एक्लेफाँटमा भारतिय आइचरमा बोलेरो ठोक्किदा एकजनाको मृत्यु


धादिङ बैशाख-६

पृथ्वी राजमार्ग अन्तर्गत धादिङको एक्लेफाँटमा भारतिय आइचरमा बोलेरो ठोक्किदा एक जनाको ज्यान गएको छ ।

काठमाडौंबाट पोखरातर्फ जाँदै गरेको बागमती प्रदेश ३–०१–०२३ च ६५८ नम्बरको बोलेरो UP32TN4198 नम्बरको ईण्डियन आईचर गाडीमा ठोक्किदा बोलेरोमा सवार ललितपुर बागमती गाउँपालिका वडा नं १ का ३४ वर्षीय थुल बाबु थिङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरीक्षक सुवास हमालले जानकारी दिनुभयो ।

प्रहरी नायव उपरीक्षक हमालका अनुसार दुर्घटनामा परि घाइते भएका थिङको काठमाडौंको ट्रमा सेन्टरमा उपचारका क्रममा ज्यान गएको हो । उनको टाउकोमा चोट लागेको र अवस्था गम्भीर रहेको थियो । बोलेरोमा सवार ५ जना मध्ये अन्य ४ जना सकुसल रहेका छन् ।

रातको समय र ठोक्किदा सिसा फुटेका कारण क्षति भएको हुन सक्ने प्रहरी नायव उपरीक्षक हमालले बताए । ईण्डियन आईचर चालक भारत उत्तर प्रदेश मोहमदपुर खलाका ४० वर्षीय कमलेश कुमार यादवलाईे नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको उहाँले बताउनुभयो ।

Related posts

Leave a Comment