अध्यक्षस्तरीय निर्णयका आधारमा ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले फागुन १ गते बिहीबार सार्वजनिक बिदा दिएको छ । पालिका अध्यक्ष राजन लिम्बूले हस्ताक्षर गरी ‘जनयुद्ध दिवसको अवसर’मा भन्दै पालिकाभरी सार्वजनिक बिदाको घोषणा गर्नुभएको छ।
लिम्बू २०७९ सालको स्थानीय तहको निर्वाचनमा नेकपा(माओवादी केन्द्र)बाट अध्यक्षमा निर्वाचित भएका थिए । माओवादी केन्द्र र नेपाली कांग्रेसको गठबन्धनबाट लिम्बू अध्यक्षमा निर्वाचित हुँदा उपाध्यक्षमा कांग्रेसका रवीन साम्रा निर्वाचित भएका छन् ।
पालिका अध्यक्ष लिम्बूद्धारा जारी गरिएको सूचनामा फागुन १ गते बिहीबार फक्ताङलुङ गाउँपालिकाको कार्यालय तथा मातहतका सम्पूर्ण कार्यालय, संघसंस्था, बैंक र बित्तीय संस्था एवम् शैक्षिक संस्था बिदा हुने उल्लेख छ ।

