राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई थुनामै राख्न माग गर्दै उच्च अदालत पाटनमा निवेदन दायर भएको छ।
जिल्ला अदालत काठमाडौँको ६० लाख धरौटीमा रिहा गर्ने आदेश बदर गरी थुनामै पठाउन माग गर्दै उच्च सरकारी वकिल कार्यालय पाटनले आइतबार मुद्दा दायर गरेको हो।
स्वर्णलक्ष्मी सहकारीको ठगी आरोपमा चार जनालाई धरौटीमा रिहा गर्ने आदेश भएसंगै उनीहरु सबैलाई थुनामै राख्न उच्च सरकारी वकिलले माग गरेको छ। स्वर्णलक्ष्मी सहकारी ठगीकै आरोपमा पूर्व डीआईजी छविलाल जोशी, लेखा समिति सदस्य सुनिता नेवा र कर्ता उपसमितिका सदस्य कमल लामालाई पनि थुनामा राख्न माग गरिएको छ।
यसअघि सभापति लामिछानेलाई कास्की जिल्ला अदालतले ६५ लाख धरौटीमा रिहा गर्न आदेश दिएको थियो। उक्त आदेशविरुद्ध पनि उच्च अदालत पोखरामा मुद्दा दायर भएको छ।
