धादिङ संसद भवनमा प्रवेश गर्न खोजेको आरोपमा प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा खगेन्द्र सुनुवार रहेका छन् । दलितको लागि दलित अभियानका अभियन्ता सुनुवार मिनभवनबाट बानेश्वरतर्फ संसद् भवनमा जान खोजेपछि प्रहरीले उनलाई पक्राउ गरेर बानेश्वर वृत्तमा लगेको छ । निषेधित क्षेत्रमा प्रवेश गरेपछि उनलाई प्रहरीले नियन्त्रणमा लिएको बताइएको छ ।
Month: February 2025
ससाह ज्यामिरेमा शिशुको शव फेला, घटनाबारे थप अनुसन्धान जारी
धादिङ धादिङको नीलकण्ठ नगरपालिका वडा नं -८ ससाह ज्यामिरेमा शिशुको शव फेला परेको छ । सोमबार ससाह खोलाबाट ज्यामिरे आउजाउ गर्ने ठाडोबाटोको छेउ नजिकै बाँझो बारीमा कागले लुछिरहेको अवस्थामा शिशुको शव भेटिएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरीक्षक एवं सुचना अधिकारी सुवास हमालले जानकारी दिनुभयो । केराको फेदमा रगतजन्य प्लाष्टिक रहेको र त्यसको केही माथी बारीको पाटामा कागले लुछिरहेको अवस्थामा स्थानीयले देखेपछि सोमबार विहान प्रहरीलाई खबर गरेको प्रहरी नायव उपरीक्षक हमालले बताउनुभयो । मृतक शिशुको शव करिव ३ किलोको रहेको छ। शिशुको शव प्लाष्टिकको झोलामा हालेर फालेको र जनावरले…
ड्युटीमा रहेका प्रहरीमाथि आक्रमण गर्ने नेकपा (एमाले) निकट विद्यार्थी नेताहरु पक्राउ
ड्युटीमा रहेका प्रहरीमाथि सांघातिक आक्रमण गर्ने नेकपा (एमाले) निकट विद्यार्थी संगठन अनेरास्ववियूका विद्यार्थी नेताहरु पक्राउ परेका छन् । अनेरास्ववियुका नेता तथा अमृत साइन्स क्याम्पस (अस्कल) इकाइका उपाध्यक्ष तथा स्ववियु सदस्य दिनेश सिग्देल र रमेश फुलारालाई प्रहरीले पक्राउ गरेको हो । गत माघ २४ गते मध्यराति अनेरास्ववियूका स्थायी कमिटी सदस्य एवं अमृत साइन्स क्याम्पस (अस्कल) इकाइका पूर्व अध्यक्ष कमल जोशी, सिग्देल, फुलारालगायतको ग्याङले आक्रमण गरेका थिए । मदिराले लठ्ठ भएर हल्ला गर्दै हिँडेका उनीहरुले प्रहरी वृत्त, दरबारमार्गमा केशरमहल बिटबाट खटिएका प्रहरी हवल्दार जगुलाल घर्ती र जवान नगेन्द्रराज विष्टमाथि उनीहरुले सांघातिक आक्रमण…
ग्रामीण यातायात सहकारी धादिङको अध्यक्षमा बद्री प्रसाद सुवेदी
धादिङ २६ माघ ग्रामीण यातायात सहकारी संस्था लिमिटेड धादिङको १६ औं बार्षिक साधारणसभा तथा छैटौं अधिबेशनबाट अध्यक्षमा बद्री प्रसाद सुवेदी चयन हुनु भएको छ । त्यस्तै समितिको उपाध्यक्षमा ईश्वर धरेल, महासचिवमा प्रमोद पोखरेल, कोषाध्यक्षमा बाबुकाजी श्रेष्ठ, सचिवमा विनोद बाबु रिमाल चयन हुनु भएको छ । सदस्यहरुमा सुरेन्द्र कोइराला, कुल बहादुर रायमाझी, शेर बहादुर बस्नेत, हरि बहादुर गुरुङ, तिलक श्रेष्ठ, मंग बहादुर तामाङ चयन भएका छन । अधिबेशनबाट लेखा समिति तर्फ संयोजकमा चन्द्र बहादुर लम्साल र सदस्यहरुमा राजाराम रिजाल र केशव कुमार श्रेष्ठ चयन गरेको छ ।
धादिङको थाक्रेमा बस दुर्घटना, तीन घाइते
काठमाडौं– पृथ्वी राजमार्ग अन्तरगत धादिङको थाक्रे गाउँपालिका -१ खेस्टेमा बस दुर्घटना हुँदा तीन जना घाइते भएका छन् ।काठमाण्डौबाट धादिङ फर्कदै गरेको बा ४ ख ५५१५ नम्बरको बस अनियन्त्रित भई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरिक्षक सुवास हमालले बताउनुभयो । घाईते हुनेमा धादिङको गल्छी गाउँपालिका -०२ का ३२ वर्षीय मन माया मगर, गजुरी गाउँपालिका -०१ का ६० वर्षीय खड्क कुमारी सुबेदी र गल्छी गाउँपालिका -०७ का २७ वर्षीय सपना खड्का रहेका छन् ।बस चालक नीलकण्ठ नगरपालिका ०७, पिपलछापका तुल बहादुर थापा लाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
हिमपातको सम्भावना
आजदेखि पर्सि सोमवारसम्म हिमाली क्षेत्रका केही ठाउँमा हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान माशाखाले जनाएको छ । महाशाखाका अनुसार आज कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बदलीसँगै एक–दुई ठाउँमा हल्का हिमपातको सम्भावना रहेको छ । अन्य प्रदेशको मौसम सामान्यतया सफा रहने अनुमान छ । भोलि र पर्सि भने बाग्मती प्रदेशका एक–दुई ठाउँमा पनि हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । अहिले देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । यसको प्रभावले कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको महाशाखाले जनाएको छ…
धादिङमा भोली विद्युत सेवा अवरुद्ध हुने
धादिङमा भोली माघ २६ गते शनिबार विद्युत सेवा अवरुद्ध हुने भएको छ । नेपाल विद्युत प्राधिकरणको धादिङ वितरण केन्द्रले एक सुचना जारी गर्दै शनिबार देविघाट सवस्टेशनदेखि रातमाटे सवस्टेशन हुँदै धादिङवेशी–जरे–सल्यानटार ३३ के.भी. प्रसारण लाइनको दायाँ–बायाँका रुखका हाँगाहरू काट्ने र मर्मत कार्य गर्नुपर्ने भएकोले विद्युत सेवा अवरुद्ध हुने जनाएको हो । उक्त समयमा निलकण्ठ नगरपालिका, सिद्धलेक गाउँपालिका, ज्वालामुखी गाउँपालिका, त्रिपुरासुन्दरी गाउँपालिका, वेनीघाट रोराङ रोराङगाउँपालिका, गजुरी गाउँपालिका, गल्छी गाउँपालिका, गंगाजमुना गाउँपालिका र गोरखा जिल्लाको आरुघाट फिडर अन्तर्गतका केही स्थानहरूमा विद्युत अवरुद्ध हुने सुचनामा उल्लेख गरिएको छ । विद्युत बिहान ११ बजे देखि…
जुम्लामा गृहमन्त्रीविरुद्ध राँके जुलुस, राजीनामा माग
अन्तरजातीय विवाहलाई दबाउन तथा जातीय विभेद संरक्षण गर्न खोजेको भन्दै गृहमन्त्री रमेश लेखकविरुद्ध राँके जुलुससहित नाराबाजी गरिएको छ। जुम्लामा दलित अगुवा युवाहरूले राँके जुलुससहित गृहमन्त्री लेखकविरुद्ध नाराबाजी गरेका हुन्। जिल्ला प्रशासन कार्यालय, जुम्ला अगाडि जुलुस निकालेका उनीहरूले ‘जाति विभेद अन्त्य गर’, ‘गृहमन्त्री राजीनामा दे’लगायतका नारा लगाएका छन्। आन्दोलित युवामध्ये नन्द तिरुवाले संसद्मा गृहमन्त्रीको उत्तर चित्तबुझ्दो नभएको भन्दै थप आन्दोलन गर्नुपरेको बताए। आन्दोलित युवाहरूले यो विषयमा न्याय नदिएसम्म आन्दोलन निरन्तर हुने बताएका छन् । गत बुधबार जिल्लास्थित विभिन्न पार्टीका भातृ सङ्गठन तथा दलित अगुवाहरूले प्रेस विज्ञप्ति जारी गर्दै जिल्ला प्रशासन कार्यालय,…
धादिङ उद्योग वाणिज्य संघको कार्यसमितिको पदभार ग्रहण
धादिङ उद्योग वाणिज्य संघको ११औं अधिवेशनबाट निर्वाचित पदाधिकारी तथा सदस्यहरुले पदभार ग्रहण गरेका गरेका छन् । गत पुस २६ र २७ गते धादिङवेशीमा सम्पन्न संघको ३१औं साधारण सभा तथा ११औ अधिवेशनबाट सर्वसम्मत रुपमा चयन भएका नयाँ कार्यसमितिले पदभार ग्रहण गरेका हुन् । धादिङ उद्योग वाणिज्य संघको विधानमा निर्वाचनमा सदस्य पदमा विजयी भएका व्यक्तिहरु मध्येबाट अध्यक्षले पदाधिकारी चयन गर्ने व्यवस्था अनुरुप गत माघ ६ गते बसेको नवनिर्वाचित कार्यसमितिको पहिलो वैठकबाट पदाधिकारी चयन गरेको थियो । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा निवर्तमान अध्यक्ष विष्णुप्रसाद…
काठमाण्डौ महानगरका ३६ वटा ठाउँमा पैदलयात्रु आफैँले ट्राफिक बत्ती बाल्न पाउने
काठमाण्डौ- काठमाण्डौको बागबजारमा रहेको पद्मकन्या बहुमुखी क्याम्पस अगाडिको सडकमा पैदलयात्रु आफैँले बटन थिचेर ट्राफिक लाइट बाल्ने प्रविधि सञ्चालनमा आएको छ । ट्राफिक प्रहरीसँगको सहकार्यमा काठमाण्डौ महानगरपालिकाले पद्मकन्या क्याम्पस अगाडिको सडकमा पेलिकन क्रसिङ सञ्चालनमा ल्याएको हो । पैदलयात्रुको सुरक्षालाई ख्याल गरेर महानगरपालिकाले अहिलेसम्म ३६ वटा ठाउँमा पेलिकन क्रसिङ सञ्चालनमा ल्याएको महानगरका ट्राफिक विज्ञ सल्लाहकार जगतमान श्रेष्ठले बताउनुभयो । उहाँले सडक दुर्घटना न्यूनीकरण र यात्रुको सुरक्षाका लागि उक्त प्रविधिको अवधारणा ल्याइएको उल्लेख गर्नुभयो । श्रेष्ठका अनुसार पेलिकन क्रसिङ गर्दा यात्रुले बटन थिच्नेबित्तिकै केही समयका लागि गाडी रोकिनेछन् र यात्रुले ढुक्कका साथ क्रस…
