दलित जनप्रतिनिधिहरू समुदायप्रति जिम्मेवार तथा उत्तरदायी हुनुपर्छ : उप–प्रमुख दिपक विश्वकर्मा

धादिङ १० जेष्ठ


नीलकण्ठ नगरपालिकाका उप–प्रमुख दिपक विश्वकर्माले दलित जनप्रतिनिधिहरूलाई समुदायप्रतिको जिम्मेवार तथा दायित्वलाई सिक्दै बिस्तारै अघि बढ्नुपर्ने बताउनुभयो । 

धादिङको सिरान बजार स्थित सिटी हलमा आयोजित बागमती प्रदेशभित्रका दलित जनप्रतिनिधिहरूको लागि एक दिवसीय अन्तरक्रिया तथा नेतृत्व विकास प्रशिक्षण कार्यक्रममा बोल्नुहुँदै विश्वकर्माले आफूले पाएको जिम्मेवारीलाई इमानदार भएर पुरागर्नु पर्नेमा जोड दिनु भयो । 

जातीय छुवाछुत तथा सामाजिक भेदभाव विरुद्धको ऐन, २०६८ को १४ औँ वार्षिकोत्सवको अवसरमा सम्पन्न भएको बागमती प्रदेशअन्तर्गत रहेका स्थानीय तहका दलित जनप्रतिनिधिहरूको सहभागितामा एक दिवसीय अन्तरक्रिया तथा नेतृत्व विकास प्रशिक्षण कार्यक्रममा नीलकण्ठ नगरपालिकाको उप प्रमुख दिपक विश्वकर्माको अध्यक्षता रहेको थियो । 

 कार्यक्रममा प्रतिनिधि सभा सदस्य रणेन्द्र बरालीको प्रमुख आतिथ्यता रहेको थियो बागमती प्रदेश सभा सदस्य सोनु परियार, धादिङ जिल्ला न्यायाधीश मन कुमारी जि एम बिकको विशेष आतिथ्यता रहेको थियो ।

कार्यक्रमका प्रमुख अतिथि प्रतिनिधि सभा सदस्य रणेन्द्र बरालीले कार्यक्रममा आफ्नो मन्तव्य व्यक्त गर्नुहुँदै दलित जनप्रतिनिधिहरूको क्षमता विकास र प्रभावकारी सहभागिताको आवश्यकतामाथि जोड दिनुभयो ।

कार्यक्रममा दलित जनप्रतिनिधिहरूबीच अनुभव आदान प्रदान, नेतृत्व विकास र समावेशी नीतिहरूको प्रभावकारी कार्यान्वयनबारे विशेष छलफल भएको थियो भने गोपाल नेपाली, अधिवक्ता प्रकाश नेपाली, द्वन्द्व विश्लेषक राजेन्द्र सेन्चुरीले प्रशिक्षण गर्नुभएको थियो ।

तालिममा सहभागी भएका सहभागीहरूले जात व्यवस्था र जातीय भेदभाव उन्मुलन कानुनले गरीपनि  व्यवहारले हुन नसकेको गुनासो गरेका थिए ।

Related posts

Leave a Comment