केपी ओली र रमेश लेखक सँगै तत्कालीन गृहसचिव गोकर्णमणि दुवाडी लाई विदेश जान रोक।

धादिङ, १२–असोज निवर्तमान प्रधानमन्त्री केपी ओली तथा निवर्तमान गृहमन्त्री रमेश लेखकसहित पाँचजनालाई जाँचबुझ आयोगले विदेश जान रोक लगाउने निर्णय गरेको छ। २३ र २४ भदौमा भएको घटनाको सम्बन्धमा छानबिन गर्न गठित जाँचबुझ आयोगले यस्तो निर्णय गरेको हो। बयानमा जुनसुकै वेला बोलाउन सक्ने भएकाले पूर्वस्वीकृतीविना उपत्यका छाड्नसमेत नदिने निर्णय भएको आयोगका सदस्य विज्ञानराज शर्माद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। साथै, तत्कालीन गृहसचिव गोकर्णमणि दुवाडी, तत्कालीन गुप्तचर प्रमुख हुतराज थापा, काठमाडौंका तत्कालीन सिडिओ छवि रिजालको हकमा पनि यस्तै निर्णय भएको छ। २३ गतेको दमनमा संलग्नताको आधारमा उनीहरू छानबिनमा तानिएका हुन्।

जेन्जीको आन्दोलन र शून्य उपलब्धि

नेपालको राजनीतिक तथा सामाजिक परिदृश्यमा पछिल्लो समय जेन्जी पुस्ताले गरेको आन्दोलन विशेष चासोको विषय बनेको छ। निराशा, असन्तोष र भविष्यप्रतिको आशङ्का बोकेर सडकमा उत्रिएका युवा पुस्ताले आफ्ना मागहरू बलिदानी सहित पेस गरे पनि परिणाम भने खासै प्राप्त भएको देखिँदैन। युवाहरूको आन्दोलनको पृष्ठभूमि हेर्दा, उनीहरूले रोजगारीको कमी, भ्रष्टाचार, शिक्षा तथा स्वास्थ्य सेवामा असमानता, र राज्यप्रतिको सर्वसाधारणको विश्वास सङ्कटलाई मुख्य मुद्दा बनाए। प्रधानमन्त्रीले राजीनामा दिएपछि नयाँ सरकार गठनमा होमिएको जेन्जीको माग थियो प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र संसद् मन्त्री बन्न नपाउने नियमको व्यवस्था । तर यी माग अब सायद पुरा नहुने पक्का भएको…

महावीर पुनले ह्वाट्सएप च्यानल मार्फत सल्लाह लिने

धादिङ,०९–असोज  शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले ह्वाट्सएप च्यानल सञ्चालनमा ल्याएका छन् । बिहीबारदेखि सुरु गरिएको यो च्यानलमार्फत मन्त्री पुनले जनताबाट सल्लाह र सुझाव संकलन गर्ने उद्देश्य राखेका छन् । जेनजी आन्दोलनपछि गठन भएको अन्तरिम सरकारमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीको जिम्मेवारी पाएका पुनले निरन्तर नयाँ पहल गर्दै आएका छन् । उनको इच्छाअनुसार केशरमहलस्थित मन्त्रालय परिसरमै बस्ने व्यवस्था समेत मिलाइएको छ ।

यो सरकार निर्वाचनको लागि हो, संविधान संशोधन नयाँ बन्ने सरकारले गर्छ– प्रधानमन्त्री कार्की

धादिङ,०९–असोज प्रधानमन्त्री सुशीला कार्कीले जेन–जी आन्दोलनका क्रममा संविधान संशोधनको माग उठेको कुरातर्फ संकेत गर्दै उक्त एजेन्डा आगामी २१ फागुनमा हुने नयाँ निर्वाचनपछि हुने स्पष्ट पारेकी छन् । राष्ट्रको नाममा बिहीबार पहिलो सम्बोधन गर्दै उनले अहिलेको अन्तरिम सरकारलाई ६ महिनाभित्र निर्वाचन गर्ने म्यान्डेड प्राप्त भएको भन्दै निर्वाचनपछि संविधान संशोधन सोही सरकारले गर्ने दाबी गरिन् । उनले अहिले प्रतिनिधिसभाको निर्वाचन हुने अनि उक्त निर्वाचनपछि बन्ने सरकारले प्रत्यक्ष कार्यकारीको लागि संविधान संशोधन गर्न सक्ने बताएकी हुन् ।

जेन-जी आन्दोलनका क्रममा नेपाल टेलिकमको रिचार्ज कार्डहरू चोरी

नेपाल टेलिकमले जेन-जी आन्दोलनका क्रममा आफ्नो पोखरास्थित कार्यालयमा भएको आगजनी र तोडफोड हुँदा ठूलो संख्यामा रिचार्ज कार्डहरू चोरी भएको जनाएको छ। एक सार्वजनिक सूचना जारी गर्दै टेलिकमले चोरी भएका कार्डहरूको सिरियल नम्बर समेत सार्वजनिक गरेको छ। टेलिकमले ती कार्डहरू कतै भेटिएमा प्रयोग नगर्न तथा खरिद-बिक्रीमा संलग्न नहुन आम सर्वसाधारणलाई सचेत गराएको छ। टेलिकमका अनुसार गत भदौ २४ गते पोखराको महेन्द्रपुलस्थित टेलिकमको प्रादेशिक निर्देशनालयमा भएको आक्रमणमा रु. १०० दरका ६०,००० भन्दा बढी र ५०० दरका २०० थान रिचार्ज कार्डहरू लुटपाट भएको हो। टेलिकमले तोकिएका सिरियल नम्बरका कार्डहरू फेला पार्ने जोहीलाई नजिकको टेलिकम…

The Rise of Balen and the New Rule of Politics

Dhading, 30 Bhadau When Balendra Shah, popularly known as Balen, became the Mayor of Kathmandu Metropolitan City, many saw it as the rise of a new political force in Nepal. A rapper-turned-structural engineer-turned-mayor, his journey itself was unusual and refreshing for a nation exhausted by traditional politics. His tenure has sparked both admiration and criticism, shaping what people now call “Balen: The Rule.” Balen’s rise was historic because he was an independent candidate, untied to the messy alliances of mainstream parties. His victory showed the frustration of urban youth and…

माओवादी केन्द्रले आगजनी र लुटपाटमा आफ्ना नेता–कार्यकर्ता संलग्न भेटिए कारबाही गर्ने

नेकपा माओवादी केन्द्रले आगजनी र लुटपाटमा आफ्ना नेता–कार्यकर्ता संलग्न भेटिए कडा कारबाही गर्ने स्पष्ट पारेको छ। पार्टी प्रवक्ता अग्नि सापकोटाले विज्ञप्ति जारी गरेर तथ्य र प्रमाण फेला परे कारबाही गर्न सरकारलाई सुझाव पनि दिएको छ। हाम्रो पार्टीको कार्यालयहरू, अध्यक्ष क. प्रचण्डलगायत दर्जनौं नेता, कार्यकर्ता र परिवारका घर तथा अन्य सम्पत्तिमा आगजनी तोडफोड गर्ने कार्य भएका छन्। त्यो तथ्य जनतासामु प्रष्ट छ। यही उल्लेखित गतिविधिमा हाम्रो पार्टीसँग सम्बन्धित कोही कसैको संलग्नता देखिए हामी कडाभन्दा कडा कारबाही गर्न तयार छौं। तथ्य र प्रमाण फेला परे सरकारले सख्त कारबाही गरोस् भनि आग्रह गर्दछौं,…

फ्रान्समा “ब्लक एभ्रिथिङ” आन्दोलन तीव्र : सडकदेखि रेल सेवासम्म प्रभावित

धादिङ २९-भदौ, फ्रान्स सरकारले ल्याएको कठोर बजेट र सार्वजनिक खर्च कटौतीविरुद्ध सुरु भएको “ब्लक एभ्रिथिङ” (Bloquons tout) आन्दोलन तीव्र बनेको छ। आन्दोलनका कारण राजधानी पेरिससहित प्रमुख सहरहरूमा दैनिक जीवन प्रभावित भएको छ। सरकारले प्रस्तुत गरेको नयाँ बजेटमा स्वास्थ्य, सामाजिक सुरक्षा र सार्वजनिक सेवामा खर्च कटौती गर्ने योजना, साथै दुई राष्ट्रिय बिदा खारेज गर्ने प्रस्ताव समावेश छ। यी नीतिहरूविरुद्ध श्रमिक संगठन, ट्रेड युनियन र सर्वसाधारण सडकमा उत्रिएका छन्। पेरिसमा प्रदर्शनकारीहरूले सडक अवरुद्ध गर्दै टायर बाल्ने गरेका छन्। रेल र सार्वजनिक यातायात सेवा ठप्प हुँदा यात्रुहरूलाई कठिनाइ भएको छ। एयरपोर्टहरूमा पनि सेवामा…

ज्वालामुखि गाउँपालिकाका अध्यक्ष दनै चढ्ने गाडीमा आगजनी

ज्वालामुखि गाउँपालिकाका अध्यक्ष यमनाथ दनै चढ्ने रातो प्राडो गाडीमा आगजनी भएको छ । ज्वालामुखि गाउँपालिका कार्यालय भन्दा करिव १ किलो मिटर टाढा लगी गाडीमा आगो लगाइएको प्रहरीले जनाएको छ ।आगो कसले र किन लगायो भन्नेबारे स्पष्ट खुल्न बाँकी रहेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता शुभाष हमालले जानकारी दिए । घटनास्थलमा प्रहरी टोली खटिएको छ भने आगलागीबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।

नरसंहार पछि लेखकको राजीनामा 

धादिङ, २३–भदौ गृहमन्त्री रमेश लेखकले राजीनामा दिएका छन्। बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर गृहमन्त्री लेखकले राजीनामा बुझाएका हुन्। मन्त्रिपरिषद् बैठक बसिरहेका बेला गृहमन्त्री लेखकले राजीनामा बुझाएको उनको सचिवालयले पुष्टि गरेको छ। यसअघि गृहमन्त्री लेखकले नैतिकताका आधारमा आफूले राजीनामा दिने बताएका थिए। यत्रो मानवीय नरसंहार भएपछि मैले नैतिकताका आधारमा पनि राजीनामा दिनुपर्छ। कांग्रेस बैठकमा पनि मैले राजीनामा दिन्छु भनेको छु लेखकले बताए ।कांग्रेस पदाधिकारी बैठकमा सभापति शेरबहादुर देउवाले राजीनामा दिएर मार्ग प्रशस्त गर्न निर्देशन दिएका थिए। त्यसपछि राजीनामा दिन्छु भन्दै गृहमन्त्री लेखक बालुवाटार हिंडेका थिए।