धादिङ उद्योग वाणिज्य संघको कार्यसमितिको पदभार ग्रहण

धादिङ उद्योग वाणिज्य संघको ११औं अधिवेशनबाट निर्वाचित पदाधिकारी तथा सदस्यहरुले पदभार ग्रहण गरेका गरेका छन् ।

गत पुस २६ र २७ गते धादिङवेशीमा सम्पन्न संघको ३१औं साधारण सभा तथा ११औ अधिवेशनबाट सर्वसम्मत रुपमा चयन भएका नयाँ कार्यसमितिले पदभार ग्रहण गरेका हुन् ।

धादिङ उद्योग वाणिज्य संघको विधानमा निर्वाचनमा सदस्य पदमा विजयी भएका व्यक्तिहरु मध्येबाट अध्यक्षले पदाधिकारी चयन गर्ने व्यवस्था अनुरुप गत माघ ६ गते बसेको नवनिर्वाचित कार्यसमितिको पहिलो वैठकबाट पदाधिकारी चयन गरेको थियो ।

नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा निवर्तमान अध्यक्ष विष्णुप्रसाद थपलियाले निर्वाचित अध्यक्ष राम कुमार डल्लाकोटीलाई माइन्युट प्रदान गरेर पद हस्तान्तरण गर्नुभएको थियो ।

नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठले पदभार ग्रहण कार्यक्रमको सम्बोधन गर्दै उत्पादन, व्यवसाय, पर्यटन जस्ता क्षेत्र एकै ठाउँ भए धादिङले फड्को मार्ने बताउनुभएको छ । धादिङको आर्थिक विकास, पर्यटन र कृषि क्षेत्रमा दीर्घकालिन सोचका साथ काम गर्ने योजना रहेको छ । उहाँले जिल्लाको विकासको प्रचुर सम्भावना बोकेको बुढीगण्डकी जलविद्युत आयोजना बन्न जति ढिलो भयो उति जिल्लालाई घाटा हुने बताउनुभयो ।

कार्यक्रममा बोल्नुहुदै नवनियुक्त अध्यक्ष रामकुमार डल्लाकोटीले धादिङ जिल्ला कुषि, जलयात्रा र पर्यटन पछि ढुङगा गिटि र बालुवा निकासीको लागि पनि पर्याप्त सम्भावना बोकेको जिल्ला भएपनि नीतिनिर्माण गर्ने तहमा बसेका व्यक्तिहरुले यस क्षेत्रमा काम गर्नेहरुलाई तस्करको नजरले हेर्ने भएकाले व्यवसायीहरु पलायन भइरहेको बताउनुभयो ।

त्यसैगरि संघका नवनिर्वाचित वरिष्ठ उपाध्यक्ष रोहित भण्डारीले धादिङको आर्थिक र सामाजिक विकासका सम्भावनाहरुसंग नेपाल उद्योग वाणिज्य संघले सहकार्य गर्ने वातावरण सिर्जना होस भन्ने धारणा राख्नुभएको छ ।

उहाँले धादिङको आर्थिक विकासको लागि बुढीगण्डकी जलविद्यूत आयोजना कोशेढुङगा सावित हुने बताउदै भण्डारीले नेपाल उद्योग वाणिज्य महासंघ मार्फत बुढीगण्डकी आयोजनाको निर्माण कार्य तत्काल सुरु गर्ने वातावरण बनाउनको लागि सरकारको ध्यानाकर्षण गराउन समेत आग्रह गर्नुभयो ।

Related posts

Leave a Comment