राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा तालिका सार्वजनिक गरेको छ । बोर्डले वैशाख २१ गतेदेखि शुरू हुने गरी कक्षा १२ को परीक्षाको संशोधित तालिका सार्वजनिक गरेको हो। परीक्षा जेठ २ गतेसम्म चल्ने छ । परीक्षा पहिलो दिन अनिवार्य अंग्रेजी ,संस्कृत रचना, बुद्ध शिक्षा,उर्दू व्याकरण विषयको परीक्षा हुनेछ । यसअघि भोलि ११ गतेदेखि कक्षा १२ को परीक्षा गर्ने भनिए पनि काठमाण्डौमा चलिरहेको शिक्षक आन्दोलनका कारण बोर्ड पूर्वनिर्धारित समयमा परीक्षा नगर्ने निर्णयमा पुगेको थियो ।
Day: April 23, 2025
प्रधानमन्त्री ओली र मोदी बिच टेलिफोन वार्ता
धादिङ, वैशाख– १० प्रधानमन्त्री केपी शर्मा ओलीले जम्मु कश्मीरमा भएको आतङ्कवादी हमलापछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग टेलिफोन संवाद गर्नुभएको छ । छलफलका क्रममा उहाँले हमलामा ज्यान गुमाएका प्रति समवेदना प्रकट गर्दै यस्ता जघन्य घटनाविरुद्ध नेपालको ऐक्यबद्धता व्यक्त गर्नु भएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार ‘द रेसिस्टेन्ट फ्रन्ट’ नामक समूहले हमलाको जिम्मेवारी लिएको छ । यो हमला पछिल्ला वर्षहरूमा नागरिकमाथिको सबैभन्दा ठूलो आक्रमण मानिएको छ । प्रधानमन्त्री मोदी साउदी अरबको भ्रमण बिच भारत फर्किएर आक्रमणलाई आतङ्कवादी हमला भन्नु भएको छ र दोषीलाई कारबाहीको चेतावनी समेत दिनुभएको छ । हमलापछि दिल्ली, मुम्बईसहित…
शिक्षक महासंघको दबाबपछि राष्ट्रिय परीक्षा बोर्डको कक्षा १२ को परीक्षा स्थगित
धादिङ,बैशाख—१०शिक्षक महासंघको दबाबपछि राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा स्थगित गरेको छ । आगामी बिहीबारबाट हुने परीक्षा अब वैशाख २१ गतेबाट हुने राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले बताउनुभयो । मंगलबार बिहान बसेको बोर्ड बैठकले कर्मचारी परिचालन गरेर तोकिएकै दिन परीक्षा सञ्चालन गर्ने निर्णय गरेको थियो । उक्त निर्णयको चौतर्फी आलोचना भएको थियो । शिक्षक महासंघले परीक्षा बहिष्कारको निर्णय लिएको थियो । शिक्षामन्त्रीको समेत जिम्मेवारी सम्हाल्नुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले बोर्डलाई परीक्षा सार्न निर्देशन दिनुभएको थियो । बोर्डको निर्णयपछि अधिकारीहरू दिनभर छलफलमा थिए । बोर्डका अध्यक्ष शर्मासहितको टोली…
घट्यो सुनको मुल्य
धादिङ,बैशाख—१० सुनको मूल्य आज तोलामा सात हजार ५०० रुपैयाँले घटेको छ । मंगलबार स्थानीय बजारमा हालसम्मकै उच्च अर्थात् प्रतितोला एक लाख ९७ हजार ९०० रुपैयाँ पुगेको सुनको मूल्य आज घटेर एक लाख ९० हजार ४०० मा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आज चाँदी भने प्रतितोला रु पाँचले घटेर एक हजार ९६५ रुपैयाँमा कारोबार भएको छ । अन्तरराष्ट्रिय बजारमा आज सुन प्रतिऔंस तीन हजार ३ ४५ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ ।
