । महासङ्घको अगुवाइमा विद्यालय शिक्षा विधेयक जारी गर्नुपर्ने माग राख्दै आन्दोलन भइरहेको छ। अध्यक्ष सुवेदीका अनुसार विगतमा भएका सहमतिअनुसार विधेयक जारी नभएसम्म आन्दोलन जारी रहने छ ।
Category: राजनीति
Politics
बदला लिने नियतले लामिछानेलाई रातारात बेडरूमबाट पक्राउ गरिएको होः स्वर्णिम वाग्ले
धादिङ, चैत्र २३राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति स्वर्णिम वाग्लेले सरकारले बदला लिने नियतले आफ्नो पार्टीका सभापति रवि लामिछानेलाई पक्राउ गरिएको बताउनुभएको छ । शनिबार चितवनबाट रास्वपाले शुभारम्भ गरेको जनयात्रालाई सम्बोधन गर्दै उपसभापति वाग्लेले सेखी झार्ने र बदला लिने नियतले नै रवि लामिछानेलाई रातारात बेडरूमबाट पक्राउ गरिएको बताउनुभएको हो । यसअघि हिरासतमा राख्दा पनि यस्तै गरिएको थियो। त्यसैलाई पुनरावृत्त गर्न खोजिएको छ, उहाँले भन्नुभयो । अदालतको आदेशपछि जानकारहरूसँग कुरा गर्दा उच्च अदालतले जिल्ला अदालतलाई जानकारी गराउने र त्यसपछि प्रहरी हुँदै प्रक्रियामा जान्छ भन्ने बुझेको उहाँले बताउनुभयो । त्यसो हुँदा सोमबारसम्म…
रास्वपा कार्यवाहक सभापतिको जिम्मेवारी डिपी अर्याललाई
राष्ट्रिय स्वतन्त्र पार्टीले कार्यवाहक सभापतिको जिम्मेवारी उपसभापति डिपी अर्याललाई दिएको छ। केन्द्रीय सचिवालयको बैठकले उक्त निर्णय गरेको हो। उच्च अदालत तुलसीपुर बुटवल इजलासले पार्टीका सभापति रवि लामिछानेलाई शुक्रबार साँझ पक्राउ आदेश गरेको थियो। सभापति लामिछाने पक्राउ भए लगत्तै पार्टीको सचिवालय बैठक बसेको थियो। बैठकले अदालत र अदालतको निर्णयको सदैव सम्मान गर्दै अदालत, संविधान र कानुनमा आधारित रही अर्को तह र ढोकामा न्यायको लागि अघि बढ्ने निर्णय गरेको छ। यस्तै, आज चैत्र २३ गते शनिबार अपराह्न २ बजे चितवनको भरतपुरमा आयोजना हुन लागेको सभालाई शान्त र सौम्य बनाउन पनि…
रास्वपाका सभापति रवि लामिछानेलाई थुनामा पठाउने आदेश
धादिङ , चैत्र २२उच्च अदालत तुलसीपुरको बुटवल इजलासले बुटवलको सुप्रिम सहकारी ठगी र संगठित अपराधसम्बन्धी कसुरमा रास्वपाका सभापति रवि लामिछानेलाई थुनामा पठाउने आदेश गरेको छ । उच्च अदालत तुलसीपुर, बुटवल इजलासको न्यायाधीशद्वय रमेश ढकाल र स्वीकृति पराजुलीको इजलासले लामिछानेलाई धरौटीमा छाड्ने जिल्ला अदालत रुपन्देहीको आदेश बदर गरेको हो । योसँगै गोरखा मिडिया नेटवर्कका तत्कालीन सञ्चालक छविलाल जोशीलाई थुनामा पठाउने जिल्ला अदालतको आदेश पनि उच्चले सदर गरेको छ ।
अब तिनकुने क्षत्रमा सभा, विरोध प्रदर्शन, धर्ना गर्न अनुमति नदिन सरकारलाई निर्देशन
धादिङ , चैत्र २२काठमाण्डौको तीनकुने आसपासका क्षेत्रमा कुनै पनि प्रकारका सभा, विरोध प्रदर्शन, धर्नालगायतका कार्यक्रम गर्न अनुमति नदिन संसदीय समितिले सरकारलाई निर्देशन दिएको छ । प्रतिनिधि सभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिले तीनकुने आसपासका क्षेत्रमा अब कुनै पनि प्रकारका सभा, विरोध प्रदर्शन, धर्नालगायतका कार्यक्रम गर्न अनुमति नदिन सरकारलाई निर्देशन दिएको हो । समितिका सभापति रामहरि खतिवडाले तीनकुनेमा गएको चैत्र १५ गतेको प्रदर्शनबाट भएको घटनाको भर्त्सना गर्ने निर्णय भएको बताउनुभयो । घटनाको आवश्यक छानबिन गरी दोषीमाथि कानूनी कारबाही अघि बढाउन नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र गृह मन्त्रालयलाई बैठकले निर्देशन…
प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईं महानगरपालिकामा
धादिङ, चैत्र-२१ काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंलाई बिहीबार महानगर पुग्नुभएको छ । गुरागाईं बिहीबार महानगरपालिकाको कार्यालयमापुग्नुभएको हो । उहाँ काममा फर्कने भएपछि महानगर प्रहरी तैनाथ गरिएको थियो। उहाँलाई नगर प्रहरीले गेटमै रोक्न खोजेको थियो । तर, कर्मचारीहरूले रोक्न नदिइ उहाँलाई कार्यालय प्रवेश गराएका छन् ।
नेपाल रेडक्रस सोसाइटीले गर्यो अध्यक्ष नेपाल सहित अन्य ५ लाई निलम्बन
धादिङ, चैत्र २१ रेडक्रसको अन्तर्राष्ट्रिय संस्था आइएफआरसीले नेपाल रेडक्रस सोसाइटीका अध्यक्ष सुदर्शन प्रसाद नेपालसहित पाँच जनालाई निलम्बन गरेको छ। अध्यक्ष नेपाल र उपाध्यक्ष विशाल भण्डारीलाई पत्र लेखेर आइएफआरसीले निलम्बन गरेको जानकारी गराईएको छ। अध्यक्ष नेपाल सहित विनोद कुमार बस्नेत, मनोजकुमार थापा, भुपतिलाल श्रेष्ठ र नारायण तिमिल्सिनालाई निलम्बन गरेको हो। उहाँहरू माथी सामान्य सिद्धांत हरु परिपालना नगरेको ,संस्थाको आधारभूत मान्यतालाई कुल्चेको, राजनीतिक आडमा आर्थिक लाभ लिएको, प्रशनशनिक अराजकता निम्त्याएको सहित कारण देखाउँदै उहाँहरुलाई निलम्बन गरिएको हो ।
तीनकुने प्रदर्शनमा ज्यान गुमाएकाको परिवारलाई सरकारले १०-१० लाख दिने
धादिङ,चैत्र २०सरकारले गत चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको प्रदर्शनमा ज्यान गुमाएकाको परिवारलाई १०—१० लाख दिने निर्णय गरेको छ । गृहमन्त्रीस्तरीय बैठकले उक्त निर्णय गरेको उनको सचिवालयले जनाएको हो । उक्त दुर्घटनामा परेर कीर्तिपुरका २९ वर्षीय सविन महर्जन र एभिन्यूजका पत्रकार सुरेश रजकको निधन भएको थियो । उहाँहरु दुवैको पोस्टमार्टम भइसकेको छ । पोस्टमार्टम रिपोर्ट अनुसार रजकको शरिरमा कुनै गोली नभेटिएको चिकित्सकले बताएका छन् । महर्जनको भने शरिरमा एउटा गोली लागेको भेटिएको थियो । सविनको मंगलबार नै दाहसंस्कार गरिएको छ । रजकको आज दाहसंस्कार हुने बताइएको छ ।
प्रधानमन्त्री ओली र शिनावात्राबीच भेटवार्ता, राजासँग साँझमा भेट्दै
धादिङ, चैत्र २०प्रधानमन्त्री केपी शर्मा ओली र थाइल्यान्डका प्रधानमन्त्री पे थोङ् थान् शिनावात्राबीच भेटवार्ता भएको छ । थाइल्याण्डको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री ओली र समकक्षी शिनावात्राबीविच भेटवार्ता भएको हो । प्रधानमन्त्री ओलीले केहि दिन अगाडि थाइल्याण्डमा गएको ७.७ म्याग्निच्युडको भूकम्पले भएको क्षतिप्रति दुःख व्यक्त गर्नुभएको छ । भेटवार्तामा प्रधानमन्त्री ओलीसँगै परराष्ट्रमन्त्री डा.आरजु राणा देउवा, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, आर्थिक विकास सल्लाहकार डा.युवराज खतिवडा, मुख्यसचिव एकनारायण अर्याल, परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईलगायत सहभागी छन् । थाइल्यान्डको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले आज साँझ त्यहाँका राजा महा वजिरालोङ्कोर्नसँग पनि…
नेपाल पत्रकार महासंघ धादिङले नेपाल सरकारलाई प्र.जि.अ. मार्फत बुझायो ध्यानाकर्षण पत्र
चैत्र १९, धादिङ नेपाल पत्रकार महासंघ धादिङले पत्रकार हत्या तथा मिडिया आक्रमण विरुद्ध नेपाल सरकारलाई ध्यानाकर्षण पत्र बुझाएको छ । चैत्र १५ गते विभिन्न मिडिया हाउस तोडफोड,आगजनी तथा मिडियाकर्मी कुटपिटको सन्दर्भमा जिल्ला प्रशासन कार्यालय धादिङ मार्फत नेपाल सरकारलाई ध्यानाकर्षण पत्र दिइएको हो । काठमाडौं स्थित तिनकुनेमा एक पत्रकार सहित दुईजनाको ज्यान जाने गरि घटेको घटना तथा सोहि दिन विभिन्न मिडिया हाउस तोडफोड,आगजनी तथा मिडियाकर्मी कुटपिटको सन्दर्भमा जिल्ला प्रशासन कार्यालय धादिङ मार्फत नेपाल सरकारलाई ध्यानाकर्षण पत्र दिइएको हो । नेपाल पत्रकार महासंघ धादिङका अध्यक्ष सिताराम अधिकारीको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय पुगेको…
