धादिङको थाक्रेमा बस दुर्घटना, तीन घाइते

काठमाडौं– पृथ्वी राजमार्ग अन्तरगत धादिङको थाक्रे गाउँपालिका -१ खेस्टेमा बस दुर्घटना हुँदा तीन जना घाइते भएका छन् ।
काठमाण्डौबाट धादिङ फर्कदै गरेको बा ४ ख ५५१५ नम्बरको बस अनियन्त्रित भई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरिक्षक सुवास हमालले बताउनुभयो । घाईते हुनेमा धादिङको गल्छी गाउँपालिका -०२ का ३२ वर्षीय मन माया मगर, गजुरी गाउँपालिका -०१ का ६० वर्षीय खड्क कुमारी सुबेदी र गल्छी गाउँपालिका -०७ का २७ वर्षीय सपना खड्का रहेका छन् ।
बस चालक नीलकण्ठ नगरपालिका ०७, पिपलछापका तुल बहादुर थापा लाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Related posts

Leave a Comment