धादिङको गजुरी गाउँपालिकामा सञ्चालन भएको खुल्ला रक्तदान रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
सोमबार वडा नम्बर १ को गजुरी बजार स्थितमा नेपाल रेडक्रस सोसाइटी गजुरी उप–शाखाद्वारा आयोजित रक्तदान कार्यक्रममा १६ जना महिला र ५९ जना पुरुष गरी ७५ जनाले रक्तदान गरिएको नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा धादिङका कोषाध्यक्ष नारायण कुमार श्रेष्ठले जानकारी दिनुभयो ।
उक्त रक्तदान कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी रक्त संचार केन्द्र धादिङको प्रविधिक सहयोग र गजुरी सामुदायिक विकास समाज, गजुरी रुद्रेश्वर आमा समूह, नेपाल रेडक्रस सोसाइटी युवा सर्कल आदर्श बहुमुखी क्याम्पस गजुरीकोे सहकार्य रहेको थियो ।
