पत्रकारहरुको क्षमता अभिवृद्धि तालिम तथा अनलाइन दर्ता सम्बन्धी घुम्ती शिविर सम्पन्न

धादिङ

जिल्ला सदरमुकाम धादिङबेशीमा दुर्गम क्षेत्रमा कार्यरत पत्रकारहरुको क्षमता अभिवृद्धि तालिम तथा अनलाइन सञ्चार माध्यम दर्ता सम्बन्धी घुम्ती शिविर सम्पन्न भएको छ ।

गत शनिबार देखि सुरु भएको तीन दिने तालिम आज एक कार्यक्रमको आयोजना गरी सम्पन्न गरिएको हो ।

सूचना तथा प्रसारण विभागको आयोजना र नेपाल पत्रकार महासंघ धादिङको सहकार्यमा आयोजित कार्यक्रममा प्रेस प्रतिनिधी प्रमाणपत्र वितरण तथा अनलाइन सञ्चार माध्यम दर्ता सम्बन्धी घुम्ती शिविर सञ्चालन भएको थियो ।

उक्त शिविरमा दुई अनलाईन दर्ता, दुई अनलाईन नवीकरण तथा १८ जनाको प्रेस प्रतिनिधि प्रमाणपत्र वितरण गरिएको थियो । तालिममा मोबाईल जर्नालिजम(मोजो), समाचारको आधारभूत ज्ञान, अन्तरर्वार्ता लगायतका बिषयमा डाक्टर विजयप्रसाद मिश्र र रामशुभक महतोले सहजीकरण गर्नुभएको थियो ।

उक्त तीन दिने तालिममा ४५ जना पत्रकारहरुको सहभागीता रहेको थियो ।

Related posts

Leave a Comment