कक्षा १२ काे परीक्षा तालिका सार्वजनिक

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा तालिका सार्वजनिक गरेको छ । बोर्डले वैशाख २१ गतेदेखि शुरू हुने गरी कक्षा १२ को परीक्षाको संशोधित तालिका सार्वजनिक गरेको हो। परीक्षा जेठ २ गतेसम्म चल्ने छ ।

परीक्षा पहिलो दिन अनिवार्य अंग्रेजी ,संस्कृत रचना, बुद्ध शिक्षा,उर्दू व्याकरण विषयको परीक्षा हुनेछ ।

यसअघि भोलि ११ गतेदेखि कक्षा १२ को परीक्षा गर्ने भनिए पनि काठमाण्डौमा चलिरहेको शिक्षक आन्दोलनका कारण बोर्ड पूर्वनिर्धारित समयमा परीक्षा नगर्ने निर्णयमा पुगेको थियो ।

Related posts

Leave a Comment