सुनको भाउ फेरी बढ्यो

धादिङ बैशाख २१

आज सुनको भाउ तोलामा छ सय रुपैयाँले बढेर एक लाख ८४ हजार एक सय रुपैयाँ पुगेको छ ।

शुक्रवार सुन तोलाको एक लाख ८३ हजार पाँच सय रुपैयाँ रहेको थियो । केही दिनयता सुनको भाउमा घटबढ हुँदै आएको छ ।

यस्तै चाँदीको भाउ भने आज तोलामा २० रुपैयाँले घटेर एक हजार नौ सय १० रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

Related posts

Leave a Comment