मिचेल स्टार्कले आईसीसी च्याम्पियन्स ट्रफी नखेल्ने

अस्ट्रेलियाका प्रमुख पेस बलर मिचेल स्टार्कले आईसीसी च्याम्पियन्स ट्रफी क्रिकेट नखेल्ने भएका छन् । उनले व्यक्तिगत कारण देखाउँदै प्रतियोगितामा सहभागी नहुने जानकारी गराएको अस्ट्रेलियन क्रिकेट बोर्डले जनाएको छ । योसँगै अस्ट्रेलिया अब तीनजना मुख्य अनुभवी पेस बलरविहीन भएको छ । यसअघि प्याट कमिन्स र जोश हेजलवूडले चोटका कारण प्रतियोगिता गुमाउने पक्का भएको थियो । तीनवटै बलरले दुई ओडिआई र एक टी-२०आई विश्वकप सँगै जितेका थिए । स्टार अलराउण्डर मार्कस स्टोइनिसले प्रतियोगिताकै संघारमा आएर सन्यासको घोषणा गरेका थिए भने कप्तान कमिन्ससहित तीन बलर पनि नखेल्ने भएपछि अस्ट्रेलियाले स्टिभ स्मिथको कप्तानीमा अन्तिम…

धादिङमा विविध कार्यक्रम गरी मनाईदै जनयुद्ध दिवस

धादिङ धादिङमा ३० औं महान् जनयुद्ध दिवस विविध कार्यक्रम गरी मनाईने भएको छ । उक्त दिवसको अवसरमा फागुन १ गते विहिबार बिहान नेकपा माओवादी केन्द्र नीलकण्ठ नगर समितिको आयोजनामा जिल्ला अस्पताल धादिङमा रहेका विरामीहरुलाई फलफूल वितरण र सोही समिति द्धारा रक्तदान कार्यक्रम गरिने नेकपा माओवादी केन्द्र जिल्ला समन्वय समिति धादिङका कार्यालय सचिव हरि कृष्ण लम्सालले जानकारी दिनुभयो । सोही दिन दिउँसो नेकपा माओवादी केन्द्र जिल्ला समन्वय समिति धादिङको आयोजनामा “जनयुद्ध र समाजवाद उन्मुख संविधान” विषयमा अन्तर्क्रिया कार्यक्रम गरिने र सोही दिन साँझ योङ कम्युनिष्ट लिग (थ्ऋी) जिल्ला समन्वय समिति धादिङ…

पत्रकारहरुको क्षमता अभिवृद्धि तालिम तथा अनलाइन दर्ता सम्बन्धी घुम्ती शिविर सम्पन्न

धादिङ जिल्ला सदरमुकाम धादिङबेशीमा दुर्गम क्षेत्रमा कार्यरत पत्रकारहरुको क्षमता अभिवृद्धि तालिम तथा अनलाइन सञ्चार माध्यम दर्ता सम्बन्धी घुम्ती शिविर सम्पन्न भएको छ । गत शनिबार देखि सुरु भएको तीन दिने तालिम आज एक कार्यक्रमको आयोजना गरी सम्पन्न गरिएको हो । सूचना तथा प्रसारण विभागको आयोजना र नेपाल पत्रकार महासंघ धादिङको सहकार्यमा आयोजित कार्यक्रममा प्रेस प्रतिनिधी प्रमाणपत्र वितरण तथा अनलाइन सञ्चार माध्यम दर्ता सम्बन्धी घुम्ती शिविर सञ्चालन भएको थियो । उक्त शिविरमा दुई अनलाईन दर्ता, दुई अनलाईन नवीकरण तथा १८ जनाको प्रेस प्रतिनिधि प्रमाणपत्र वितरण गरिएको थियो । तालिममा मोबाईल जर्नालिजम(मोजो),…

रवि लामिछानेलाई थुनामै राख्न माग

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई थुनामै राख्न माग गर्दै उच्च अदालत पाटनमा निवेदन दायर भएको छ। जिल्ला अदालत काठमाडौँको ६० लाख धरौटीमा रिहा गर्ने आदेश बदर गरी थुनामै पठाउन माग गर्दै उच्च सरकारी वकिल कार्यालय पाटनले आइतबार मुद्दा दायर गरेको हो। स्वर्णलक्ष्मी सहकारीको ठगी आरोपमा चार जनालाई धरौटीमा रिहा गर्ने आदेश भएसंगै उनीहरु सबैलाई थुनामै राख्न उच्च सरकारी वकिलले माग गरेको छ। स्वर्णलक्ष्मी सहकारी ठगीकै आरोपमा पूर्व डीआईजी छविलाल जोशी, लेखा समिति सदस्य सुनिता नेवा र कर्ता उपसमितिका सदस्य कमल लामालाई पनि थुनामा राख्न माग गरिएको छ। यसअघि सभापति…

संसद भवन प्रवेश गर्न खोजेको आरोपमा एक युवा पक्राउ

धादिङ संसद भवनमा प्रवेश गर्न खोजेको आरोपमा प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा खगेन्द्र सुनुवार रहेका छन् । दलितको लागि दलित अभियानका अभियन्ता सुनुवार मिनभवनबाट बानेश्वरतर्फ संसद् भवनमा जान खोजेपछि प्रहरीले उनलाई पक्राउ गरेर बानेश्वर वृत्तमा लगेको छ । निषेधित क्षेत्रमा प्रवेश गरेपछि उनलाई प्रहरीले नियन्त्रणमा लिएको बताइएको छ ।

ससाह ज्यामिरेमा शिशुको शव फेला, घटनाबारे थप अनुसन्धान जारी

धादिङ धादिङको नीलकण्ठ नगरपालिका वडा नं -८ ससाह ज्यामिरेमा शिशुको शव फेला परेको छ । सोमबार ससाह खोलाबाट ज्यामिरे आउजाउ गर्ने ठाडोबाटोको छेउ नजिकै बाँझो बारीमा कागले लुछिरहेको अवस्थामा शिशुको शव भेटिएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरीक्षक एवं सुचना अधिकारी सुवास हमालले जानकारी दिनुभयो । केराको फेदमा रगतजन्य प्लाष्टिक रहेको र त्यसको केही माथी बारीको पाटामा कागले लुछिरहेको अवस्थामा स्थानीयले देखेपछि सोमबार विहान प्रहरीलाई खबर गरेको प्रहरी नायव उपरीक्षक हमालले बताउनुभयो । मृतक शिशुको शव करिव ३ किलोको रहेको छ। शिशुको शव प्लाष्टिकको झोलामा हालेर फालेको र जनावरले…

ड्युटीमा रहेका प्रहरीमाथि आक्रमण गर्ने नेकपा (एमाले) निकट विद्यार्थी नेताहरु पक्राउ

 ड्युटीमा रहेका प्रहरीमाथि सांघातिक आक्रमण गर्ने नेकपा (एमाले) निकट विद्यार्थी संगठन अनेरास्ववियूका विद्यार्थी नेताहरु पक्राउ परेका छन् । अनेरास्ववियुका नेता तथा अमृत साइन्स क्याम्पस (अस्कल) इकाइका उपाध्यक्ष तथा स्ववियु सदस्य दिनेश सिग्देल र रमेश फुलारालाई प्रहरीले पक्राउ गरेको हो । गत माघ २४ गते मध्यराति अनेरास्ववियूका स्थायी कमिटी सदस्य एवं अमृत साइन्स क्याम्पस (अस्कल) इकाइका पूर्व अध्यक्ष कमल जोशी, सिग्देल, फुलारालगायतको ग्याङले आक्रमण गरेका थिए । मदिराले लठ्ठ भएर हल्ला गर्दै हिँडेका उनीहरुले प्रहरी वृत्त, दरबारमार्गमा केशरमहल बिटबाट खटिएका प्रहरी हवल्दार जगुलाल घर्ती र जवान नगेन्द्रराज विष्टमाथि उनीहरुले सांघातिक आक्रमण…

ग्रामीण यातायात सहकारी धादिङको अध्यक्षमा बद्री प्रसाद सुवेदी

धादिङ २६ माघ ग्रामीण यातायात सहकारी संस्था लिमिटेड धादिङको १६ औं बार्षिक साधारणसभा तथा छैटौं अधिबेशनबाट अध्यक्षमा बद्री प्रसाद सुवेदी चयन हुनु भएको छ । त्यस्तै समितिको उपाध्यक्षमा ईश्वर धरेल, महासचिवमा प्रमोद पोखरेल, कोषाध्यक्षमा बाबुकाजी श्रेष्ठ, सचिवमा विनोद बाबु रिमाल चयन हुनु भएको छ । सदस्यहरुमा सुरेन्द्र कोइराला, कुल बहादुर रायमाझी, शेर बहादुर बस्नेत, हरि बहादुर गुरुङ, तिलक श्रेष्ठ, मंग बहादुर तामाङ चयन भएका छन । अधिबेशनबाट लेखा समिति तर्फ संयोजकमा चन्द्र बहादुर लम्साल र सदस्यहरुमा राजाराम रिजाल र केशव कुमार श्रेष्ठ चयन गरेको छ ।

धादिङको थाक्रेमा बस दुर्घटना, तीन घाइते

काठमाडौं– पृथ्वी राजमार्ग अन्तरगत धादिङको थाक्रे गाउँपालिका -१ खेस्टेमा बस दुर्घटना हुँदा तीन जना घाइते भएका छन् ।काठमाण्डौबाट धादिङ फर्कदै गरेको बा ४ ख ५५१५ नम्बरको बस अनियन्त्रित भई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरिक्षक सुवास हमालले बताउनुभयो । घाईते हुनेमा धादिङको गल्छी गाउँपालिका -०२ का ३२ वर्षीय मन माया मगर, गजुरी गाउँपालिका -०१ का ६० वर्षीय खड्क कुमारी सुबेदी र गल्छी गाउँपालिका -०७ का २७ वर्षीय सपना खड्का रहेका छन् ।बस चालक नीलकण्ठ नगरपालिका ०७, पिपलछापका तुल बहादुर थापा लाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

धादिङ लोक सांस्कृतिक महोत्सव २०८१ भव्यताका साथ सम्पन्न

photo : Ganes News Reporter

धादिङ लोक सांस्कृतिक महोत्सव २०८१ आज समापन भएको छ।कार्यक्रमको क्रममा नीलकण्ठ नगरपालिका तथा नगरपालिका सङ्घका अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि भीमप्रसाद ढुङ्गानाले कार्यक्रमको समापन भएको घोषणा गर्नुभएको हो।माघको १० गतेबाट सुरु भएको लोक तथा सांस्कृतिक महोत्सव २० गतेसम्म सञ्चालन हुने भनिए तापनि दुई दिन थप गर्दै २२ गतेसम्म चलेको थियो।कार्यक्रममा विभिन्न लोक तथा दोहोरी गायक गायिका तथा नेपाली संगीत क्षेत्रका विभिन्न कलाकारहरूको बेजोड प्रस्तुतिका सँगै अन्तरपालिका स्तरीय लोक दोहोरी प्रतियोगिता समेत सम्पन्न भएको थियो।कार्यक्रमको समापन समारोहमा बोल्नुहुँदै अतिथि ढुंगानाले यी र यस्तै कार्यक्रमहरूले जनताहरूमा थप ऊर्जा र मनोरञ्जनको क्रियाकलापहरु थप…