४० वर्षको रेकर्ड तोड्दै एकदिवसीय क्रिकेटमा अमेरिकाको कीर्तिमानी जित

 आईसीसी क्रिकेट विश्वकप लिग २ मा अमेरिकाले कीर्तिमानी जित हासिल गरेको छ । मंगलबार भएको खेलमा अमेरिकाले सबैभन्दा कम योगफल डिफेन्ड गर्दै ‌ओमानलाई हरायो । अमेरिकाले ओमानविरूद्ध १२२ रनको योगफल डिफेन्ड गरेको हो । जवाफी ब्याटिङ गरेको ओमान ६५ रनमै अलआउट भयो । ओमानलाई सस्तैमा समेट्न अमेरिकाका नोसथुस केन्जिगेले ७.२ ओभरमा ११ रन दिएर ५ विकेट लिए । यो एकदिवसीय क्रिकेटमा कुनै पनि ओभर नघटाइकन पूरै ५० ओभरनै खेलिएको खेलमा सबैभन्दा कम योगफल डिफेन्ड भएको कीर्तिमान हो । यसअघि सन् १९८५ मा भारतले पाकिस्तानविरूद्ध रथम्यान्स कपमा १२५ रनको स्कोर डिफेन्ड…

धादिङमा आगलागी नियन्त्रण सम्बन्धी कृतिम घटना अभ्यास कार्यक्रम सम्पन्न

धादिङमा आगलागी नियन्त्रण सम्बन्धी कृतिम घटना अभ्यास कार्यक्रम गरिएको छ । मंगलबार सशस्त्र प्रहरी बल आश्रित गुल्म धादिङबेसीको आयोजनामा वडा नम्बर ९ सल्लाघारी वनमा आगलागी नियन्त्रण सम्बन्धी कृतिम घटना अभ्यास गरिएको हो । डढेलो नियन्त्रण गर्दा कसरी सुरक्षित अपनाउने भन्ने बारेमा जानकारी गराउने उद्धेश्यले आगलागी नियन्त्रण सम्बन्धी कृतिम घटना अभ्यास गरिएको विष्णु प्रसाद आचार्यले बताउनुभयो । डढेलो नियन्त्रणमा सबैजना एकजुट भएर लाग्नुपर्ने र त्यसको लागि डिभिजन वन कार्यलयले प्राविधिक सहयोग गर्ने पनि आचार्यले बताउनुभयो । यस्तै नीलकण्ठ नगरपालिकाका उप प्रमुख दिपक विश्वकर्माले मानिसहरुले घासको लोभले जानाजान वन जंगलमा आगो लगाउने…

थोपल खोला किनारमा भेटिएको शवको पहिचान खुल्यो

धादिङको नीलकण्ठ नगरपालिका वडा नम्बर ८ ससाह स्थित थोपल खोला किनारमा भेटिएको शवको पहिचान भएको छ । मंगलबार बिहान भेटिएको शव नीलकण्ठ नगरपालिका वडा नम्बर ९ स्याउलीका ३६ वर्षिय राजकुमार गुरुङको रहेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरिक्षक सुवास हमालले जानकारी दिनुभयो । शवको धादिङ अस्पतालमा पोष्टमार्टम पछि आफन्तले बुझेका छन् । थप अनुसन्धान भईरहेको प्रहरी नायव उपरिक्षक हमालले बताउनुभयो ।

थोपल खोला किनारमा भेटिएको शवको पहिचान

धादिङको नीलकण्ठ नगरपालिका वडा नम्बर ८ ससाह स्थित थोपल खोला किनारमा भेटिएको शवको पहिचान भएको छ । मंगलबार बिहान भेटिएको शव नीलकण्ठ नगरपालिका वडा नम्बर ९ स्याउलीका ३६ वर्षिय राजकुमार गुरुङको रहेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरिक्षक सुवास हमालले जानकारी दिनुभयो । शवको धादिङ अस्पतालमा पोष्टमार्टम पछि आफन्तले बुझेका छन् । थप अनुसन्धान भईरहेको प्रहरी नायव उपरिक्षक हमालले बताउनुभयो ।

धादिङको थोपल खोलामा शव फेला,

काठमाडौं- धादिङको नीलकण्ठ नगरपालिका-८ ससाह नजिकै थोपल खोलामा एक जनाको शव भेटिएको छ । थोपल खोला किनारा नजिकै एक जना पुरुषको शव भेटिएको स्थानीय राम तामाङले बताए । तामाङका अनुसार थोपल खोला माथी रहेको झोलुङ्गे पुलको सिधा तल बगरमा शव रहेको छ । स्थानीयले खोला नजिकै शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । जिल्ला प्रहरी कार्यालय धादिको प्रहरी नायव उपरीक्षक सुवास हमालका अनुसार थोपल खोलाको बगरमा भेटिएको मृतक पुरुष करिव ३५ वर्षको रहेको छ । मृतकको पहिचान खुलेको छैन । पोष्टमार्टमका लागि शवलाई धादिङ अस्पताल ल्याइएको छ । घटना बारे…

अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगितामा नेपालले विजयी शुरुआत गर्यो

धादिङ- अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगितामा नेपालले विजयी शुरुआत गरेको छ । दशरथ रङ्गशालामा आज भएको दोस्रो खेलमा नेपालले किर्गिस्तानलाई १–० गोलले हरायो । नेपालका लागि खेलको १०औं मिनेटमा विमला चौधरीले गोल गरिन् । शुरुआतमै अग्रता लिएको नेपालले थुप्रै अवसर बनाए पनि गोलमा परिणत हुन सकेन । चारदेशीय प्रतियोगितामा नेपाल, किर्गिस्तान, म्यानमार र लेबनान सहभागी छन् । प्रतियोगिताका लागि विदेशमा लिग खेलिरहेका नेपाली खेलाडीहरू एन्जिला सुब्बा तुम्बापो, रेखा पौडेल र सावित्रा भण्डारी स्वदेश आइपुगेका छन् । सिङ्गल राउन्ड रोबिनका आधारमा हुने प्रतियोगिताका शीर्ष दुई टोली फाइनलमा पुग्नेछन् । फाइनल खेल फागुन…

दक्षिण कोरियामा डीपसीक च्याटबोट डाउनलोडमा प्रतिबन्ध

दक्षिण कोरियाले चिनियाँ कम्पनी डीपसीकको एआई च्याटबोट डाउनलोड गर्न प्रतिबन्ध लगाएको छ। सरकारी एजेन्सीका अनुसार यो एआई मोडेल दक्षिण कोरियाका मानिसहरूका लागि त्यतिबेला मात्र उपलब्ध हुनेछ जब उक्त कम्पनीले देशको व्यक्तिगत डाटा संरक्षण कानुनको पालना सुनिश्चित गर्नेछ । बीबीसीका अनुसार पछिल्लो हप्ता डीपसीक दक्षिण कोरियामा निकै चर्चित बनेको थियो। एप स्टोरबाट लाखौंले यसलाई डाउनलोड गरिसकेका छन्। डीपसीक लोकप्रिय भएलगत्तै यो धेरै देशहरूमा अनुसन्धानको दायरामा परेको छ। गोपनीयता र राष्ट्रिय सुरक्षासम्बन्धी चिन्तालाई देखाउँदै विभिन्न स्थानहरूमा यस एपमा प्रतिबन्ध लगाइँदैछ। यसअघि नै दक्षिण कोरियामा एप डाउनलोड गरिसकेकाहरूले आफ्नो फोनबाट यसलाई प्रयोग गर्न…

पहिलो हाफमा नेपालको १–० को अग्रता

सोमबारदेखि सुरू महिला अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताको पहिलो खेलमा नेपालले कीर्गिस्तानसँग प्रतिस्पर्धा गरिरहेको छ । खेलको पहिलो हाफ सकिँदा नेपाल १–० ले अघि छ । ११औं मिनेटमा बिमला चौधरीले गरेको गोलले पहिलो हाफमा नेपालले १–० को अग्रता बनाएको हो । सबिता रानामगरको क्रसमा बिमलाले हेडर गोल गर्दै नेपाललाई अग्रता दिलाएकी हुन् । आज दिउँसो भएको पहिलो खेलमा म्यानमारले लेबनानलाई ३–१ ले हराउँदै विजयी सुरूवात गरेको छ ।

धादिङमा हुन गईरहेको प्रथम बागमती साहित्यिक महोत्सवको लोगो सार्वजनिक

धादिङमा यहि फाल्गुन १६ र १७ गते प्रथम बागमती साहित्यिक महोत्सव हुने भएको छ । आईतबार धादिङबेसीमा पत्रकार सम्मेलन गर्दै उक्त महोत्सवको लोगो सार्वजनिक गरिएको छ । “साहित्य, कला र संस्कृतिको प्रवर्धन, बागमती सभ्यताको सम्बर्धन” भन्ने मूल नारा सहित बागमती प्रदेशको पर्यटन तथा संस्कृति मन्त्रालयको आयोजना र धादिङ्ग स्थित सबै सरोकारवालाको संयोजनमा उक्त महोत्सवको आयोजना गरिएको हो । बागमती साहित्य महोत्सवले सिंगो प्रदेशको कला साहित्य र संस्कृतिको प्रवर्धन र उन्नयनमा उल्लेख्य योगदान पुग्ने अपेक्षा गरिएको छ । कार्यक्रममा बागमती प्रदेश सरकारका पर्यटन तथा संस्कृति मन्त्री विमल ठकुरीको प्रमुख आतिथ्यतामा सम्पन्न…

हप्ताको पहिलो दिन शेयर बजार दोहोरो अङ्कमा वृद्धि

हप्ताको पहिलो दिन शेयर बजार दोहोरो अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज १९.५६ अङ्कले बढेर २ हजार ६९८.०३ विन्दुमा पुगेको छ । आज म्युचल फन्ड र निर्जीवन बीमा बाहेक सबै समूहको शेयर बढेकोमा फाइनान्स समूहको शेयर सबैभन्दा धेरै झन्डै ५ प्रतिशतले उकालो लागेको छ । यस्तै होटल र माइक्रोफाइनान्स समूहको शेयर झन्डै २ प्रतिशतले बढेको छ । आज विन नेपाल लघुवित्त, गुराँस लघुवित्त, नेपाल फाइनान्स, जानकी फाइनान्स, गार्डियन माइक्रो लाइफ इन्सुरेन्स कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढेको दिन न्यादी हाइड्रोपावर कम्पनीको शेयर भने…