पाटन संयुक्त क्याम्पसमा नेविसंघ र अनेरास्ववियुका विद्यार्थीहरूबिच कुटाकुट भएको छ । फर्जी मत खसेको भन्दै एमालेनिकट अनेरास्ववियुले मतदान रोकेपछि झडप भएको हो । नेविसंघ र अनेरास्ववियुका नेताबीच कुटाकुट हुँदा केही घाइते समेत भएका छन् । फर्जी मत खेसेको भन्दै विवाद भएको थियो। विवाद समाधान गर्न सर्वपक्षीय बैठक बसिरहेका बेला बाहिर नेविसंघ र अनेरास्ववियुका कार्यकर्ताबिच कुटाकुट भएको हो ।
Day: March 18, 2025
राजतन्त्र फर्काउने ‘नाटक मञ्चन’ नगरियोस् – प्रचण्ड
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजतन्त्र फर्काउने ‘नाटक मञ्चन’ नगर्न राजावादीहरूलाई आग्रह गर्नुभएको छ । मंगलबार काठमाडौंमा आयोजित एक पुस्तक विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै उनले राजतन्त्र फर्काउने मुर्खता गर्दा त्यसको ठूलो मूल्य चुकाउनुपर्ने जिकिर गर्नुभएको छ । ‘फेरि अर्को मुर्खता नगरियोस् । नत्र त्यसले निकै ठूलो मूल्य चुकाउनुपर्ने हुन्छ,’ पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष प्रचण्डले भन्नुभयो। अहिले सुरु भएको डिबेटले जनतालाई अझै चेतनशील बनाउने अवसर हुनसक्ने प्रचण्डले बताउनु भयो। ‘अहिले जुन डिबेट सुरु भएको छ, यसले नेपाली जनतालाई अझै बढी चेतनशील बनाउन, नयाँ विचार र सिद्धान्तको खोजी गर्ने अवसर…
४.३ म्याग्निच्युडको भूकम्प गयो
आज बिहान अछाममा भूकम्प गएको छ। बिहान ६:३० बजेको समयमा अछामको बाटुलासेन केन्द्रविन्दु भएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरले जनाएको छ। केन्द्रका अनुसार भूकम्प ४.३ म्याग्निच्युडको गएको हो । भूकम्पले अछामका साथै आसपासका जिल्लामा पनि धक्का महसुस भएको थियो।
पुटिनसँग भेट्दै ट्रम्प
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग मंगलबार युक्रेन शान्ति वार्ता गर्ने बताएका छन् । वार्ताका क्रममा जमिन, विद्युत् उत्पादन केन्द्र र केही सम्पत्तिको बाँडफाँटका विषयमा पनि छलफल गरिने ट्रम्पले जनाएका छन्। यस वार्ताले रूस र युक्रेनबीच भइरहेको युद्ध रोक्न पनि पहल गर्ने जनाइएको छ। रुसले अमेरिका र रूसी नेताहरूबीचको फोन वार्ता योजनाबद्ध रहेको पुष्टि गरेको छ तर उनीहरूले के छलफल गर्नेछन् भन्ने विषयमा भने जानकारी दिएको छैन। यसैबीच युरोपेली संघको विदेश नीति प्रमुख काजा कालासले रूसले शान्ति नचाहेको टिप्पढी गरे। उनले भने, ‘रूस वास्तवमा शान्ति चाहँदैन, किनभने…
