धादिङ बैशाख-७
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को आइतबार प्रदर्शनमा पक्राउ परेकाहरुलाई प्रहरीले छाडेको छ ।
नियन्त्रणमा लिएर जिल्ला प्रहरी परिसर भद्रकाली पुर्याइएका सातै जनालाई छाडिएको परिसरका एसपी अपील राज बोहराले बताउनुभयो ।
छुट्नेहरुमा राप्रपा अध्यक्ष लिङ्दनेसहित, ज्ञानेन्द्र शाही, बुद्धिमान तामाङ, अमर परियार, सरोज घिमिरे, किरण दुवाल र राप्रपाको युवा मोर्चाका अध्यक्ष कैलाश कटुवाल रहेका छन् ।
उनीहरुले निषेधित क्षेत्र तोडेर सिंहदरबारभित्रै प्रदर्शन गरेपछि प्रहरीले नियन्त्रणमा लिएको थियो ।
