धादिङमा एक वृद्धमाथि खुकुरी प्रहार, घाईतेको अवस्था अवस्था गम्भिर

धादिङको नीलकण्ठ नगरपालिका वडा नम्बर -९मा एक वृद्धमाथि खुकुरी प्रहार भएको छ ।

धादिङको नीलकण्ठ नगरपालिका–९ नियालपानीका ८८ वर्षीय जगनाथ लम्सालमाथि खुकुरी प्रहार भएको जिल्ला प्रहरी कार्यलय धादिङका प्रहरी निरीक्षक प्रल्हाद सिलवालले बताउनुभयो ।

जगनाथ लम्साल माथि सोही ठाउँ बस्ने करिब ६२ वर्षीय बाबुकाजी लम्सालले खुकुरी प्रहार गरेको प्रहरी निरीक्षक सिलवालले जानकारी दिनुभयो ।

अनुहारमा चोट लागेका लम्साललाई उपचारका लागि जिल्ला अस्पताल धादिङबेंसी लगिएको थियो । तर अवस्था गम्भीर बनेपछि थप उपचारका लागि नेपाली सेनाको हेलिकप्टरमार्फत काठमाडौंस्थित शिक्षण अस्पताल लगिएको छ ।

खुकुरी प्रहार गर्ने व्यक्ति बाबुकाजीलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भइरहेको र लम्सालमाथि किन खुकुरी प्रहार भएको हो भन्नेबारे अहिले खुल्न नसकेको प्रहरीले जनएको छ ।

Related posts

Leave a Comment