ग्रामीण यातायात सहकारी धादिङको अध्यक्षमा बद्री प्रसाद सुवेदी

धादिङ २६ माघ

ग्रामीण यातायात सहकारी संस्था लिमिटेड धादिङको १६ औं बार्षिक साधारणसभा तथा छैटौं अधिबेशनबाट अध्यक्षमा बद्री प्रसाद सुवेदी चयन हुनु भएको छ ।

त्यस्तै समितिको उपाध्यक्षमा ईश्वर धरेल, महासचिवमा प्रमोद पोखरेल, कोषाध्यक्षमा बाबुकाजी श्रेष्ठ, सचिवमा विनोद बाबु रिमाल चयन हुनु भएको छ ।

सदस्यहरुमा सुरेन्द्र कोइराला, कुल बहादुर रायमाझी, शेर बहादुर बस्नेत, हरि बहादुर गुरुङ, तिलक श्रेष्ठ, मंग बहादुर तामाङ चयन भएका छन ।

अधिबेशनबाट लेखा समिति तर्फ संयोजकमा चन्द्र बहादुर लम्साल र सदस्यहरुमा राजाराम रिजाल र केशव कुमार श्रेष्ठ चयन गरेको छ ।

Related posts

Leave a Comment