नेकपा एकीकृत समाजवादीका वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेले गिरिबन्धु टी–इस्टेटबाट प्रधानमन्त्री केपी शर्मा ओलीले चार अर्बको ब्रेकफास्ट खाएको आफूले सुनेको दाबी गरेका छन्। शनिवार नेकपा एस बागमती प्रदेशको अधिवेशनलाई सम्बोधन गर्दै पाण्डेले यस्तो बताएका हुन्। ‘गिरिबन्धु टी–इस्टेटको कुरा सुन्नुभएछ । ०२१ सालमा भूमिसुधार ऐन आउँदा त्यो चिया बगान भनेर राज्यले छोडेको हो। आज बिर्तामोडको जमिन जो कट्ठाको २ करोडभन्दा बढी पर्छ,’ पाण्डेले भने, ‘गिरिबन्धु भ्रष्टाचारको ठुलो नमुना हो।’ गिरिबन्धु जग्गा सट्टाभर्नामा अर्बौँ रुपैयाँ बाँडिसकेका उनले दाबी गरे। ‘केही मित्रहरूले भन्नुहुन्थ्यो ४ अर्ब त प्रधानमन्त्री ज्युले ब्रेकफास्ट गर्नुभयो भनेर । यस्तै कसले…
Month: February 2025
राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षकका लागि क्यानले खुलायो आवेदन
नेपाल क्रिकेट संघ(क्यान) ले पुरूष राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षकका लागि आवेदन खुलाएको छ । क्यानले शनिबार सूचना निकाल्दै आवेदन खुलाएको हो । क्यानले ईसीबी वा क्रिकेट अस्ट्रेलियाको लेभल ३ वा सो सरहको मान्यता भएको योग्यतासहित ५ वर्षको प्रशिक्षण अनुभव भएको व्यक्ति माग गरेको छ ।साथै एसोसियट राष्ट्रको खेल गतिविधिबारे जानकार भएको व्यक्ति हुनुपर्ने उल्लेख छ । फेब्रुअरी २८ सम्म आवेदन दिने अन्तिम मिति तोकिएको छ । भारतीय प्रशिक्षक मोन्टी देशाईसँगको दुई वर्षे सम्झौता गत महिना सकिएपछि उनीसँगको सम्झौता नवीकरण भएको थिएन।
ड्यूटीमा खटिएका प्रहरी कुट्ने जोशी अझै ७ दिन थुनामा
नेकपा (एमाले) को विद्यार्थी सङ्गठन अनेरास्ववियूका स्थायी कमिटी सदस्य कमलराज जोशीलाई थप सात दिन थुना (हिरासत)मा राखेर अनुसन्धान गर्न प्रहरीले अनुमति पाएको छ। ठमेलको अमृत मार्गमा ड्यूटीमा खटिएका प्रहरी कुटेको आरोपमा बिहीबार पक्राउ परेका जोशीलाई थप सात दिन थुनामा राखेर अनुसन्धान गर्न प्रहरीले शुक्रबार (आज) अनुमति पाएको हो। जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी तथा प्रवक्ता अपिलराज बोहोराका अनुसार जोशीलाई अभद्र व्यवहारको कसूरमा सात दिन हिरासतमा राखेर अनुसन्धान गरिनेछ। जोशीसहितले गत माघ २४ गते राति ठमेलको अमृत मार्गमा ड्यूटीमा खटिएका प्रहरी हवल्दार जगुलाल चौधरी र जवान नगेन्द्रराज विष्टलाई कुटपिट गरेका थिए।
त्रिशूली नदीमा बेपत्ता भएका चालक खोज्न गोताखोर परिचालन
फागुन २ धादिङ।नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–५ मा मोटरसाइकल दुर्घटना हुँदा त्रिशूली नदीमा बेपत्ता भएका चालक खोज्न गोताखोर परिचालन गरिएको छ । सशस्त्र प्रहरी बलको विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट सशस्त्र प्रहरी निरीक्षक सूर्यराम राउतको कमान्डमा ६ जना गोताखोर टोली खोजीमा जुटेको हो । नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको बा ००६–०२ प ९२०४ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भई सडक छेउमा रहेको डिभाइडरमा ठोक्किएर दुर्घटना हुँदा मोटरसाइकलमा सवार व्यक्ति त्रिशूलीमा खसेका थिए । डीएसपी महतोका अनुसार दुर्घटनास्थलमा लमजुङको साविक चन्द्रेश्वर गाविस–३ घर भई हाल चितवनको भरतपुर महानगरपालिका–१ बस्ने २७ वर्षीय रोहित…
सल्यानटारमा तरकारी बोकेको गाडी दुर्घटना
धादिङ । धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–२ खोल्सीमा तरकारी बोकेको गाडी दुर्घटनामा परेको छ । धादिङबेशीबाट सल्यानटारतर्फ जादै गरेको बा २१ च ३५२६ नम्बरको तरकारी लोड भएको (हाति)गाडी आफै अनियन्त्रित भई सडकबाट तल खसेको हो । धादिङ निलकण्ठ नीलकण्ठ नगरपालिका–८ बस्दै आएका मेक मदिन मियाँ घाईते भएका छन् । उनलार्ई उपचारको लागि सल्यानटारतर्फ पठाईएको छ । खोल्सी चोकस्थित भित्री सडक खण्डबाट खसेको गाडी रुखमा अडिएको छ । घाईतेको बायाँ कानमा चोट लागेको छ । अवस्था मध्यम रहेको इलाका प्रहरी कार्यालय सल्यानटारले जनाएको छ ।
नेत्रावती डवजोङ गाउँपालिका कार्यसम्पादन मुल्याङ्कनमा देशैभरको गाउँपालिका मध्ये उत्कृष्ट
धादिङको नेत्रावती डवजोङ गाउँपालिका कार्यसम्पादन मुल्याङ्कनमा देशैभरको गाउँपालिका मध्ये उत्कृष्ट गाउँपालिका बनेको छ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले गरेको कार्यसम्पादन मूल्याङ्कनमा नेत्रावती डवजोङ गाउँपालिका देशभरकै गाउँपालिका मध्ये पहिलो बनेको हो । राष्ट्रिय प्राकृतिक स्रोत तथा बित्त आयोगले गरेको १७ वटा सुचकको आधारमा नेत्रावती डवजोङ गाउँपालिकाले ७८.२ अंक प्राप्त गरेको प्रमुख प्रशासकिय अधिकृत हरेराम शाहले बताउनुभयो । ‘नेत्रावती डवजोङ गाउँपालिका बागमती प्रदेशमा पहिलो र देश भरका स्थानीय तहहरुमा तेस्रो बनेको हो । तर गाउँपालिका मध्ये भने देशभरकै उत्कृष्ट पालिका बनेको हो । नेत्रावती डवजोङ गाउँपालिकासँगै स्याङ्जाको कालिगण्डकी गाउँपालिकाले समान…
जनयुद्ध दिवसका नाममा बिदा नदिन सर्वोच्चको आदेश
सर्वोच्च अदालतले जनयुद्ध दिवसका नाममा बिदा नदिन अर्को आदेश दिएको छ । माओवादीले जितेका विभिन्न पालिकामा जनयुद्ध दिवस भन्दै सार्वजनिक बिदा दिन थालेपछि सर्वोच्चले यस्तो आदेश दिएको हो । गएको माघ २८ मा रुकुम पश्चिमको बाफिकोट गाउँपालिकाले ‘जनयुद्ध दिवस’ का लागि भनेर फागुन १ गते सार्वजनिक बिदा दिने निर्णय गरेपछि त्यसविरुद्ध स्थानीय चन्द्रशेखर केसीले माघ २९ गते सर्वोच्चमा रिट दायर गर्नुभएको थियो । त्यस रिटमा हिजो सुनुवाइ गर्दै सर्वोच्च अदालतका न्यायाधीश नित्यानन्द पाण्डेयको इजलासले सार्वजनिक बिदा दिने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको हो । यसअघि पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको…
गजुरी गाउँपालिकाले फागुन १ गते सार्वजनिक बिदा दिने
धादिङको गजुरी गाउँपालिकाले भोली फागुन १ गते सार्वजनिक बिदा दिने भएको छ । बुधबार गाउँपालिकाले सुचना जारी गर्दै नेपालमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापनाको लागि मिति २०५२ फागुन १ गतेदेखि सुरू गरिएको महान जनयुद्धको स्मरण र सम्मान गर्दै मिति २०८१ फागुन १ गते विहीवारका दिन जनयुद्ध दिवसको अवसरमा गाउँपालिका भित्रका सम्पूर्ण सरकारी कार्यालयहरू, शिक्षण संस्थाहरू, सङ्घसंस्थाहरू लगायत सबै निकायहरूमा सार्वजनिक बिदा दिइएको जानकारी दिएको हो ।
ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकामा फागुन १ गते सार्वजनिक बिदा
अध्यक्षस्तरीय निर्णयका आधारमा ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले फागुन १ गते बिहीबार सार्वजनिक बिदा दिएको छ । पालिका अध्यक्ष राजन लिम्बूले हस्ताक्षर गरी ‘जनयुद्ध दिवसको अवसर’मा भन्दै पालिकाभरी सार्वजनिक बिदाको घोषणा गर्नुभएको छ। लिम्बू २०७९ सालको स्थानीय तहको निर्वाचनमा नेकपा(माओवादी केन्द्र)बाट अध्यक्षमा निर्वाचित भएका थिए । माओवादी केन्द्र र नेपाली कांग्रेसको गठबन्धनबाट लिम्बू अध्यक्षमा निर्वाचित हुँदा उपाध्यक्षमा कांग्रेसका रवीन साम्रा निर्वाचित भएका छन् । पालिका अध्यक्ष लिम्बूद्धारा जारी गरिएको सूचनामा फागुन १ गते बिहीबार फक्ताङलुङ गाउँपालिकाको कार्यालय तथा मातहतका सम्पूर्ण कार्यालय, संघसंस्था, बैंक र बित्तीय संस्था एवम् शैक्षिक संस्था बिदा हुने उल्लेख…
विद्युत् प्राधिकरणले विद्युतका लाइन भूमिगत गर्दा बबरमहलमा खानेपानीको पाइप फुट्यो
खानेपानी मन्त्री प्रदीप यादवले नेपाल विद्युत् प्राधिकरणले विद्युतका लाइन भूमिगत गर्दा बबरमहलमा खानेपानीको पाइप फुटेको बताउनु भएको छ । बुधबार सामाजिक सञ्जालमा लेख्दै मन्त्री यादवले नेपाल विद्युत् प्राधिकरणले विद्युतका लाइन भूमिगत गर्नका लागि होरीजोन्टल ड्रिलिङ गर्ने क्रममा बबरमहलमा रहेको खानेपानी थोक वितरण प्रणालीको पाइप फुटेको बताउनु भएको हो । ‘आज दिउँसो नेपाल विद्युत् प्राधिकरणले विद्युतका लाइन भूमिगत गर्नका लागि होरीजोन्टल ड्रिलिङ गर्ने क्रममा काठमाडौंको बबरमहलमा रहेको खानेपानी थोक वितरण प्रणालीको पाइप फुटेको छ,’ उनले लेखेका छन्, ‘म कार्यक्रमको लागि पोखरामा थिए । पाइप फुटेर बबरमहल क्षेत्रमा जलमग्न अवस्था सिर्जना भएको…
