चैत्र १९, धादिङ
सुनसरीमा आगलागी हुँदा २६ वटा घर टहरा जलेर नष्ट भएको छ ।
सोमबार दिउँसो हरिनगर गाउँपालिका—५ मलदैया टोलमा आगलगी हुँदा मुस्लिम समुदायको बसोबास भएको ९ परिवारले प्रयोग गर्दै आएको २६ वटा घर टहरा जलेका हुन्
इस्लाम धर्मावलम्बीहरूले रमजानको समापनसँगै मनाइरहेको ‘इद उल फित्र’ का दिन आगलागी भएको थियो । प्रहरीका अनुसार आगलागीको कारण भने खुलीसकेको छैन । दिउँसो करिब ३ बजे सुरु भएको आगो देवानगञ्ज, कोशी गाउँपालिका, इनरुवा, दुहबी नगरपालिका र इटहरी उपमहानगरपालिकाबाट आएको दकमलको सहयोगमा साढे ४ बजे नियन्त्रणमा आएको थियो । आगलागीमा परी ३१ लाख बराबरको क्षति भएको प्रहरीले बताएको छ ।
हरिनगरा गाउँपालिका —५ का सिकिन्द्र अली, जुवेर अली, सबिर मियाँ, अबुहेलाल मियाँ, इम्तयाज मियाँ, अस्फाक आलम, अनसाक आलम, प्रवेज मियाँ, इरफान मियाँ, कैसर आलम, पैयाज आलमको घर अन्नपात, लताकपडा र नगद जल्दा करिब ३१ लाख ४९ हजारको क्षति भएको प्रहरीले जानकारी दिएको छ ।
