धादिङ, चैत्र २२खेतमा आउने जंगली बँदेल मार्न थापेको विद्युतिय धरापमा परेर रौतहटमा एक महिलाको ज्यान गएको छ । रौतहटको वृन्दावन नगरपालिका १ बलेरी खोरमा महिलाको विद्युतिय धरापमा पर्दा ज्यान गएको हो । स्थानिय सुशील विश्वकर्माको मकै खेतमा जंगली बँदेल मार्नका लागी नाँगो तार तानेर करेन्ट प्रवाह गरी छोडेको अवस्थामा सोही खेतको बाटो हुदै आउने क्रममा ४५ वर्षिया फुलमतिया देवीको करेन्ट लागेर मृत्यु भएको थियो । बँदेल मार्न थापेको धरापमा महिला मृत अवश्थामा भेटेपछि सुशिल विश्वकर्मा र जितेन्द्र पटेलले महिलाको शवलाई घटनास्थलबाट ४ किलोमिटर उतर तर्फको रामलाल साझेदारी वनमा खाल्डो खनेर…
Category: स्वास्थ्य
आजदेखि काठमाडौंको प्रदूषित हावामा सुधार
धादिङ, चैत्र २१ केही दिनदेखि अत्यधिक बढेको काठमाडौंको प्रदूषित हावा आजदेखि केही मात्रामा सुधार हुने अनुमान गरिएको छ । पछिल्ला केही दिन काठमाडौं लगातार संसारकै प्रदूषित सहर बनेको छ । बुधबार यहाँको प्रदूषित हावाले खतरनाकको तहनै पार गरेको थियो । आज बिहान पनि खतरनाकको तहभन्दा माथि नै छ । आईक्यूएयरको तथ्यांक अनुसार आज बिहान काठमाडौंको औसत एयर क्वालिटी इन्डेक्स रौंभन्दा तीन गुणा मसिना धुलो धुवाँका कण प्रतिघण्टा ३७० माइक्रोग्राम प्रतिघनमिटर मापन गरिएको छ । १५१ देखि २०० सम्मलाई अस्वस्थ, २०१ देखि ३०० सम्मलाई निकै अस्वस्थ र ३०१ भन्दा माथि मापन…
आगलागी हुँदा २६ घर जल्यो, ३१ लाखको क्षति
चैत्र १९, धादिङ सुनसरीमा आगलागी हुँदा २६ वटा घर टहरा जलेर नष्ट भएको छ ।सोमबार दिउँसो हरिनगर गाउँपालिका—५ मलदैया टोलमा आगलगी हुँदा मुस्लिम समुदायको बसोबास भएको ९ परिवारले प्रयोग गर्दै आएको २६ वटा घर टहरा जलेका हुन् इस्लाम धर्मावलम्बीहरूले रमजानको समापनसँगै मनाइरहेको ‘इद उल फित्र’ का दिन आगलागी भएको थियो । प्रहरीका अनुसार आगलागीको कारण भने खुलीसकेको छैन । दिउँसो करिब ३ बजे सुरु भएको आगो देवानगञ्ज, कोशी गाउँपालिका, इनरुवा, दुहबी नगरपालिका र इटहरी उपमहानगरपालिकाबाट आएको दकमलको सहयोगमा साढे ४ बजे नियन्त्रणमा आएको थियो । आगलागीमा परी ३१ लाख बराबरको…
धादिङमा पत्रकार रजकको शोक सभा तथा विरोध प्रदर्शन सम्पन्न
चैत्र १६,धादिङ राजावादीको आन्दोलनमा पत्रकार सुरेश रजकको हत्याको विरोधमा धादिङका पत्रकारहरुले विरोध प्रद्धर्शन गरेका छन् । नेपाल पत्रकार महासंघ धादिङ शाखाको आयोजनामा चैत्र १५ गते राजावादीको आन्दोलनका क्रम जिउदै जलाएर हत्या गरिएको पत्रकार रजकको शोक सभा तथा विरोध प्रदर्शन सम्पन्न भएको हो । पत्रकार सुरेश रजकको हत्या तथा संचारमाध्यममा भएको आक्रमण र तोडफोडका विरुद्ध विरोध सभाका आयोजना गरीएको नेपाल पत्रकार महासंघ धादिङ शाखाका अध्यक्ष सीताराम अधिकारीले जानकारी दिनुभयो । नेपाल पत्रकार महासंघ धादिङ शाखाका अध्यक्ष सीताराम अधिकारीले पत्रकार सुरेश रजकको हत्यामा संलग्नलाई कारबाही र सञ्चार माध्यम प्रतिको आक्रमणको निन्दा गर्दै…
७५ जनाले गराए रक्तदान
धादिङको गजुरी गाउँपालिकामा सञ्चालन भएको खुल्ला रक्तदान रक्तदान कार्यक्रम सम्पन्न भएको छ । सोमबार वडा नम्बर १ को गजुरी बजार स्थितमा नेपाल रेडक्रस सोसाइटी गजुरी उप–शाखाद्वारा आयोजित रक्तदान कार्यक्रममा १६ जना महिला र ५९ जना पुरुष गरी ७५ जनाले रक्तदान गरिएको नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा धादिङका कोषाध्यक्ष नारायण कुमार श्रेष्ठले जानकारी दिनुभयो । उक्त रक्तदान कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी रक्त संचार केन्द्र धादिङको प्रविधिक सहयोग र गजुरी सामुदायिक विकास समाज, गजुरी रुद्रेश्वर आमा समूह, नेपाल रेडक्रस सोसाइटी युवा सर्कल आदर्श बहुमुखी क्याम्पस गजुरीकोे सहकार्य रहेको थियो ।
महिलाको हत्या गरी बोरामा प्याक गरेर शव फाल्ने ५ जना पक्राउ
गोकर्णेश्वरमा एक महिलाको हत्या गरी बोरामा प्याक गरेर शव फालिएको भेटिएको छ । हत्या आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ ।पक्राउ पर्नेहरुमा सर्लाहीको बागमती ढुंगेखोला घर भएका २५ वर्षीय कैलाश खड्का, मकवानपुरको हेटौडा शिखरपानी घर भएका २० वर्षीय सुरेश तामाङ, नुवाकोटको मेघाङ–४ देउराली घर भएका २४ वर्षीय रोशन तामाङ, सिन्धुपाल्चोकको तिपिने घर भएकी २० वर्षीया पूजा परियार र एक नाबालक छन् । उनीहरुलाई प्रहरी वृत्त बौद्धको टोलीले पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता अपिलराज बोहोराले बताउनुभयो । शनिबार मध्यान्ह करिब १२ बजेतिर गोकर्णेश्वर नगरपालिका–७ नामी कलेज…
टिपरको ठक्करबाट तीनजनाको मृत्यु
धादिङसवारीसाधनको ठक्करबाट काठमाडौंमा तीनजनाको मृत्यु भएको छ । घरमा सुतिरहेको अवस्थामा टिपरले ठक्कर दिँदा तीनजनाको मृत्यु भएको प्रहरीले जनाएको छ । २१ वर्षका आकाश र सुमन तथा ४५ वर्षका हरिजनको मृत्यु भएको प्रहरी प्रभाग साँखुले जनाएको छ । शुक्रबार बिहान करिब पौने ४ बजे शंखरापुर नगरपालिका–६, साँखु सलम्बुटारस्थित साँखु–ब्रह्मखेल सडकखण्डमा बा २ क ६५८० नम्बरको टिपर अनियन्त्रित भई सडकछेउको टहरोमा ठक्कर दिँँदा सुतिरहेका तीनजना घाइते भएका थिए । नेपाल मेडिकल कलेज अत्तरखेलमा उपचारका क्रममा उनीहरूको मृत्यु भएको प्रहरीले जनाएको छ । द्वन्द्वपीडित तथा अपांग समाज संस्थाले बनाएको जस्ताको टहरामा टिपरले…
शाहको स्वास्थ्यमा सुधार
हृदयघात भएपछि नर्भिक अस्पताल भर्ना भएका पूर्वयुवराज पारस शाहको स्वास्थ्यमा सुधार भएको छ । पारिवारिक स्रोतका अनुसार स्वास्थ्यमा सुधार भएकाले केही दिनमै डिस्चार्ज गरिने चिकित्सकले जनाएका छन्। आइतबार राति हृदयघात भएपनि उनलाई नर्भिक अस्पतालमा भर्ना गरिएको थियो। अस्पतालको आइसियुमा राखेर उनको उपचार भइरहेको छ। डा.यादब भट्ट लगायत चिकित्सक उनको उपचारमा संलग्न हुनुहुन्छ । यसअघि पनि पारसलाई तीन पटकसम्म हृदयघात भएको थियो।
मानशिक समस्या र समाधान
मानशिक समस्या एउटा जटिल समस्या हो। ती समस्याहरूको बेलैमा पहिचान गरी उचित परामर्श मिलेमा बिरामीलाई राहत मिल्न सक्छ। यी समस्याहरू के के हुन सक्छन् र यसका समाधानका उपायहरू के के हुन सक्छन् भन्ने विषयमा हामीले वरिष्ठ नशा तथा मानशिक रोग विशेषज्ञ डा. वासुदेव कार्कीसँग कुराकानी गरेका छौं । https://www.facebook.com/share/v/1UDaxWdtLj/
धादिङको थाक्रे गाउँपालिका-२ हुलाक डाँडामा ट्रक दुर्घटना, एक घाइते
पृथ्वी राजमार्ग अन्तर्गत धादिङको थाक्रे गाउँपालिका-२ हुलाक डाँडामा खाद्यान्न बोकेको ट्रक दुर्घटना हुँदा एक जना घाइते भएका छन् । खाद्यान्न बोकेर विरगंजबाट काठमाण्डौ तर्फ आउदैं गरेको मधेश प्रदेश ०३ -००२ ख १८६८ नम्बरको ट्रक दुर्घटना भएको हो । घाईते हुनेमा दोलखा मेलुङ गाउँपालिकाका ४५ वर्षिय रमेश श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरिक्षक सुवास हमालले बताउनुभयो । प्रहरी उपरिक्षक हमालका अनुसार ट्रक सडक भन्दा ३० मिटर तल खसेको छ । श्रेष्ठको महादेववेशीमा रहेको टाईम्स केयर अस्पतालमा उपचार भइरहेको छ ।
