एसिया छनोट अन्तर्गत दोस्रो खेलमा आज नेपालले ओमानसँग खेल्दै

धादिङ, वैशाख-१

काठमाडौंमा जारी आईसीसी यू–१९ विश्वकप एसिया छनोट अन्तर्गत दोस्रो खेलमा आज नेपालले ओमानसँग खेल्दै छ ।

खेल बिहान साढे ९ बजेदेखि माथिल्लो मुलपानी क्रिकेट मैदानमा शुरु हुनेछ ।  नेपालले पहिलो खेलमा आइतबार यूएईमाथि डिएलएस पद्दति अनुसार ५ रनको जित निकाल्दै विजयी सुरुवात गरेको थियो । 

ओमानले भने आईतबार नै भएको खेलमा अफगानिस्तानसँग ८ विकेटको फराकिलो हार बेहोरेको थियो । आजै तल्लो मुलपानी मैदानमा अफगानिस्तानले हङकङसँग खेल्ने तालिका छ । 

नेपाल, अफगानिस्तान, यूएई, ओमान र हङकङ सहभागी यस छनोटबाट शीर्ष हुने टोली आगामी वर्ष जिम्बावे र नामिबियामा हुने  यू–१९ विश्वकपमा छनोट हुने छन् । 

नेपालले गत वर्ष दक्षिण अफ्रिकामा भएको विश्वकप खेलेको थियो भने नेपालले अहिलेसम्म आठ पटक युवा विश्वकप खेलिसकेको छ । 

Related posts

Leave a Comment