पृथ्वी राजमार्ग अन्तर्गत धादिङको थाक्रे गाउँपालिका-२ हुलाक डाँडामा खाद्यान्न बोकेको ट्रक दुर्घटना हुँदा एक जना घाइते भएका छन् ।
खाद्यान्न बोकेर विरगंजबाट काठमाण्डौ तर्फ आउदैं गरेको मधेश प्रदेश ०३ -००२ ख १८६८ नम्बरको ट्रक दुर्घटना भएको हो ।
घाईते हुनेमा दोलखा मेलुङ गाउँपालिकाका ४५ वर्षिय रमेश श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरिक्षक सुवास हमालले बताउनुभयो ।
प्रहरी उपरिक्षक हमालका अनुसार ट्रक सडक भन्दा ३० मिटर तल खसेको छ । श्रेष्ठको महादेववेशीमा रहेको टाईम्स केयर अस्पतालमा उपचार भइरहेको छ ।
