धादिङ बैशाख-७ राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनसहित तीन जना नेता सिंहदरबाट पक्राउ परेका छन् । निशेधित क्षेत्र सिंहदरबारभित्रै प्रदर्शन गरेपछि राप्रपा नेताहरूलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । प्रहरीले राप्रपा अध्यक्ष लिङ्देनसहित उपाध्यक्ष बुद्धिमान तामाङ र प्रवक्ता ज्ञानेन्द्रबहादुर शाहीलाई पक्राउ गरेको हो । पक्राउ परेका तीनै जनालाई जिल्ला प्रहरी परिसर काठमाण्डौ भद्रकालीमा राखिएको छ ।
Month: April 2025
एक्लेफाँटमा भारतिय आइचरमा बोलेरो ठोक्किदा एकजनाको मृत्यु
धादिङ बैशाख-६ पृथ्वी राजमार्ग अन्तर्गत धादिङको एक्लेफाँटमा भारतिय आइचरमा बोलेरो ठोक्किदा एक जनाको ज्यान गएको छ । काठमाडौंबाट पोखरातर्फ जाँदै गरेको बागमती प्रदेश ३–०१–०२३ च ६५८ नम्बरको बोलेरो UP32TN4198 नम्बरको ईण्डियन आईचर गाडीमा ठोक्किदा बोलेरोमा सवार ललितपुर बागमती गाउँपालिका वडा नं १ का ३४ वर्षीय थुल बाबु थिङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरीक्षक सुवास हमालले जानकारी दिनुभयो । प्रहरी नायव उपरीक्षक हमालका अनुसार दुर्घटनामा परि घाइते भएका थिङको काठमाडौंको ट्रमा सेन्टरमा उपचारका क्रममा ज्यान गएको हो । उनको टाउकोमा चोट लागेको र अवस्था गम्भीर रहेको थियो…
धादिङको गंगाजमुना गाउँपालिकामा उद्धघोषण सम्बन्धी ३ दिवसीय तालिम सुरु
धादिङ ५ बैशाखउत्तरी धादिङको गंगाजमुना गाउँपालिकामा पालिकाको निर्वाचित महिला जनप्रतिनिधीहरुको लागि उद्धघोषण सम्बन्धी ३ दिवसीय क्षमता विकास तालिम सुरु भएको छ । शुक्रबार सहिद स्मृति सञ्चार सहकारी संस्था लिमिटेडद्धारा सञ्चालित सामुदायिक रेडियो रेडियो बिहानी ९७.६ मेगाहर्जको आयोजना र गंगाजमुना गाउँपालिका धादिङको आर्थिक सहयोगमा उक्त तालिम सुरु भएको हो । गाउँपालिका उपाध्यक्ष रामेश्वर सिंखडाको अध्यक्षतामा सम्पन्न गरिएको उद्धघाटन कार्यक्रममा संविधान सभा सदस्य एवम् सहिद स्मृति सञ्चार सहकारी संस्था लिमिटेडका पुर्व अध्यक्ष पुष्प विक्रम मल्लको प्रमुख आतिथ्यता रहेको थियो । त्यस्तै गाउँपालिकाको प्रमुख प्रशासकिय अधिकृत सञ्जय बहादुर स्याङतान, गाउँपालिकाको प्रवक्ता एवम् वडा…
नेवाःराष्ट्रिय मुक्ति मोर्चा नेपाल धादिङको जिल्ला भेला सम्पन्न
धादिङ वैशाख-४नेवाःराष्ट्रिय मुक्ति मोर्चा नेपाल धादिङको जिल्ला भेला सम्पन्न भएको छ। बिहीबार धादिङ बेसीमा सम्पन्न भेलाले नेमबहादुर श्रेष्ठको अध्यक्षतामा १६ सदस्य कार्यसमिति चयन गरेको हो। कार्यसमितिको उपाध्यक्षमा नारायण कुमार श्रेष्ठ र शुक्रकुमार श्रेष्ठ, सचिवमा नवराज श्रेष्ठ (चट्टान) चयन हुनुभएको छ । शुक्रकुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा संविधानसभा सदस्य पुष्पविक्रम मल्लको प्रमुख आतिथ्यता रहेको थियो। कार्यक्रममा माओवादी केन्द्रका केन्द्रीय सदस्य अप्सरा सिम्खडा, बागमती प्रदेश सह—सचिव दलबहादुर बुर्लाकोटी, माओवादी केन्द्र जिल्ला कमिटी सल्लाहकार केशरी प्रसाद पन्त नीलकण्ठ नगर कमिटी अध्यक्ष अमृत तामाङ लगायतको उपस्थिति रहेको थियो ।
जिल्ला स्तरीय एकिकृत पर्यापर्यटन योजना निर्माण गोष्ठी धादिङमा सम्पन्न
धादिङ ३ बैशाख सदरमुकाम धादिङबेसीमा जिल्ला स्तरीय एकिकृत पर्यापर्यटन योजना निर्माण गोष्ठी सम्पन्न भएको छ । जिल्ला समन्वय प्रमुख नवराज अधिकारीको अध्यक्षतामा सम्पन्न भएको गोष्ठीमा कृषि तथा पशुपन्छि विकास मन्त्री रामनाथ अधिकारीको प्रमुख आतिथ्यता रहेको थियो । त्यस्तै प्रदेश सांसद गोविन्द लम्साल, संविधान सभा सदस्य पुष्प विक्रम मल्ल, गुरु प्रसाद बुर्लाकोटी, खेम लोहनी, रामकुमार अधिकारी विभिन्न नगरपालिकाको नगरप्रमुख, उपप्रमुख, गाउँपालिकाको प्रमुख तथा उपप्रमुखहरु, विभिन्न राजनैतिक दलका प्रमुख एवम् प्रतिनिधीहरु, विभिन्न पर्यटन विज्ञ तथा व्यवसायीहरु लगायत विभिन्न विशिष्ट व्यक्तित्वहरुको सहभागिता रहेको थियो । कार्यक्रमलाई सम्बोधन गर्नेुहुदै कार्यक्रमको प्रमुख अतिथि कृषि तथा…
सदायकी मृत्युबारे छानबिन गर्न गृहमन्त्री लेखकको निर्देशन
धादिङ, वैशाख-३ यौन दुर्व्यवहारमा परेकी सिरहाको आनन्दी देवी सदायकी मृत्युबारे छानबिन गर्न गृहमन्त्री रमेश लेखकले निर्देशन दिएका छन्। बुधबार गृहमन्त्री लेखकले बिहान प्रहरी महानिरीक्षक (आईजी) दीपक थापालाई टेलिफोन गर्दै घटनाबारे छानबिन गर्न निर्देशन दिएको लेखकको सचिवालयले जनाएको छ । आफूमाथि बलात्कारको प्रयास भएको बताएकी नरहा गाउँपालिका बर्छवा गाउँकी २५ वर्षीया आनन्दी देवी सदाय मृत अवस्थामा भेटिएकी थिइन् । उनी हिजो मंगलबार सिरहाकै नवराजपुर गाउँपालिका–३ दोनबारी टोलस्थित माइतीघरमा झुण्डिएको अवस्थामा मृत भेटिएकी थिइन् । गत ९ पुसमा आफूमाथि दुई युवाले बलात्कार प्रयास गरेको उनले बताउँदै आएकी थिइन् । प्रहरीमा जाहेरी…
पेट्रोल, डिजल र मट्टीतेलको मूल्य घट्यो
धादिङ, वैशाख-३ पेट्रोलियम पदार्थको मूल्य घटेको छ । मंगलबार राति १२ बजेबाट लागू हुने गरी पेट्रोल, डिजल र मट्टीतेलको मूल्य घटाइएको नेपाल आयल निगमले जनाएको छ । निगमका अनुसार पेट्रोल, डिजल र मट्टीतेलमा ३/३ रुपैयाँ घटाइएको हो । योसँगै काठमाडौं, पोखरा र दिपायलमा पेट्रोलको १६० र मट्टीतेलको १४६ रुपैयाँ पर्नेछ । सुर्खेत र दाङमा पेट्रोलको १५९ र मट्टीतेलको १४५ रुपैयाँ पर्नेछ । त्यस्तै, चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीगञ्जमा भने पेट्रोलको १५७ रुपैयाँ ५० पैसा र मट्टीतेलको १४३ रुपैयाँ ५० पैसा पर्नेछ ।
जुलियन किर्पाललाई देश निकाला
धादिङ, वैशाख-१ राजसंस्थाका पक्षमा नाराबाजी गर्ने अमेरिकी नागरिक ५८ वर्षीय जुलियन किर्पाललाई सरकारले देश निकाला गरेको छ । गृह मन्त्रालयले किर्पाललाई नेपाल प्रवेशमा दुई वर्ष प्रतिबन्ध लगाउँदै तत्काल डीपोर्ट गर्ने निर्णय गरेको हो। उनलाई मंगलबार (भोलि) सम्ममा स्वदेश पठाउने तयारी रहेको अध्यागमन विभागका सूचना अधिकारी टिकाराम ढकालले जानकारी दिनुभयो। विदेशी नागरिक भएर पनि नेपालको राजनीतिक गतिविधिमा संलग्न रहेको पाइएकाले प्रतिबन्धसहित देश निकाला गरेको ढकालको भनाइ छ । ‘उहाँले पनि आफ्नो देश जाने रुची राख्नु भयो, पर्यटन भिषामा आउनु भएको रहेछ, पर्यटकीय कार्यभन्दा बाह्रय गतिविधि गरेको देखियो, त्यही कारण उहाँलाई…
एसिया छनोट अन्तर्गत दोस्रो खेलमा आज नेपालले ओमानसँग खेल्दै
धादिङ, वैशाख-१ काठमाडौंमा जारी आईसीसी यू–१९ विश्वकप एसिया छनोट अन्तर्गत दोस्रो खेलमा आज नेपालले ओमानसँग खेल्दै छ । खेल बिहान साढे ९ बजेदेखि माथिल्लो मुलपानी क्रिकेट मैदानमा शुरु हुनेछ । नेपालले पहिलो खेलमा आइतबार यूएईमाथि डिएलएस पद्दति अनुसार ५ रनको जित निकाल्दै विजयी सुरुवात गरेको थियो । ओमानले भने आईतबार नै भएको खेलमा अफगानिस्तानसँग ८ विकेटको फराकिलो हार बेहोरेको थियो । आजै तल्लो मुलपानी मैदानमा अफगानिस्तानले हङकङसँग खेल्ने तालिका छ । नेपाल, अफगानिस्तान, यूएई, ओमान र हङकङ सहभागी यस छनोटबाट शीर्ष हुने टोली आगामी वर्ष जिम्बावे र नामिबियामा हुने यू–१९…
पूर्व राजा शाहद्वारा तीनकुने घटनाप्रति दुख व्यक्त
धादिङ, वैशाख-१ पूर्व राजा ज्ञानेन्द्र शाहले गत चैत १५ गते कोटेश्वर र तीनकुने क्षेत्रमा भएको हत्या, आगजनी, तोडफोडलगायतका हिंसाजन्य घटनाप्रति दुःख व्यक्त गर्नु भएको छ । राजावादी समूहले गरेको प्रदर्शनले हिंसात्मक रूप लिँदा भएको घटनामा पत्रकारसहित दुई जनाको ज्यान जानुका साथै निजी तथा सरकारी भवनमा आगजनी भएको थियो । उक्त हिंसात्मक घटनाबारे चौतर्फी आलोचना भए पनि उहाँकै नाम जोडेर आयोजित प्रदर्शनमा पूर्व राजा ज्ञानेन्द्र मौन बस्दै आउनुभएको थियो । उहाँलाई गिरफ्तार गरी कानुनी कठघरामा उभ्याइनुपर्ने सम्मका माग भइरहेको वेला आइतबार नयाँ वर्षको शुभकामना सन्देशसँगै घटनाप्रति दुःख व्यक्त गर्नुभएको हो । ‘केही दिनअघि…
