७५ जनाले गराए रक्तदान

धादिङको गजुरी गाउँपालिकामा सञ्चालन भएको खुल्ला रक्तदान रक्तदान कार्यक्रम सम्पन्न भएको छ । सोमबार वडा नम्बर १ को गजुरी बजार स्थितमा नेपाल रेडक्रस सोसाइटी गजुरी उप–शाखाद्वारा आयोजित रक्तदान कार्यक्रममा १६ जना महिला र ५९ जना पुरुष गरी ७५ जनाले रक्तदान गरिएको नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा धादिङका कोषाध्यक्ष नारायण कुमार श्रेष्ठले जानकारी दिनुभयो । उक्त रक्तदान कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी रक्त संचार केन्द्र धादिङको प्रविधिक सहयोग र गजुरी सामुदायिक विकास समाज, गजुरी रुद्रेश्वर आमा समूह, नेपाल रेडक्रस सोसाइटी युवा सर्कल आदर्श बहुमुखी क्याम्पस गजुरीकोे सहकार्य रहेको थियो ।

नेपाल हङकङ सामु २ रनले पराजित

युगान्डामा जारी वुमेन्स टी -२० क्वाड्रान्गुलर सिरिज अन्तर्गत नेपाल हङकङ सामु २ रनले पराजित भएको छ। हङकङले दिएको १०१ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै मात्र ९८ रन बनाउन सक्यो। नेपालले टस जितेर पहिला बलिङ रोजेपछि ब्याटिङ गरेको हङकङले निर्धारित ओभरमा ७ विकेट गुमाएर १०० रनको योगफल तयार पारेको थियो। नेपालका लागि कप्तान इन्दु बर्माले सर्बाधिक ३२ रन बनाइन् । त्यस्तै पुजा महतोले १९ रन तथा बिन्दु रावलले १४ रन बनाउँदा रोमा थापाले १३ रन जोडिन् । सना प्रविन ले १० रन बनाउँदा अन्य ब्याटरले दोहोरो…

नीलकण्ठ नगरपालिकाका विभिन्न विद्यालयमा ४३ लाख १४ हजार ९ सय ४१ मूल्य बराबरको शैक्षिक सामग्री वितरण

धादिङको नीलकण्ठ नगरपालिका भित्रका विभिन्न विद्यालयहरुमा शैक्षिक सामाग्री वितरण गरिएको छ । नीलकण्ठ नगरपालिका धादिङका उपप्रमुख दिपक विश्वकर्माको विशेष पहलमा नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य विष्णु पुकार श्रेष्ठको साझेदार समन्वयमा आईतबार देखि नगरपालिकाको विभिन्न वडामा रहेको विद्यालयहरुमा शैक्षिक सामाग्रीहरु वितरण गरिएको छ । सोमबार वडा नम्बर ७ स्थित कर्णेश्वर माध्यमिक विद्यालयमा १ सय ५५ जना, वडा नम्बर ४ को गैरी गाउँ माध्यमिक विद्यालयमा १ सय ९४ जना सुनकन्या आधारभूत विद्यालय र वडा नम्बर ७ का ७१ जना विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरिएको नीलकण्ठ नगरपालिकाले जनाएको छ । आईतबार मात्र…

आज नेपाल र हङकङ भिड्दै

 युगाण्डामा सुरु भएको चार देश सम्मिलित वुमन्स डे कपमा आज तेस्रो दिनका खेलहरू हुँदैछन् । आजको पहिलो खेलमा घरेलु टोली युगाण्डा र नामिबियाबीच खेल हुँदैछ । दोस्रो खेलमा नेपालले हङकङसँग खेल्ने छ । नेपालको खेल अपराह्न पौने ५ बजेदेखि सुरु हुनेछ । शनिबार भएको पहिलो खेलमा नेपाल नामिबियासँग पराजित भएको थियो भने आइतबार दोस्रो खेलमा युगाण्डालाई एक विकेटले हराएको थियो । हङकङ पहिलो खेलमा युगाण्डासँग पराजित हुँदा आइतबार नामिबियालाई हराएको थियो । हालसम्म सबै टोली २ खेलबाट २-२ अंकमा छन् । नेपालले यसपछि फागुन २८ मा नामिबियासँग, २९ मा युगाण्डासँग…