धादिङ आवासीय माध्यमिक विद्यालयले मनायो २८ औँ वार्षिकोत्सब

धादिङ आवासीय माध्यमिक विद्यालयको २८ औं वार्षिक उत्सव तथा अभिभावक भेला सम्पन्न भएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बाबुराम अधिकारीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा नेपाल नगरपालिका संघका अध्यक्ष एवंम नीलकण्ठ नगरपालिका प्रमुख भिम प्रसाद ढुङ्गानाको प्रमुख आतिथ्यता रहेको थियो । त्यस्तै नीलकण्ठ नगरपालिका उप प्रमुख दिपक विश्वकर्मा, गंगाजमुना गाउँपालिका अध्यक्ष भक्त बहादुर लामा, नीलकण्ठ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम सुवेदी, शिक्षा शाखा प्रमुख प्रकाश दत्त भट्ट, नेकपा माओवादी केन्द्र धादिङका जिल्ला संयोजक मनराज भण्डारी, नीलकण्ठ नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष राजकुमार श्रेष्ठको विशेष आतिथ्यता तथा कार्यपालिका सदस्य,…

गण्डकीलाई हराउँदै पुलिसले जित्यो ‘टाइगर कप’ उपाधि

काठमाण्डाै – गण्डकी प्रदेशलाई हराउँदै नेपाल पुलिस क्लबले टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय भलिबल क्लब च्याम्पियनशिपको पुरुषतर्फ उपाधि जितेको छ । पोखरा रङ्गशालाको भलिबल कोर्टमा आज भएको फाइनलमा पुलिसले गण्डकी प्रदेशलाई ३–१ को सेटमा हरायाे । पुलिसले पहिलो सेट २५–२३, दोस्रो सेट २५–२१ र चौथो सेट २५–२२ ले जित्यो । गण्डकीले तेस्रो सेट २५–२० ले जित्यो । विजेता बनेकाे नेपाल पुलिस क्लबले उपाधिसँगै पाँच लाख ८५ हजार पाँच सय ५५ रुपैयाँ र  उपविजेता बनेकाे गण्डकीले दुई लाख ८५ हजार पाँच सय ५५ प्राप्त गरेकाे छ ।

स्कार्पियो गाडी दुर्घटना हुँदा पाँच नेपालीको मृत्यु

काठमाडौं । बिहारको मुजफ्फरपुरमा नेपाली चढेको स्कार्पियो गाडी दुर्घटना हुँदा पाँच नेपाली दर्शनार्थीको मृत्यु भएको छ । महाकुम्भ मेलाबाट फर्किंदै गरेको स्कोर्पियो गाडी अनियन्त्रित भएर पल्टिँदा पाँचजनाको घटनास्थलमै मृत्यु भएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । गाडीमा ९ जना सवार थिए । तीमध्ये ४ जना गम्भीर घाइते भएका छन् । मृतकमध्ये तीन महिला र दुई पुरुष छन् । मृत्यु हुनेमा अर्चना ठाकुर, इन्दु देवी, मन्तर्णी देवी र बालकृष्ण झाको पहिचान खुलेको छ । घाइतेहरूमध्ये मनोहर ठाकुर, सृष्टि ठाकुर, कामनी झा र देवतारण देवी छन् । घाइतेहरूलाई स्थानीय अस्पतालमा भर्ना गरिएको…

प्रेस चौतारी धादिङ को अध्यक्षमा अर्जुन कुमार श्रेष्ठ

धादिङ। नेकपा एमाले निकट पत्रकारहरुको संगठन प्रेस चौतारी नेपाल जिल्ला समिति धादिङको ११ औँ जिल्ला अधिवेशन शनिबार धादिङबेसि मा सम्पन्न भएको छ । भेलाले अर्जुनकुमार श्रेष्ठ को अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरेको हो। नवगठित कार्यसमितिको नामावलीअध्यक्षः अर्जुन कुमार श्रेष्ठउपाध्यक्षः रेख बहादुर गुरुङउपाध्यक्ष(महिला): सुशीला अर्यालसचिवः अनिल कुमार नेपालीकोषाध्यक्षः उपेन्द्र अधिकारीसहसचिवः बिरमान तामाङसहसचिवः बिनोद तमुसदस्यहरुः सुदिप अधिकारी ,रिता कुमारी सारु , अशोक श्रेष्ठ, शर्मिला शाक्य त्यस्तै, केन्द्रीय प्रतिनिधिका रूपमा तारा रिजाल, नानु कार्की, केशव अधिकारी र श्रीहजुर सिलवाल चयन भएका छन् । प्रदेश प्रतिनिधिमा रिताकुमारी (चिनो) सारु, लक्ष्मी भुजेल, सुदिप अधिकारी र…

आईतबार हुने ‘टाइगर कप’ भलिबलको फाइनलमा गण्डकी नेपाल पुलिस सँग खेल्दै

काठमाण्डाै – त्रिभुवन आर्मी क्लबलाई हराउँदै गण्डकी प्रदेश टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय भलिबल क्लब च्याम्पियनशिपको पुरुषतर्फ फाइनलमा पुगेको छ । पोखरा रङ्गशालाको भलिबल कोर्टमा आज भएको दोस्रो क्वालिफायरमा गण्डकीले आर्मीलाई ३–१ को सेटमा हरायाे । गण्डकीले पहिलो सेट २५–१६, तेस्रो सेट २५–१५ र चौथो सेट २५–१९ ले जित्यो । आर्मीले दोस्रो सेट २५–२२ ले जित्यो । अब गण्डकीले उपाधिका लागि नेपाल पुलिस क्लबसँग खेल्नेछ । फाइनल खेल भोलि आइतवार हुनेछ ।

कांग्रेस सभापति अच्युत कलौनी मृत फेला

काठमाण्डौ – कञ्चनपुरको भीमदत्त नगरपालिकाका कांग्रेस सभापति अच्युत कलौनी मृत फेला पर्नुभएको छ । उहाँ भीमदत्त नगरपालिका–१८ मामाभान्जा चोक नजिकै बिहान मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) उमेशराज जोशीका अनुसार ४३ वर्षीय कलौनीलाई बिहान पौने ८ बजे सडकमै मृत अवस्थामा फेला पारिएको हो । प्रारम्भिक अवस्थामा बाहिरी शरीरमा कुनै चोट नदेखिएको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । शवको पोष्टमार्टम रिपोर्टपछि विस्तृत विवरण आउने डीएसपी जोशीले बताउनुभएको छ ।

पेट्रोलियम पदार्थको भाउ बढ्यो, एलपी ग्याँसको भने यथावत्

काठमाण्डौ – नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टीतेल तथा हवाई इन्धनको भाउ बढाएको छ । गएरातिदेखि लागू हुने गरी पेट्रोलको भाउ लिटरको दुई रुपैयाँ, डिजेल र मट्टीतेलको चार रुपैयाँ तथा हवाई इन्धन आन्तरिकतर्फ लिटरको छ रुपैयाँ र बाह्यतर्फ काठमाण्डौको लागि प्रतिकिलोलिटर अमेरिकी डलर ४३ बढेको हो । निगमले तय गरेको नयाँ मूल्य देशभरका विभिन्न ठाउँअनुसार लागू हुनेछ । निगमले पेट्रोलियम पदार्थको मूल्यका लागि ठाउँहरूलाई तीन वर्गमा विभाजन गरेको छ । पहिलो वर्ग अन्तर्गत चारआली, विराटनगर, वीरगञ्ज, जनकपुर, अमलेखगन्ज, भलवारी, नेपालगञ्ज र धनगढी क्षेत्रमा अब पेट्रोलको भाउ लिटरको १६४ रूपैयाँ…

वाशिङ्टन डीसीमा भएको हवाई दुर्घटनामा ६७ जनाकै ज्यान गएको पुष्टि

काठमाण्डौ – अमेरिकामा भएको व्यावसायिक विमान र सैन्य हेलिकप्टर दुर्घटनामा ६७ जनाकै ज्यान गएको छ । हिजो वाशिङ्टन डीसीको विमानस्थलमा अवतरण गर्न लागेको यात्रुवाहक विमान सेनाको ‘ब्ल्याक हक’ हेलिकप्टरसँग ठोकिएर पोटोम्याक नदीमा खसेको थियो । दुर्घटनामा विमानमा रहेका ६४ जना र हेलिकोप्टरमा रहेका तीन जना सबैको ज्यान गएको अमेरिकी अधिकारीहरुले पुष्टि गरेका समाचार संस्था एपीले जनाएको छ । अमेरिकामा सन् २००१ पछिकै भएको यो सबैभन्दा घातक हवाई दुर्घटना हो । सन् २००१ नोभेम्बर २१ मा अमेरिकी एअरलाइन्सको विमान न्यूयोर्कको बेले हार्बरमा आवासीय क्षेत्रमा खस्दा दुई सय ६० जनाको ज्यान गएको…

नेपाल कबड्डी लिगको उपाधिका लागि आज साँझ जनकपुर र काठमाण्डौ खेल्दै

काठमाण्डौ – नेपाल कबड्डी लिग (एनकेएल) को उपाधिका लागि आज जनकपुर नाइट्स र काठमाण्डौ माभरिक्स खेल्दै छन् । त्रिपुरेश्वरमा रहेको दशरथ रङ्गशालाको कभर्डहलमा फाइनल खेल बेलुका साढे ६ बजे शुरू हुनेछ । जनकपुर लिग चरणमा चार जीत र एक बराबरीका साथ शीर्षस्थान रहेको थियो । उसले क्वालिफायरमा विराटनगर ब्यान्डिट्सलाई पराजित गर्दै फाइनलमा पुगेको थियो । त्यस्तै लिग चरणमा काठमाण्डौ तीन जीत, एक बराबरी र एक हारसँगै तेस्रो भएको थियो । त्यसपछि काठमाण्डौले इलिमिनेटरमा धनगढी वाइल्डक्याट्स र क्वालिफाइरमा विराटनगरलाई हराउँदै उपाधि नजिकै पुगेको हो । नेपालमा पहिलो पटक भएको फ्रेन्चाइज कबड्डीको…

बेनीघाट रोराङ गाउँपालिका मा श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ सुरु

धादिङको बेनीघाट रोराङ गाउँपालिकाको आयोजनामा “शिक्षाको लागि भिक्षा अभियान” अन्तर्गत श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञसुरु भएको छ । बिहीबार एक कार्यक्रमको आयोजना गरी उक्त सप्ताहको उद्घाटन गरिएको हो । संविधानसभा अध्यक्ष नारायणप्रसाद दाहालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा बागमती प्रदेशका निवर्तमान मुख्यमन्त्री शालिकराम जमकट्टेलको विशेष आतिथ्यता रहेको थियो । त्यस्तै नेकपा माओवादी केन्द्र धादिङका ईन्चार्ज एवंम संविधानसभा सदस्य पुष्पविक्रम मल्ल, बागमती प्रदेशका प्रदेश सांसद गोविन्द लम्साल, नेकपा माओवादी केन्द्र बागमती प्रदेश कमिटीको सहसचिव दल बहादुर बुर्लाकोटी, नीलकण्ठ नगरपालिकाका उपप्रमुख दिपक विश्वकर्मा, प्रमुख जिल्ला अधिकारी सुमन घिमिरे,नीलकण्ठ नगरकार्यपालिका सदस्य लक्ष्मण रम्तेल, गाउँपालिकाका…