नेवाःराष्ट्रिय मुक्ति मोर्चा नेपाल धादिङको जिल्ला भेला सम्पन्न

धादिङ वैशाख-४
नेवाःराष्ट्रिय मुक्ति मोर्चा नेपाल धादिङको जिल्ला भेला सम्पन्न भएको छ। 

बिहीबार  धादिङ बेसीमा सम्पन्न भेलाले नेमबहादुर श्रेष्ठको अध्यक्षतामा १६ सदस्य कार्यसमिति चयन गरेको हो। कार्यसमितिको उपाध्यक्षमा नारायण कुमार श्रेष्ठ र शुक्रकुमार श्रेष्ठ, सचिवमा नवराज श्रेष्ठ (चट्टान) चयन हुनुभएको छ । 
 
शुक्रकुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा संविधानसभा सदस्य पुष्पविक्रम मल्लको प्रमुख आतिथ्यता रहेको थियो। कार्यक्रममा माओवादी केन्द्रका केन्द्रीय सदस्य अप्सरा सिम्खडा, बागमती प्रदेश सह—सचिव दलबहादुर बुर्लाकोटी, माओवादी केन्द्र जिल्ला कमिटी सल्लाहकार केशरी प्रसाद पन्त नीलकण्ठ नगर कमिटी अध्यक्ष अमृत तामाङ लगायतको उपस्थिति रहेको थियो ।

Related posts

Leave a Comment