युगान्डामा जारी वुमेन्स टी -२० क्वाड्रान्गुलर सिरिज अन्तर्गत नेपाल हङकङ सामु २ रनले पराजित भएको छ।
हङकङले दिएको १०१ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै मात्र ९८ रन बनाउन सक्यो।
नेपालले टस जितेर पहिला बलिङ रोजेपछि ब्याटिङ गरेको हङकङले निर्धारित ओभरमा ७ विकेट गुमाएर १०० रनको योगफल तयार पारेको थियो।
नेपालका लागि कप्तान इन्दु बर्माले सर्बाधिक ३२ रन बनाइन् । त्यस्तै पुजा महतोले १९ रन तथा बिन्दु रावलले १४ रन बनाउँदा रोमा थापाले १३ रन जोडिन् । सना प्रविन ले १० रन बनाउँदा अन्य ब्याटरले दोहोरो अङ्कमा रन बनाउन सकेनन् । हङकङको लागि मारिको हिल्सले २ मे वि स्वि तथा क्यरे चानले समान १ – १ विकेट लिइन् ।
त्यस अघि टस हारेर ब्याटिङ गरेको हङकङले निर्धारित ओभरमा ७ विकेट गुमाउँदै १०० रन बनाएको थियो ।
