धादिङमा भोली विद्युत सेवा अवरुद्ध हुने

धादिङमा भोली माघ २६ गते शनिबार विद्युत सेवा अवरुद्ध हुने भएको छ । नेपाल विद्युत प्राधिकरणको धादिङ वितरण केन्द्रले एक सुचना जारी गर्दै शनिबार देविघाट सवस्टेशनदेखि रातमाटे सवस्टेशन हुँदै धादिङवेशी–जरे–सल्यानटार ३३ के.भी. प्रसारण लाइनको दायाँ–बायाँका रुखका हाँगाहरू काट्ने र मर्मत कार्य गर्नुपर्ने भएकोले विद्युत सेवा अवरुद्ध हुने जनाएको हो ।

उक्त समयमा निलकण्ठ नगरपालिका, सिद्धलेक गाउँपालिका, ज्वालामुखी गाउँपालिका, त्रिपुरासुन्दरी गाउँपालिका, वेनीघाट रोराङ रोराङगाउँपालिका, गजुरी गाउँपालिका, गल्छी गाउँपालिका, गंगाजमुना गाउँपालिका र गोरखा जिल्लाको आरुघाट फिडर अन्तर्गतका केही स्थानहरूमा विद्युत अवरुद्ध हुने सुचनामा उल्लेख गरिएको छ ।

विद्युत बिहान ११ बजे देखि अपराह्न ५ बजे सम्म अवरुद्ध हुने जनाइएको छ ।

नेपाल विद्युत प्राधिकरण धादिङले विद्युत सेवा अवरुद्ध हुने समयमा ग्राहक वर्गलाई भएको असुविधाप्रति क्षमाप्रार्थी रहेको जनाएको छ। साथै निर्धारित समय भन्दा अगावै कार्य सम्पन्न भएमा विद्युत सेवा समयभन्दा अघि पुनः सुचारु हुने जानकारी दिएको छ।

Related posts

Leave a Comment